सम्पादकीय

    Showing 141-150 of 210 items.
  • समाजमा अपराध बढेको सङ्केत (सम्पादकीय)

    पछिल्लो समय देशका विभिन्न भागबाट हत्याका समाचारहरू निरन्तर आइरहेका छन् । हत्या गरेर फालिएका वा लुकाइएका अवस्थामा शवहरू फेला परेका छन् । हत्याका पछिल्ला घटनाहरूमा महिलाहरू पीडित बनेका छन् । हत्याको एउटा घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक हुने गरेको छ । टाढाको कुरा छाडिदिऊँ, प्रदेश १ मै मात्र इलाम, मोरङ र झापाबाट हत्याका समाचारहरू आएका छन् । प्रदेश उच्च अदालतअन्तर्गत इलाम इजलासको प्राङ्गणमा सोही अदालतकी कार्यालय सहयोगी महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका–५ मा पनि आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मोरङकै गछियामा पनि एक महिलाको शव भेटिएको छ । झापाको ब

    • प्रकाशित मितिः साउन १, २०७८
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना भाइरस : तेस्रो लहरको जोखिम

    नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बिस्तारै घट्न थालेको बताइँदैछ । सङ्क्रमण दर घट्न थालेपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा बिस्तारै खुकुलो बनाउन थालिएको छ । राजधानीमा सार्वजनिक सवारी साधनहरू सञ्चालन हुन थालेका छन् । केही जिल्लामा जोर–विजोर आधारमा यातायात सञ्चालन भइरहेका छन् । केही क्षेत्र अहिले पनि खुलेका छैनन् । विद्यालय–विश्वविद्यालयहरू अभैm पनि बन्द नै छन् । कोरोना भाइरसको प्रभावबाट कुनै क्षेत्र अछूतो छैन । शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । त्यसो त व्यापार–व्यवसायको क्षेत्र पनि कम पीडित छैन । निषेधाज्ञा खुकुलो भएर अलिअलि आर्थिक चहल

    • प्रकाशित मितिः असार २५, २०७८
    • 1,178 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा सुधार : तत्काल पहल गर्न आवश्यक (सम्पादकीय)

    धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्ला केही दिन आन्दोलनको केन्द्र बनेको छ । प्रतिष्ठानमै कार्यरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरू २० दिनयता निरन्तर आन्दोलनमा छन् । स्थानीय नागरिक र राजनीतिक दलहरूले पनि संयुक्त रूपमा आन्दोलन थालेका छन् । चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोविन्द केसीले पनि आन्दोलनको चेतावनी दिएका छन् । विभिन्न पेशागत सङ्घ–सङ्गठनले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सबै आन्दोलनको एउटै उद्देश्य हो– प्रतिष्ठानमा व्यवस्थापकीय र प्रशासकीय सुधार । पछिल्ला केही वर्षहरूमा प्रतिष्ठान बेथितिको केन्द्र बनेको छ र यी सबैको मूलमा छ– भ्र

    • प्रकाशित मितिः असार २२, २०७८
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल राहत देऊ (सम्पादकीय)

    केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरो र डुबान–कटान भएका समाचारहरू आइरहेका छन् । देशका विभिन्न भागमा कयौँले ज्यान गुमाएका छन् भने सयौँ परिवार विस्थापित भएका छन् । कतिपय स्थानमा सडकहरू अवरुद्ध भएका छन् भने कतिपय बस्तीहरू जलमग्न भएका छन् । कतिपय पुलहरू उद्घाटन नहुँदै भास्सिने र भत्किने दृश्यहरू देखिएका छन् । ‘असारे विकास’ को दुर्दशा पनि देखिँदैछन् । यो वर्षाले देशका थुप्रै बेथिति र विसङ्गतिलाई फेरि एकपटक उदाङ्गो बनाइदिएको छ । यो हरेक वर्ष दोहोरिने नियति हो तर यो नियतिलाई घटाउन वा यसबाट नागरिकहरूलाई सुरक्षित बनाउन सरकार र सम्बन्धित निकायहरूले

    • प्रकाशित मितिः असार २१, २०७८
    • 742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय धनमा सरकारको मस्ती (सम्पादकीय)

    सङ्घीयताको कार्यान्वयनपछि देशमा तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूले बजेट बनाउने र खर्च गर्ने अधिकार पाएका छन् । अहिले दुर्गम क्षेत्रमा पनि सरकार पुगेको छ तर त्यसअनुसार विकास आएको अनुभव भने सर्वसाधारण नागरिकले गर्न पाएका छैनन् । नेताहरूले ‘गाउँ–गाउँमा सिंहदरबार’ को नारा पनि लगाए । प्रतीकात्मक रूपमा गाउँ–गाउँमा सिंहदरबार नपुगेको पनि होइन तर फरक के मात्र भइदियो भने सिंहदरबारसँगै गाउँ–गाउँमा नयाँ ‘राजा’ हरू पुगे, विकास भने पुगेन । दल र नेताहरूले विकासलाई प्राथमिकतामा राखेर काम गरेनन् । बरु उनीहरू खर्च बढाउने महङ्गा र विलासी गाडी खरिदमा केन्द्रित

    • प्रकाशित मितिः असार १७, २०७८
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकप्रति उदासीन सरकार (सम्पादकीय)

    दातृ निकायले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किएको समाचार आएको छ । यो अत्यन्तै दुःखद् र निराशाजनक विषय हो । यस्तै विषयहरूले सरकारको क्षमता, योग्यता र आफ्ना नागरिकहरूप्रति उसको जवाफदेहितालाई निर्धारण गर्छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारी भयावह हुँदा अक्सिजन र भेन्टिलेटर अभावमा नागरिकको जीवन जान थालेपछि सरकारले विश्व समुदायसँग सहयोग मागेको थियो । त्यसपछि नेपालको स्वास्थ्य प्रणाली ‘क्रयास’ भएको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले अपील गरेपछि संसारभरिबाट सहयोग पनि जुट्यो तर त्यस्तो प्रयासपछि ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो

    • प्रकाशित मितिः असार १४, २०७८
    • 1,031 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानवताविरुद्धको अपराध (सम्पादकीय)

    मोरङबाट एउटा डरलाग्दो समाचार बाहिर आएको छ । यही असार १ गते मोरङको कानेपोखरी– ५ को चिसाङ बस्तीकी २५ वर्षीया सोना भनिने डुकादेवी दर्जी तामाङलाई छिमेकीहरूले मरणासन्न हुने गरी कुटपिट गरेको घटना अहिले चर्चाको विषय बनेको छ । कथित सानो जात भएकै कारण उनीमाथि गरिएको कुटपिट मानवताविरुद्धकै अपराध हो । यस्तो जघन्य अपराध एक्काईसौँ शताब्दीको सभ्य भनिने समाजको अनुहारमा कलङ्कको कालो टीका हो । गरिब तथा विपन्न दलित समुदायकी सोनालाई छिमेकीहरू चन्द्रमाया (विन्दा) मगर, पुष्पा मगर र नीरमाया मगरले कुटपिट गरी खोलामा फालिदिएको समाचार आएको छ । उनीहरूले त्यसअगि पनि जातीय आधारमा पटक–पटक गालीगलौज गर्ने गरेको

    • प्रकाशित मितिः असार ९, २०७८
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा भ्रष्टाचारको जालो ! (सम्पादकीय)

    पटक–पटक विवादमा आइरहने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केही समययता फेरि चर्चामा छ । यहाँका चिकित्सकहरू एक सातायता आन्दोलनमा छन् र उनीहरूले सामूहिक राजीनामाको चेतावनी दिएका छन् । अनियमितताका कारण प्रतिष्ठान धरासायी हुन लागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् तर आन्दोलनको एक साता हुँदासम्म उपकुलपतिले चासो नदेखाएपछि चिकित्सकहरू आक्रोशित भएका छन् । उपकुलपति ज्ञानेन्द्र गिरी अझै काठमाडौँमै छन् । उपकुलपतिले आन्दोलनलाई बेवास्ता गरेको भन्दै संयुक्त सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले सामूहिक राजीनामाको चेतावनी दिएका हुन् । एउटा प्रतिष्ठित स्वास्थ्य संस्थाका चिकित्सकहरूले साम

    • प्रकाशित मितिः असार ८, २०७८
    • 735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी–पहिरो : बेलैमा सचेत बनौँ (सम्पादकीय)

    नेपालमा मनसुन थप सक्रिय भएको छ । भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकोले सचेत र सतर्क हुन आग्रह गरेको छ । विभागले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । अहिले मनसुन सुरुमात्र भएको छ । सुरुमै कतिपय स्थानमा बाढी–पहिरोको प्रभाव देखिन थाल

    • प्रकाशित मितिः असार १, २०७८
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दोषीलाई उन्मुक्ति दिइनु हुन्न (सम्पादकीय)

    भ्रष्टाचार, अनियमितता र अख्तियारको दुरुपयोग हाम्रो विकासका मुख्य बाधक हुन् । हाम्रो देशको हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितता छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने भाषण गरे पनि भ्रष्टाचार भने झन्–झन् बढ्दै गएको पाइन्छ । भ्रष्टाचार र अनियमितताबाट सुरक्षा निकाय पनि अछुतो छैन । सुरक्षाकर्मीहरू नै तस्करीमा संलग्न रहने गरेका घटनाहरू बारम्बार प्रकाशमा आइरहन्छन् । एउटा यस्तै घटना भर्खरै सार्वजनिक भएको छ । भारतीय सीमामा हुने स्याउ तस्करीमा प्रहरीको संलग्नता रहेको विषय प्रकाशमा आएको छ । सुनसरीको भन्टाबारी सीमा प्रहरी चौकीका इन्चार्जसहित तीनजनाको संलग्नता रहेको समाचार आएको छ । प्र

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved