बाढी–पहिरो : बेलैमा सचेत बनौँ (सम्पादकीय)

  • असार १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

नेपालमा मनसुन थप सक्रिय भएको छ । भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकोले सचेत र सतर्क हुन आग्रह गरेको छ । विभागले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

अहिले मनसुन सुरुमात्र भएको छ । सुरुमै कतिपय स्थानमा बाढी–पहिरोको प्रभाव देखिन थालिसकेको छ । पहिरो खसेर कतिपय सडकहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेका छैनन् । अहिले नै कतिपय स्थानमा सम्पर्क विच्छेद भएको छ ।

यस्तो बेलामा नदी किनारका बस्ती वा भिरालो जमिनमा पहाडी र हिमाली क्षेत्रका बस्ती बढी जोखिममा पर्छन् । तराईमा बाढी तथा डुबान–कटानको जोखिम हुन्छ भने पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम हुन्छ । हाम्रो देशमा हरेक वर्ष वर्षायाममा जनधनको क्षति हुने गरेको छ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकोले जोखिम बढ्न सक्ने विभागको अनुमान छ ।
यस्तो अवस्थामा तीनै तहका सरकार तथा सामाजिक सङ्घ–संस्था र जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले थप सतर्कता अपनाउनुपर्ने देखिन्छ । जोखिम घटाउन सरकारले पनि पूर्वतयारी गर्नु आवश्यक छ । त्यस्ता क्षेत्रमा बसोवास गर्ने नागरिकहरूलाई बेलैमा सूचना प्रवाह गर्ने र आवश्यक परेमा सुरक्षित स्थलमा स्थानान्तर गरेर बसोवासको व्यवस्थापन गर्नु आवश्यक छ ।

यसका लागि समयमै ध्यान दिनुपर्छ । दुर्घटना भइसकेपछि पश्चात्ताप गर्नुभन्दा पहिले नै बुद्धि पु¥याउनु बुद्धिमानी हुनेछ तर यसतर्पm कुनै तहका सरकारको अपेक्षित ध्यान गएको देखिँदैन । सङ्घ र कतिपय प्रदेश सरकारहरू अहिले पनि आप्mनै जीवनका लागि सङ्घर्षरत छन् । आप्mनै जीवनको टुङ्गो नभएका यस्ता सरकारहरू नागरिकहरूका जीवनबारे संवेदनशील हुने अपेक्षा पनि गर्न सकिँदैन ।


विकृत राजनीतिका कारण सर्वसाधारणको जीवन मूल्यहीन भएको छ । उनीहरूको जीवनप्रति अपेक्षित चासो र चिन्ता देखिँदैन । यो विडम्बनाको विषय हो । बाढी–पहिरो र डुबान–कटानबाट हुने क्षतिलाई घटाउन वा क्षति नियन्त्रण गर्न बेलैमा योजना बनाएर कार्यान्वयन गर्नु आवश्यक छ । यसतर्पm सरोकारवालाहरूको ध्यान जानुपर्छ ।

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved