बेलैमा सचेत बनौँ

  • श्रावण ५, २०७७
  • सम्पादकीय
alt

यो वर्ष मनसुन सुरु भएयता सोमबार बेलुकासम्म १ सय १३ जनाको मृत्यु भएको जानकारी सञ्चारमाध्यमहरूले दिएका छन् । यीमध्ये बाढीले बगेरभन्दा पहिरोमा पुरिएर ज्यान गुमाउनेहरूको सङ्ख्या बढी छ । बाढी र पहिरोका कारण २८ जिल्लामा यति ठूलो सङ्ख्यामा नागरिकहरूले ज्यान गुमाएका हुन् । यो निकै चिन्ताजनक विषय हो ।सुरक्षित वासस्थान र सुरक्षाका आधारभूत वस्तुहरूको अभावमा यति ठूलो सङ्ख्यामा नागरिकहरूले ज्यान गुमाएका हुन् । गरीबीका कारण जीविकोपार्जनका लागि जोखिमको सामना गरेरै पनि काम गर्नुपर्ने बाध्यता पनि एकातर्पm छँदैछ, अर्कोतर्पm नदीनालामा पुलको अभाव, बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोवास गर्नुपर्ने बाध्यताजस्ता विषयले पनि नागरिकहरू पीडित छन् तर यसतर्पm सरकारको गम्भीर ध्यानाकर्षण भएको पाइँदैन ।

विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्तापनि भएका छन् । प्रकृतिको यो वितण्डा अहिले नै रोकिने अवस्था छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अभैm केही दिन भारी वर्षा हुनेछ । यसले पु¥याउन सक्ने सम्भावित क्षतिबाट जोगिन विभागले सर्वसाधारणलाई सचेत पनि गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष प्रि–मनसुनमा भएको भारी वर्षाका कारणमनसुनको प्रारम्भमै बढीक्षति भएको हो ।यसपटक मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै सबैभन्दा उच्च भएको प्राधिकरणले जनाएको छ ।यो वर्षको मनसुन जेठ ३० गते सुरु भएको थियो ।

नदीकै डिलमा पनि बसोवास छ । कतिपय स्थानमानदीमै बस्ती बसेका छन् । प्राकृतिक रूपमा कमजोर चुरे पहाडलाई जथाभावी खनेर विनाडिजाइनका सडक बनाउने गरिएको छ । विनाअध्ययन र इन्जिनियरको परामर्शविना जथाभावी सडक खन्ने प्रवृत्तिले पनि जोखिम थपिएको विज्ञहरूले बताउने गरेका छन् । यस्ता विषयमा बेलैमा ध्यान नपु¥याउँदा जनधनको क्षति अनपेक्षित रूपमा हुने गरेको यथार्थलाई हामीले बुभ्mन चाहेका छैनौँ । प्रकृतिलाई प्राकृतिक रूपमै चल्न नदिएर त्यसमा अवरोध सिर्जना गर्दा यस्ता विपत्तिहरू भोग्न मानव समाज बाध्य भइरहेको छ ।

बढ्दो शहरीकरणको क्रममा ढल निकासको उचित व्यवस्थापन नहुनु, विकासका नाममा जथाभावी निर्माण हुनु, कतिपय स्थानमा खोलमै घर बनाइनु पानीको निकास अवरुद्ध पारेर संरचनाको निर्माण तथा निर्माणअघिे वैज्ञानिक अध्ययन नगर्नु जस्ता कारणले जोखिम बढेका छन् ।

यस्ता विषयमा सरकारका साथै सबैको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । यो नौलो विषय होइन । यो हरेक वर्ष दोहोरिने समस्या हो । हामीले यस विषयमा हरेक वर्ष समाचार र सम्पादकीय टिप्पणी लेख्ने गरेका छौँ तर अवस्थामा सुधार ल्याउने प्रयत्न कुनै पक्षबाट भएको पाइँदैन । मनसुनको बेला यस विषयमा व्यापक विचार–विमर्श गर्ने र हिउँद लागेपछि बिर्सने प्रवृत्तिले यो समस्याको दीर्घकालीन समाधान हुँदैन ।

यसलाई नियन्त्रण गर्न दीर्घकालीन योजना बनाइनु आवश्यक छ । प्रकृतिलाई चुनौती दिँदै गरिने अवैज्ञानिक संरचना निर्माणलाई बेलैमा रोकिनुपर्छ । यसका लागि सरकारले विशेष नीति बनाउनु आवश्यक छ । यसतर्पm बेलैमा ध्यान दिएर आवश्यक नीति निर्माण गरेर प्रभावकारी कार्यान्वयनमा चासो नदिने हो भने हामीले आगामी वर्षहरूमा अभैm बढी क्षति भोग्नुपर्ने निश्चित छ ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved