नागरिक अधिकारको रक्षा गर

  • कार्तिक ३, २०७७
  • सम्पादकीय
alt

कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण हरेक क्षेत्र प्रभावित भएको छ । व्यापार–व्यवसाय, विकास–निर्माण, स्वास्थ्य र शैक्षिक क्षेत्र पनि यसबाट प्रभावित भएका छन् ।बालबालिकाहरू भविष्यका कर्णधार हुन् । भोलि देश हाँक्ने जिम्मेवारी उनीहरूकै काँधमाआउनेछ । बालबालिकाले उचितशिक्षा पाएनन् भने देशको भविष्यअन्धकार हुने निश्चित छ । अहिले बालबालिकाहरू सहज रूपमा शिक्षा प्राप्त गर्ने वातावरणबाट वञ्चितभएका छन् । यो निकै चिन्ताको विषय हो ।


बालबालिकाबाहेक वृद्धवृद्धा, बिरामी र असक्तहरू यसबाट सबैभन्दा बढीप्रभावितभएका छन् । दीर्घरोगीहरूको अवस्थाअझ बढी चिन्ताजनक छ । उनीहरूले उचितउपचार पाउन सक्ने अवस्था छैन । यसले उनीहरूको जीवनलाई जोखिममा पु¥याएको छ । धराननको वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हप्तामाएकपटक मात्रै डायलाइसिसगर्नेबताएको छ । हप्तामादुईपटक डायलाइसिस गर्नुपर्ने बिरामीलाई एकपटक मात्रै डायलाइसिस गर्दा जोखिम बढ्ने निश्चित छ । उपयुक्त समयमा डायलाइसिस गर्न नपाउँदा मृगौलालाई काम गर्न कठिन हुने र बिरामीले छट्पटिनुपर्ने स्थिति आउँछ । यस्तो बिरामीको जीवननिकै कष्टकर हुन्छ र अन्ततःउसले मृत्यु वरण गर्न बाध्य हुनुपर्छ ।

जनशक्तिअभावले यस्तो स्थिति सिर्जनाभएको प्रतिष्ठानको भनाइआएको छ । यो निकै अप्ठ्यारो परिस्थितिहो । यसबाट नागरिकहरूको स्वास्थ्यअधिकार कुण्ठित हुने मात्रहोइन, मानिसको बाँच्नपाउने अधिकार पनि हनन् हुनेछ ।सहज रूपमा स्वास्थ्यउपचार प्राप्तगर्नु र बाँच्नपाउनु मानवको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले पनियो अधिकारलाई सुरक्षित गरेको छ तर अहिले दीर्घरोगीहरू यो अधिकारबाट पनिवञ्चितहुने अवस्थाआएको छ ।

बिरामीहरूलाई यस्तो अवस्थामा पुग्नबाट जोगाउन सबैले चासो देखाउनु आवश्यक छ । स्थानीय सरकारले पनि यस्तो अवस्था टुलुटुलु हेरेर बस्नु उचितहुँदैन । स्थानीयतहले आपूmलाई जनउत्त।दायी बनाउनुपर्छ । के कारणले यस्तो अवस्थाआएको हो भन्ने बुझेर स्थानीयतहले समस्या समाधानका लागि पहल गर्नु अपेक्षित छ । नर्सको अभावले डायलाइसिस असम्भवभएको भन्ने प्रतिष्ठानको भनाइ सार्वजनिकभएको छ ।

त्यसो भएआवश्यक सङ्ख्यामा नर्सको आपूर्ति बेलामै किनहुन सकेन ?प्रतिष्ठानले सुरु गरेको नर्सको भर्नाप्रक्रियाबीचैमाकिन रोकियो ?यसको चित्तबुभ्mदो जवाफ प्रतिष्ठान प्रशासनले आमनागरिकहरूलाई दिनुपर्छ । अनावश्यक जनशक्ति नियुक्त गर्न अतिरिक्त हतारो देखाउने प्रतिष्ठानले आवश्यकजनशक्तिको आपूर्तिमा गरेको ढिलाइ शङ्कास्पद छ । यस विषयमाअख्तियारले पनिचासो देखाउनुपर्छ । स्थानीय सरकारले पनि यस विषयमासरोकार देखाउनुपर्छ ।

आप्mनानागरिकहरूको जीउधनको सुरक्षागर्नु र यसप्रतिचासो देखाउनु हरेक सरकारको दायित्वहो । अहिले सबैभन्दा नजिकको सरकार स्थानीयतह नै हो । त्यसैले, स्थानीय सरकारले यस विषयमातत्कालचासो देखाएर नागरिकहरूको बाँच्नपाउने अधिकारको संरक्षण गर्न आवश्यकवातावरण निर्माण गर्नु वाञ्छनीय हुनेछ । अनिमात्र स्थानीय सरकार हुनुको औचित्यपनि पुष्टि हुनेछ ।

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved