बाढी–पहिरो : पूर्वतयारी र सतर्कता आवश्यक (सम्पादकीय)

  • जेठ २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा यस वर्षको मनसुन भित्रिएको समाचार आएको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको बताइएको छ । देशको पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा पैmलिएको र दुई–तीन दिनभित्र देशभरि पैmलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा मनसुन भित्रिनु कुनै नौलो र अनौठो विषय होइन । यो मौसम नै मनसुन भित्रिने समय हो । दुई–चार दिन ढिलो–चाँडोमात्र हो, हरेक वर्ष मनसुन भित्रिने गर्छ । मनसुन भित्रिनु सुखद् विषय पनि हो । हाम्रो देश कृषिप्रधान देश हो । यहाँका ६०–६५ प्रतिशतभन्दा बढी नागरिकहरू अहिले पनि कृषिमै आश्रित छन् र हाम्रो कृषि प्रणाली अधिकांशतः आकाशे पानीमै निर्भर छ । खेतीयोग्य सबै जमिनमा सिँचाइको व्यवस्था मिलाउन नसकिएकाले आकाशे पानीमा भर पर्नु यहाँका किसानहरूको बाध्यता पनि हो ।
यसर्थ, देशभित्र समयमै मनसुन भित्रिनु किसानहरूका लागि सकारात्मक विषय हो । समयमै पानी पर्न थालेमा किसानहरूले समयमै धान रोप्न पाउँछन् । यसो भएमा उत्पादन राम्रो हुने अपेक्षा गर्न सकिन्छ । किसान, अन्य नागरिकहरू र अन्ततः समग्र देशकै लागि यो सुखद् विषय हुनेछ तर मनसुनको अर्को पाटो पनि छ, जुन दुःखद् र कहालीलाग्दो छ ।


मौसमविद्हरूले यस वर्ष नेपालमा अगिल्ला वर्षभन्दा धेरै वर्षा हुने अनुमान प्रस्तुत गरेका छन् । यस्तो अनुमान गर्दै उनीहरूले यसबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्नका लागि पूर्वतयारी गर्न पनि सुझाएका छन् । साधारणतया अङ्ग्र्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ । अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो महत्तवपूर्ण र गम्भीर विषय हो । हाम्रो देशमा हरेक वर्ष भने जस्तो वर्षाले जनधनमा क्षति पु¥याउने गरेको छ । यो समयमा पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्छ भने तराई मधेश क्षेत्रले बाढी, डुबान र कटानको जोखिम व्यहोर्नुपर्छ । बाढी–पहिरो र डुबान–कटानमा परेर हरेक वर्ष केहीको मृत्यु हुन्छ भने कयौँले घरबार गुमाउनुपर्ने अवस्था सिर्जना हुन्छ ।
यो नियति हरेक वर्ष दोहोरिँदा पनि जोखिमलाई कम गर्न सरकारी स्तरबाट ठोस दीर्घकालीन योजना नबन्नु हाम्रा लागि विडम्बनाकै विषय हुने गरेको छ । तटबन्ध निर्माण, वृक्षरोपण र कतिपय स्थानमा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ । विज्ञहरूको समूहमार्पmत् आवश्यक वैज्ञानिक अध्ययन गराएर यसबारे ठोस योजना निर्माण र योजनाको ठोस कार्यान्वयन हुनु अपेक्षित छ । हाम्रो देशमा खासै पूर्वतयारी पनि हुँदैन । समस्या आइसकेपछि केही दिन चर्चा र बहस हुन्छ । धेरथोर राहत वितरण हुन्छ अनि मनसुन सकिएपछि सबैले बिर्सिन्छन् ।

पीडितको पीडा यथावत् हुन्छ । वर्षभरि दुःख झेल्दै अर्को वर्ष फेरि जोखिमको सामना गर्ने प्रतीक्षामा उसको दिन बित्छ । यसतर्पm कुनै पनि सरकारको ध्यान जाँदैन । अहिले तीन तहका सरकारहरू छन् तर सरकारहरू तल्लो स्तरको राजनीतिमै व्यस्त छन् । सरकार र विपक्षी दलहरू नागरिकका समस्याभन्दा सत्ताको खेलमै रमाउने गर्दा यी समस्याहरू यथावत् रहेका हुन् । सरकार र विपक्षी दलहरूको ध्यान यसतर्पm जानु आवश्यक छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved