महिलामा सकारात्मक परिवर्तन (सम्पादकिय)

  • फाल्गुन १३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

हाम्रो समाजको संरचना अहिले पनि उस्तै छ । पितृसत्तात्मक मानसिकता अहिले पनि जीवित नै छ । महिलालाई भोगविलासको साधन ठान्ने र आफूलाई नै परिवार एवम् समाजको केन्द्रमा राख्ने पुरुष मानसिकतामा अहिले पनि पूर्ण परिवर्तन भइसकेको छैन । यति हुँदा हुँदै पनि नेपाली समाजमा महिलाहरूको परम्परागत भूमिका यथावत् भने छैन । नेपाली समाजमा महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक भूमिकामा धेरै परिवर्तन आइसकेको छैन । यो परिवर्तन पर्याप्त नभए पनि तुलनात्मक रूपमा सकारात्मक भने हो ।

पछिल्लो समयमा आर्थिक क्षेत्रमा पनि महिलाहरू अग्रसर बन्ने क्रम बढेको छ । व्यवसायको नेतृत्व गर्दै उनीहरू आर्थिक रूपमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएका छन् । यो सकारात्मक विषय हो । परम्परागत नेपाली समाजमा आर्थिक अधिकार पुरुषमा केन्द्रित हुनु पनि महिलाहरू हिंसामा पर्नुको एउटा महत्तवपूर्ण कारण हो । परिवारको नेतृत्व गर्ने र आर्थिक उपार्जन गर्ने भएकाले पुरुषहरूमाथि नै निर्भर हुनु पर्दा महिलाहरू घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् ।

यस्तो अवस्थालाई अन्त्य गर्दै अब भने महिलाहरू आर्थिक गतिविधिमा संलग्न हुन थालेका छन् । यसको गतिलो उदाहरण लेटाङ नगरपालिकाका महिलाहरू हुन् । व्यावसायिक पशुपालनमार्फत् आत्मनिर्भर बन्ने उद्देश्यले उनीहरू समूह नै बनाएर बाख्रापालन गरिरहेको समाचार आएको छ । यस्ता समूहहरू अहिले गाउँ–गाउँमा देख्न सकिन्छ । सहकारीमार्पmत् उनीहरूले आर्थिक गतिविधि गर्न थालेका छन् । व्यावसायिक क्षेत्रमा सक्रिय महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् र यसले परिवार एवम् समाजमा उनीहरूको हैसियतलाई पनि उकासेको अनुभव सहजै गर्न सकिन्छ ।

अहिले महिलाहरू हरेक क्षेत्रमा अघि बढ्दैछन् । राजनीतिक क्षेत्रमा पनि महिलाहरूको उपस्थिति पहिलेको तुलनामा निकै बलियो हुँदैछ । उनीहरूलाई हेर्ने सामाजिक दृष्टिमा पनि बिस्तारै परिवर्तन हुन थालेको अनुभव गर्न सकिन्छ । यो सकारात्मक परिवर्तनलाई जोगाउँदै महिलाहरूलाई अझैं अघि बढाउनु आवश्यक छ ।

महिलाहरूमा आएको यो परिवर्तन नै सम्पूर्ण भने होइन । कुनै एउटा क्षेत्रका महिलामात्र अग्रसर भएर हुँदैन । अन्य क्षेत्रका महिलाले समेत यस्ता काम गर्न सके महिलाहरूले पुरुषको मुख ताक्नु नपर्ने र आत्मनिर्भर बन्न सहयोग पुग्नेमा दुई मत छैन । यसमा सरकारी सहयोग पुग्न सके महिलाका काममा अझ सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । महिलाहरूलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले लगानी बढाउनु अपेक्षित छ । महिलाहरू आत्मनिर्भर बन्दा परिवारलाई पनि सहज हुन्छ । अन्ततः यसले परिवार हुँदै समाज र राष्ट्रकै सुख र समृद्धिमा टेवा पु-याउने निश्चित छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved