सम्पादकीय

    Showing 141-150 of 204 items.
  • मानवताविरुद्धको अपराध (सम्पादकीय)

    मोरङबाट एउटा डरलाग्दो समाचार बाहिर आएको छ । यही असार १ गते मोरङको कानेपोखरी– ५ को चिसाङ बस्तीकी २५ वर्षीया सोना भनिने डुकादेवी दर्जी तामाङलाई छिमेकीहरूले मरणासन्न हुने गरी कुटपिट गरेको घटना अहिले चर्चाको विषय बनेको छ । कथित सानो जात भएकै कारण उनीमाथि गरिएको कुटपिट मानवताविरुद्धकै अपराध हो । यस्तो जघन्य अपराध एक्काईसौँ शताब्दीको सभ्य भनिने समाजको अनुहारमा कलङ्कको कालो टीका हो । गरिब तथा विपन्न दलित समुदायकी सोनालाई छिमेकीहरू चन्द्रमाया (विन्दा) मगर, पुष्पा मगर र नीरमाया मगरले कुटपिट गरी खोलामा फालिदिएको समाचार आएको छ । उनीहरूले त्यसअगि पनि जातीय आधारमा पटक–पटक गालीगलौज गर्ने गरेको

    • प्रकाशित मितिः असार ९, २०७८
    • 591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा भ्रष्टाचारको जालो ! (सम्पादकीय)

    पटक–पटक विवादमा आइरहने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केही समययता फेरि चर्चामा छ । यहाँका चिकित्सकहरू एक सातायता आन्दोलनमा छन् र उनीहरूले सामूहिक राजीनामाको चेतावनी दिएका छन् । अनियमितताका कारण प्रतिष्ठान धरासायी हुन लागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् तर आन्दोलनको एक साता हुँदासम्म उपकुलपतिले चासो नदेखाएपछि चिकित्सकहरू आक्रोशित भएका छन् । उपकुलपति ज्ञानेन्द्र गिरी अझै काठमाडौँमै छन् । उपकुलपतिले आन्दोलनलाई बेवास्ता गरेको भन्दै संयुक्त सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले सामूहिक राजीनामाको चेतावनी दिएका हुन् । एउटा प्रतिष्ठित स्वास्थ्य संस्थाका चिकित्सकहरूले साम

    • प्रकाशित मितिः असार ८, २०७८
    • 598 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी–पहिरो : बेलैमा सचेत बनौँ (सम्पादकीय)

    नेपालमा मनसुन थप सक्रिय भएको छ । भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकोले सचेत र सतर्क हुन आग्रह गरेको छ । विभागले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । अहिले मनसुन सुरुमात्र भएको छ । सुरुमै कतिपय स्थानमा बाढी–पहिरोको प्रभाव देखिन थाल

    • प्रकाशित मितिः असार १, २०७८
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दोषीलाई उन्मुक्ति दिइनु हुन्न (सम्पादकीय)

    भ्रष्टाचार, अनियमितता र अख्तियारको दुरुपयोग हाम्रो विकासका मुख्य बाधक हुन् । हाम्रो देशको हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितता छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने भाषण गरे पनि भ्रष्टाचार भने झन्–झन् बढ्दै गएको पाइन्छ । भ्रष्टाचार र अनियमितताबाट सुरक्षा निकाय पनि अछुतो छैन । सुरक्षाकर्मीहरू नै तस्करीमा संलग्न रहने गरेका घटनाहरू बारम्बार प्रकाशमा आइरहन्छन् । एउटा यस्तै घटना भर्खरै सार्वजनिक भएको छ । भारतीय सीमामा हुने स्याउ तस्करीमा प्रहरीको संलग्नता रहेको विषय प्रकाशमा आएको छ । सुनसरीको भन्टाबारी सीमा प्रहरी चौकीका इन्चार्जसहित तीनजनाको संलग्नता रहेको समाचार आएको छ । प्र

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 516 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुवालुङ संरक्षणको नीति :नागरिक प्रतिरोधको परिणाम(सम्पादकीय)

    सङ्घीय सरकारले गत जेठ १५ गते बजेट भाषणमार्पmत् सार्वजनिक गरेको चतराबाट भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेको ‘अवरोध’ हटाउने नीतिविपरीत प्रदेश १ सरकारले भने सो अवरोधको संरक्षण गर्ने नीति सार्वजनिक गरेको छ । नागरिक प्रतिरोधको फलस्वरूप प्रदेश १ सरकार यस्तो नीति घोषणा गर्न बाध्य भएको हो । सङ्घीय सरकारले बजेट भाषणमार्पmत् सङ्केत गरेको ‘अवरोध’ खासमा किराँत धर्म–संस्कृतिसँग जोडिएको ‘खुवालुङ ढुङ्गा’ हो । चतराबाट मास्तिर जाँदा वराहक्षेत्रभन्दा केही तल सप्तकोशी नदीबीचमा पर्ने यो ढुङ्गा फुटाउने सङ्घीय सरकारको नीति थियो । त्यसो त प्रधानमन्त्री केपी ओ

