सहकार्यको खाँचो (सम्पादकीय)

  • वैशाख २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर हाम्रो देशमा पनि तीव्र गतिमा पैmलिइरहेको छ । सङ्क्रमित र मृतकको सङ्ख्याले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । बिरामीहरू अस्पतालमा शैय्या नपाएर छट्पटाइरहेका छन् । अक्सिजन सिलिन्डरको अभाव उस्तै छ । यस्तो बेलामा एकले अर्कोलाई दोष लगाएर सङ्कटको सामना गर्न सकिँदैन ।

परिस्थिति यस्तै रहेमा हाम्रो स्वास्थ्य संरचनाले थेग्न नसक्ने निश्चित छ । त्यसो त अहिले नै पनि बिरामीहरूका लागि शैय्या उपलब्ध छैनन् । सङ्क्रमण दर यही गतिमा बढ्दै जाने हो भने अभैm भयावह अवस्था आउने पक्का छ तर सरकार र सम्बन्धित निकायहरू भने तयारी गर्ने र स्रोत जुटाउनेभन्दा पनि भाषणमै सीमित भएका देखिन्छन् । छिमेकी मुलुक भारतमा देखिएको कोभिडको नयाँ भेरियन्टको प्रभावबाट हामीले पहिले नै सिक्नु पथ्र्यो । विज्ञहरूले नसुझाएको पनि होइन । हाम्रा सत्तारुढ र विपक्षी दलहरू भने सत्ताको राजनीतिमै व्यस्त भए ।

अब निकै ढिलो भइसकेको छ । यस्तो बेलामा सहकार्य र समन्वयबाट मात्र सङ्कटको सामना गर्न सकिन्छ । तीनै तहका सरकार, सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू र स्वास्थ्य उपकरण उत्पादक कम्पनीहरूबीच सहकार्य हुनु आवश्यक छ । अस्पतालहरूलाई चुस्त दुरुस्त राख्न स्थानीय तहले आवश्यक समन्वय र सहयोग गर्नु अपेक्षित छ । कोभिड अस्पतालका सेवा–सुविधालाई पूर्णता दिनु र आवश्यक स्वास्थ्य उपकरणहरू तयारी अवस्थामा राख्नुपर्छ ।

यस सङ्कटको सामना गर्न विज्ञहरूको पनि उचित सल्लाह र सुझाव लिएर त्यसअनुसार योजना बनाउन ढिलाइ गर्नु हुँदैन । सबै तहका सरकारहरूको सम्पूर्ण ध्यान अहिले यसैमा केन्द्रित हुनु अपेक्षित छ । अस्पतालहरूमा आवश्यक उपकरण र सामग्रीहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूको सक्रियता वाञ्छनीय देखिन्छ ।

केही निश्चित अस्पतालमा मात्र बिरामीहरूको चाप बढ्दा उपचारमा समस्या हुने गरेको देखिन्छ । जनशक्ति तथा साधन–स्रोतको सीमितताका यस्तो अवस्था आउने गरेको हो । बिरामीहरूको चाप केही निश्चित अस्पतालमा मात्र पर्न नदिन बिरामीहरूलाई पायक पर्ने अस्पतालहरूमा समानुपातिक रूपमा भर्ना गर्ने व्यवस्था मिलाउनु आवश्यक देखिन्छ ।

यसका लागि पनि अस्पताल र स्थानीय तहबीच समन्वय हुनुपर्छ । बिरामीहरूलाई कहाँ भर्ना गर्ने भन्ने विषयमा स्थानीय तहले सहजीकरण गर्ने हो भने सङ्कटको सामनामा सर्वसाधारणले केही सहजता महसुस गर्ने विश्वास गर्न सकिन्छ ।

 

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

मेटा अन्ततः नेपाल आय ...

काठमाडौं/  नेपाल सरकारले सामाजिक सञ्जाल प्लेट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved