कोरोना सङ्क्रमण र हाम्रो जिम्मेवारी

  • श्रावण २९, २०७७
  • सम्पादकीय
alt

प्रदेश १ मा बिहीबार एकै दिन १ सय १५ जना कोरोना सङ्क्रमित थपिएको समाचार आएको छ ।यीमध्ये २ जना प्रदेश बाहिरका नागरिक भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माबिहीबार भेटिएका सङ्क्रमितहरू मध्ये मोरङका ८८, सुनसरीका १९, इलामका ४ तथा झापा र उदयपुरका १–१जना छन् । अब प्रदेश १ मा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय २६ पुगेको छ । यो सकारात्मक सङ्केत होइन । प्रदेश १ का विभिन्न स्थानीय तहमा अब कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिएको पुष्टि भएको छ । सङ्क्रमण अब भयावह अवस्था तर्फ उन्मुख हुँदै गएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरको एउटा उद्योगमा कार्यरत् ३० जना मजदुरमा एकैपटक कोरोना सङ्क्रमण देखिएको छ ।मोरङको बूढीगंगा गाउँपालिका–१ को आरतीआरती स्ट्रिप्समा कार्यरत्मजदुरहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यहाँअधिकांश कामदार भारतीय छन् । पहिले दुई मजदुरमा कोरोना देखिए पनिपछि उपल्लास्तरका एक कर्मचारी र मजदुरसमेत ३० जनामाकोरोना सङ्क्रमण पुष्टि भएको हो ।सुनसरीको इटहरीमापनिबिहीबार एकै दिन १३ जनामाकोरोना सङ्क्रमण पुष्टि भएको छ । धरानको अवस्थापनि यस्तै छ । धरान–९ कीमहिलाजनप्रतिनिधिमाकोरोना सङ्क्रमण पुष्टि भएको छ । धरानकै वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागिआएकी एक महिलामापनि सङ्क्रमण पुष्टि भएको छ । उनलाई प्रतिष्ठानमा लगिएको छ भने उनी बसेको होटललाई सिलगरिएको छ ।

यी सूचना र आँकडा सकारात्मक छैनन् । यस्ता सूचनाहरूले कोरोना सङ्क्रमण समुदाय स्तरमै पुगिसकेको पुष्टि हुनथालेको छ । जति धेरै परीक्षण, उति धेरै सङ्क्रमण भेटिन थालेपछि परीक्षणको दायरा बढाउँदा अझ धेरै सङ्क्रमित भेटिने अनुमानगर्न त्यतिगाह्रो छैन । सङ्क्रमितको सङ्ख्या यसै गरी बढ्ने हो भने उपचारकालागि अस्पताल र सघन उपचार कक्ष (आईसीयू) को अभावहुने मात्रहोइन, क्वारेन्टाइन र आइसोलेसनकालागि ठाउँ पाउनपनि कठिन हुने निश्चित छ । त्यो निकै डरलाग्दो अवस्थाहुनेछ । नियन्त्रणबाहिर गएमायसलाई व्यवस्थितगर्न हाम्रो सरकारकालागि कठिन मात्रहोइन, असम्भव नै हुनेछ । विकसितभनिने देशहरूले त घुँडा टेकेको यो सङ्क्रमणसँग जुध्नहाम्रो सरकारको क्षमताले भ्याउँदैन ।

त्यसैले बेला छँदै सतर्क हुनु आवश्यक छ । हामी सबैले सावधानीअपनायौँ भने मात्रयसलाई जित्नहामी सफलहुनेछौँ । हाम्रो सानो असावधानीकाकारण सङ्क्रमणले विकराल रूप लिन सक्ने र हामीआपैmँजोखिममा पर्न सक्ने भएकाले यसलाई गम्भीरतापूर्वक लिनु अपेक्षित छ । सरकारको मात्र भर परेर समाधानहुने समस्या यो होइन । यसको नियन्त्रणमा आ–आप्mनो स्थानबाट सहयोग पु¥याउनु हाम्रो पनिदायित्वहो । सुरक्षा सतर्कताअपनाएर र सरकारको निर्देशनपालना गरेर हामी यो जिम्मेवारी पूरा गर्न सक्छौँ ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved