देशको हरेक क्षेत्रमा बिचौलिया हावी छ । बिचौलियाको मारमा नपरेको क्षेत्र देशमा कुनै छैन । बिचौलियाकै कारण सर्वसाधारण पीडित बनेका छन् । यस्तो अवस्थाको अन्त्य हुने छाँटकाँट पनि देखिँदैन । देशका अन्य क्षेत्रजस्तै कृषिक्षेत्रमा पनि बिचौलियाकै प्रभाव देखिन्छ । समय, श्रम र आर्थिक लगानी गरेर उत्पादन गर्ने किसानले आप्mना उत्पादनको उचित मूल्य नपाउने तर कुनै लगानीविना नै बिचौलियाले भने फाइदा लिने गरेका छन् । किसानले उचित मूल्य नपाए पनि उपभोक्ताहरूले भने कृषि उत्पादन महङ्गोमा किन्नुपर्ने अवस्था छ । अहिले देशका अधिकांश भागमा निषेधाज्ञा जारी भएको अवस्थामा त अझ किसानहरू ठूलो मारमा परेका छन् । तिनका उत्पादन ख
सिङ्गो विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम अहिले नेपालमा बढ्दो क्रममा छ । कोभिड–१९ को दोस्रो लहर अहिले यहाँ तीव्र रूपमा बढिरहेको छ । यसले जनस्वास्थ्यमा पार्ने भयावह असर त छँदैछ, जनजीवनलाई समेत कष्टकर बनाइदिएको छ । देशका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ । कतिपय उद्योगधन्दा, कलकारखाना र व्यापार–व्यवसाय बन्द भएका छन् भने सञ्चालन भइरहेका उद्योगहरूले पनि उत्पादनमा ठूलो मात्रामा कटौती गर्नुपर्ने अवस्था आएको छ । यो निकै भयावह अवस्था हो । यसको सीधा असर मजदुरहरूको जीवनमा परेको छ । कोशी लोकमार्गसँग जोडिएको सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा मात्र
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर हाम्रो देशमा पनि तीव्र गतिमा पैmलिइरहेको छ । सङ्क्रमित र मृतकको सङ्ख्याले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । बिरामीहरू अस्पतालमा शैय्या नपाएर छट्पटाइरहेका छन् । अक्सिजन सिलिन्डरको अभाव उस्तै छ । यस्तो बेलामा एकले अर्कोलाई दोष लगाएर सङ्कटको सामना गर्न सकिँदैन । परिस्थिति यस्तै रहेमा हाम्रो स्वास्थ्य संरचनाले थेग्न नसक्ने निश्चित छ । त्यसो त अहिले नै पनि बिरामीहरूका लागि शैय्या उपलब्ध छैनन् । सङ्क्रमण दर यही गतिमा बढ्दै जाने हो भने अभैm भयावह अवस्था आउने पक्का छ तर सरकार र सम्बन्धित निकायहरू भने तयारी गर्ने र स्रोत जुटाउनेभन्दा पनि भाषणमै सीमित भएका देख
कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वका विभिन्न देश आक्रान्त भएका छन् । कोभिडको दोस्रो लहरबाट हाम्रो देश पनि अछुतो छैन । सङ्क्रमित र मृतकहरूको सङ्ख्या दिनहुँ बढ्दो त्र mममा छ । कोरोना भाइरसको ‘चेन’ लाई भत्काएर यसको सङ्क्रमणलाई रोक्ने वा घटाउने उद्देश्यले सरकारले निषेधाज्ञा जारी गरेको छ । सङ्क्रमण अभैm बढ्दै गएर सङ्कट थपिँदै गएमा निषेधाज्ञालाई थप कडाइ गर्ने सरकारको तयारी छ । कोरोना भाइरसको सामना गर्ने अर्को उपाय पनि देखिँदैन । चिचकित्सकहरूले पनि यही सल्लाह दिइरहेका छन् । यसको चेनलाई नभत्काई सङ्क्रमण रोक्ने अर्को उपाय छैन । यसको औषधि पनि छैन । त्यसकारण नागरिकहरूलाई यसको
चालीस वर्षसम्म भारतीय जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) गत शनिबार जेलमुक्त भए । पछि । इलामको फाकफोकथुम गाउँपालिका पुख्र्याैली घर भई हाल माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद आइतबार इलाम आइपुगे । कोलकाताको ‘दमदम’ केन्द्रीय कारागारमा रहेका उनी ४१ वर्षपछि घर आइपुगेका हुन् । उनी मानसिकरूपमा स्वस्थ छैनन् । उनी बोल्न र हिँड्न सक्ने अवस्थामा पनि नभएका समाचारहरू आएका छन् । मायाँ मारिसकेको छोरो फर्किएर आउँदा परिवार हर्षित भए पनि उनको स्वास्थ्य समस्याका कारण परिवारजन चिन्तित छन् । उनी निर्दोष भएकै कारण ४० वर्षपछि जेलमुक्त भएपछि भारतीय सरकारले उनको परिवारलाई क्षतिपूर
यातायातका लागि तीनवटा मार्ग हुन्छन्– सडक मार्ग, जलमार्ग र हवाई मार्ग । यी तीनमध्ये हाम्रो देशमा सबैको सहज पहुँचमा रहेको मार्ग सडक नै हो । समुद्र नभएको हुँदा यहाँ जलमार्गको खासै सम्भावना देखिँदैन । केही ठूला नदीहरूमा स्वचालित डुङ्गा चलाउन नसकिने होइन । सप्तकोशी नदीमा केही समययता स्वचालित डुङ्गा प्रयोगको अभ्यास भई पनि रहेको छ तर हाम्रो जस्तो देशमा जलमार्गलाई सडक मार्गको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना छैन । केही ठूला नदीहरूमा डुङ्गा चलाउन सकिने सम्भावना भए पनि त्यसलाई यातायातका साधनका रूपमा कम र मनोरञ्जनका रूपमा बढी प्रयोग गर्ने गरिएको देखिन्छ । जल यातायात महङ्गो भएका कारण पनि य
हाम्रो समाजको संरचना अहिले पनि उस्तै छ । पितृसत्तात्मक मानसिकता अहिले पनि जीवित नै छ । महिलालाई भोगविलासको साधन ठान्ने र आफूलाई नै परिवार एवम् समाजको केन्द्रमा राख्ने पुरुष मानसिकतामा अहिले पनि पूर्ण परिवर्तन भइसकेको छैन । यति हुँदा हुँदै पनि नेपाली समाजमा महिलाहरूको परम्परागत भूमिका यथावत् भने छैन । नेपाली समाजमा महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक भूमिकामा धेरै परिवर्तन आइसकेको छैन । यो परिवर्तन पर्याप्त नभए पनि तुलनात्मक रूपमा सकारात्मक भने हो । पछिल्लो समयमा आर्थिक क्षेत्रमा पनि महिलाहरू अग्रसर बन्ने क्रम बढेको छ । व्यवसायको नेतृत्व गर्दै उनीहरू आर्थिक रूपमा आत्मनिर्भरताको बाटोमा अग्रसर
इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा सेवा प्रवाहमा चरम लापरबाही हुने गरेको समाचार प्रकाशमा आएको छ ।त्यहा“ सेवाग्राहीहरूले समयमा सेवा नपाउने र सेवा प्राप्त गर्न पनि निकै झन्झट व्यहोर्नुपर्ने विषय सञ्चार माध्यम मार्पmत् सार्वजनिक भएको छ । हुन त यातायात व्यवस्था कार्यालयमा विद्यमान् बेथितिका बारेमा समाचार आएको यो पहिलो पटक होइन । कार्यालयको सवारी चालक अनुमतिपत्र शाखा वा नवीकरण शाखामा सेवाग्राही मारमा परेका समाचार बेला–बेलामा आइरहेका हुन्छन् । सवारी चालक अनुमतिपत्रका लागि यहा“ टाढा–टाढाबाट पनि सेवाग्राहीहरू आएका हुन्छन् तर तिनले यहा“ सहज रूपमा सेवा प्राप्त गर
युवाजनशक्तिको पलायन देशको सबैभन्दा ठूलो समस्याहो ।आप्mनो र परिवारको सुन्दर भविष्यको कल्पना गरेर अहिले पनिलाखौँ युवाविदेशमाबन्जर भूमिमा रगत र पसिनाबगाइरहेका छन् । देशमा रोजगारको पर्याप्तअवसर सिर्जनाहुननसक्दायुवाजनशक्तिको पलायन रोकिननसकेको हो । देश विकासमा सदुपयोग हुनुपर्ने पाखुरी पराई भूमिलाई हराभरा बनाउनप्रयोग भइरहेका छन् । हाम्रो देशकालागि यो नै चिन्ताको ठूलो विषयहो । तराई र पहाडमा जमीनबाँझो छन् । तीजमीनमाकामगर्ने जनशक्तिको अभाव छ । तराई र पहाडका कतिपयगाउँमायुवा पटक्कै छैन । वृद्ध–वृद्धा, बालबालिका, असक्त र महिलाहरू मात्र छन्, गाउँमा । यसकारणले खेतीयोग्यजमीनबाँभैm छाडिएका हुन्छन् ।देशक
कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण हरेक क्षेत्र प्रभावित भएको छ । व्यापार–व्यवसाय, विकास–निर्माण, स्वास्थ्य र शैक्षिक क्षेत्र पनि यसबाट प्रभावित भएका छन् ।बालबालिकाहरू भविष्यका कर्णधार हुन् । भोलि देश हाँक्ने जिम्मेवारी उनीहरूकै काँधमाआउनेछ । बालबालिकाले उचितशिक्षा पाएनन् भने देशको भविष्यअन्धकार हुने निश्चित छ । अहिले बालबालिकाहरू सहज रूपमा शिक्षा प्राप्त गर्ने वातावरणबाट वञ्चितभएका छन् । यो निकै चिन्ताको विषय हो । बालबालिकाबाहेक वृद्धवृद्धा, बिरामी र असक्तहरू यसबाट सबैभन्दा बढीप्रभावितभएका छन् । दीर्घरोगीहरूको अवस्थाअझ बढी चिन्ताजनक छ । उनीहरूले उचितउपचार पाउन सक्ने अ