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी–पहिरो : पूर्वतयारी र सतर्कता आवश्यक (सम्पादकीय)

    नेपालमा यस वर्षको मनसुन भित्रिएको समाचार आएको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको बताइएको छ । देशको पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा पैmलिएको र दुई–तीन दिनभित्र देशभरि पैmलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा मनसुन भित्रिनु कुनै नौलो र अनौठो विषय होइन । यो मौसम नै मनसुन भित्रिने समय हो । दुई–चार दिन ढिलो–चाँडोमात्र हो, हरेक वर्ष मनसुन भित्रिने गर्छ । मनसुन भित्रिनु सुखद् विषय पनि हो । हाम्रो देश कृषिप्रधान देश हो । यहाँका ६०–६५ प्रतिशतभन्दा बढी नागरिकहरू अहिले पनि कृषिमै आश्रित छन् र हाम्रो कृषि प्रणाली अधिक

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीमाथि आक्रमण,  गम्भीर अपराध (सम्पादकीय)

    धरान–१५ को वडा कार्यालयअगाडि रहेको अस्थायी प्रहरी चौकीमा यही जेठ १३ गते साँझ भएको आक्रमणको घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । घटनामा संलग्न १० मध्ये पाँचजना पक्राउ परेको र बाँकी पाँचजनालाई पनि चाँडै पक्राउ गरिने प्रहरीको भनाइ समाचारमा आएको छ । घटनाका मुख्य नाइके रेगन लिम्बू र वसन्त राई भएको तथा उनीहरूलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अभियुक्तहरू पक्राउ पर्नु सुखद् विषय हो । नागरिकहरूको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी प्रहरी प्रशासनको हो । कुनै पनि नागरिकमाथि कुनै पक्षबाट असुरक्षा हुन नदिने दायित्व प्रहरी हो । यसका लागि देशभरिका प्रहरी एकाइहरू दिनरात न

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वातावरण संरक्षण आवश्यक (सम्पादकीय)

    यही जेठ १५ गते अर्थमन्त्रीले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटका केही विषय विवादित बनेका छन् । बजेट भाषणमार्पmत् सरकारद्वारा सार्वजनिक यस्ता नीतिहरूको चौतर्फी आलोचना भइरहेको छ । बजेट घाटा पूर्ति गर्न ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारी नीति पनि अहिले विवादित बनेको छ ।सरकारको यो नीतिले चुरे दोहनको बाटो खोल्ने बताउँदै सरोकारवालाहरू सरकारले यो नीति फिर्ता लिनुपर्ने माग गरिरहेका छन् । यो न्यायोचित माग हो । चुरे ढुङ्गा, गिट्टी, बालुवामात्र होइन, यो त जीवनरेखा पनि हो । तराई मधेशको जीवन यसैमा आश्रित छ । चुरेसँग मधेशको सभ्यता र संस्कृति पनि जोडिएको छ । त्यसकारण चुरेको द

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा सुधार : कठिन छ तर सम्भव छ (सम्पादकीय)

    धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति हटाएर प्रतिष्ठानलाई सबल बनाउने लक्ष्यका साथ धरानका नागरिक अगुवा र राजनीतिक दलहरूले समिति बनाएको समाचार आएको छ । प्रतिष्ठानको सुधारका लागि धराने नागरिक र दलहरू क्रियाशील हुनु सकारात्मक विषय हो । प्रतिष्ठानका कमी–कमजोरीहरूमा सुधार गर्ने उद्देश्यले नागरिक समाज र दलहरू सङ्गठित भएको यो पहिलो अवसर भने होइन । यसअगि पनि यही उद्देश्यका साथ विभिन्न समयमा विभिन्न समितिहरू बने, सुधारका लागि पहल पनि भए तर ती प्रयासहरू परिणाममुखी हुन सकेनन् । अहिले फेरि नयाँ सक्रियता देखिएको छ । यो प्रशंसनीय छ । वीपी प्रतिष्ठान देशकै उत्कृष

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यावरण संरक्षण र हाम्रो सरकार ( सम्पादकीय )

    आज ५ जुन अर्थात् विश्व वातावरण दिवस । हामी बसेको पृथ्वी र यस पृथ्वीका बासिन्दा सम्पूर्ण प्राणीको जीवनका लागि वातावरण संरक्षणको कति महŒव छ भन्ने चेतना जगाउन बर्सेनि यो दिवस संसारभरि मनाउने गरिन्छ । यस पृथ्वीमा प्राणी जगत्को अस्तित्व रक्षाका लागि वातावरण संरक्षण आवश्यक छ । वातावरणमा हुने क्षतिले मानवमात्र होइन, सिङ्गो प्राणी जगत्कै अस्तित्वलाई सङ्कटमा पार्ने विज्ञहरूले बताउने गरेका छन् । वातावरणमा हुने नकारात्मक असरले मानव जाति र प्राणी जगत्मा पार्ने असरका अनेक उदाहरण हामीले देख्दै र भोग्दै आएका छौँ । काठमाडौँलगायतका शहरी क्षेत्रमा केही दिनअघि देखिएको वायु प्रदूषण, अतिवृष्टि, अनावृष्टि, प

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved