जीर्ण सडकमा ध्यान जानुपर्छ

  • श्रावण १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको यात्राजोखिमपूर्ण भएको समाचार प्रकाशमा आएको छ । हिउँदमा चार घण्टालाग्ने सो २० किलोमिटर सडक छिचोल्न अहिलेदिनबित्ने गरेको स्थानीयले बताएको समाचारमाउल्लेख छ ।वर्षाको बेलाहिलाम्मे सडक र सडक स्तरोन्नतिकानाममा सोलिङ भत्काउँदासमस्यासिर्जनाभएो बताइएको छ ।लामो समय बन्दाबन्दीकाकारण यातायात सञ्चालननभएर आउजाउमा समस्या भोगिरहेका फाकफोकथुमका बासिन्दाले अहिले बन्दाबन्दीखुले पनिढुक्कले यात्रागर्न पाएका छैनन्।हिलाम्मे सडकका कारण उनीहरू त्रासपूर्ण यात्रागर्न बाध्य छन् ।

वर्षायाममा यो समस्या फाकफोकथुमको मात्र होइन। देशका विभिन्न ग्रामीण क्षेत्रका नागरिकहरूले भोग्ने यो साझा समस्या हो । त्यसो त वर्षायाममा शहरी क्षेत्रमै पनि कतिपय सडकको अवस्था चिन्ताजनक बन्न पुग्छ । बाढी, पहिरो र डुबानका कारण सडकहरू जीर्ण बन्ने गरेका छन् । प्राकृतिककारणले सिर्जना हुने समस्यालाई पूर्णतया रोक्न त सकिँदैन तर गुणस्तरयुक्त र वैज्ञानिक संरचनाको निर्माण गरेर जोखिम र क्षतिलाई घटाउन भने सकिन्छ । यसततर्फ सरोकारवालाको ध्यानजानु आवश्यक छ ।
कतिपय भौगोलिककारण र गुणस्तरहीन सडक निर्माणको कारणले गर्दा पनि वर्षायाममा अधिकांश सडकको अवस्था यस्तै हुने गर्छ ।अनियमितता र भ्रष्टाचारकाकारण अधिकांश संरचनाहरू गुणस्तरहीनबन्ने गरेका छन् । कमसल, सस्तो र आवश्यकता भन्दाकम सामग्रीको प्रयोगले गर्दा संरचनाहरू कमजोर र गुणस्तरहीन बन्ने गरेका हुन् । सडक निर्माण गर्दा ढल निकासको उचितप्रबन्धतर्ध्या न पुर्याउनुनसक्दा पनि वर्षायाममा सडकहरू यसरी हिलाम्मे बन्ने गरेका छन् ।

कतिपय स्थानीय तहमा पैसाका लागिजथाभावी जेसीबी चलाएर अनावश्यक रूपमा बाटो खनिएको छ र यसले पहाडलाई पनि कमजोर बनाएको छ । कुनै पनि प्राविधिकर वैज्ञानिक अध्ययनविना जथाभावी बाटो खन्दापहाडहरू कमजोर बनेका मात्र छैनन्,रकमको पनि दुरुपयोग भएको छ ।आफन्त वा आफ्ना कार्यकर्तालाई काम दिएर आफुले पनि भागलिने प्रवृत्तिकाकारण यो बेथिति देखिएको हो ।

यसरी जथाभावीबाटो खन्नुको साटो आवश्यक बाटाहरूलाई गुणस्तरयुक्तबनाउने र पानीको निकासको उचितव्यवस्थागर्ने हो भने सर्वसाधारणले जोखिमपूर्ण यात्रागर्नुपर्ने थिएन । जीर्ण सडकहरूको मर्मत–सम्भारमापनि सम्बन्धितनिकायको ध्यान बेलैमाजानु आवश्यक छ । सडक मर्मत–सुधारकाकामहिउँदमै गर्ने वातावरण बनाउनुपर्छ । वर्षायाममासमस्या देखिएपछि सडक मर्मत गर्ने योजनाबनाएर समस्या समाधानहुँदैन । यसो हुन सकेमायातायातव्यवसायीले पनि बैङ्कको किस्तातिर्ने बाध्यतामा परेर जीर्ण सडकमा त्रासपूर्ण अवस्थामायातायातचलाउनुपर्ने थिएन । यसतर्पm सरोकारवालालानिकायहरू संवेदनशील हुनुपर्छ ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved