भरौल खानेपानीलाई वजेट छुट्याउन खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

  • वैशाख १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् ।

शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो ।

२१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ ।

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले पत्र बुझ्दै वार्षिक वजेटमा आयोजनालाई समेटिने बताए ।

२०६५/०६६ सालदेखि निर्माण प्रारम्भ भएको आयोजना अन्तर्गत ४ हजार घरमा धारा जडान गरिएको भएपनि पानी वितरण गर्न नसकिएको भरौल खानेपानी व्यवस्थापन समितिको अध्यक्ष हरी पौडेलले बताए ।

करिव ६० प्रतिशत काम सम्पन्न भएपनि आर्थिक अभावले काम रोकिएको र करिव ४ करोड रकम जुटाउन सकिएको खण्डमा सबैलाई खानेपानी वितरण गर्न सहज हुने व्यवस्थापन समिति अध्यक्ष पौडेलले बताए ।

प्रदेशसभा सदस्य राई सहित नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई र नेकपा ९एमाले० कोशी प्रदेश सदस्य मौसम राई समते मन्त्री निवास पुगेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved