स्कुल बसको ठक्करपछि ट्रकको चक्कामुनि परेर २१ वर्षीया युवतीको मृत्यु 

  • कार्तिक १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt सागेतिक तस्बिर

झापा/ झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा २१ वर्षीया युवतीको ज्यान गएको छ।

बुधबार साँझ कमल गाउँपालिका–३ स्थित सहिद गेटनजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा इलाम नगरपालिका–८ की २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको हो।

प्रहरीका अनुसार झिलझिलेबाट केर्खातर्फ आउँदै गरेको दमक नगरपालिका–९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८ नम्बरको स्कुल बसले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१८ प ४८८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५५४ नम्बरको ट्रकमा ठोक्किएको थियो। त्यसक्रममा मोटरसाइकल ट्रकको दाहिनेतर्फको चक्कामुनि परेको थियो।

मोटरसाइकलको पछाडि सवार लिम्बू गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि दमक अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ ७ः५० बजे मृत घोषणा गरेका थिए।

सुनसरीमा २३ किलो गा ...

धरान/  सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नर ...

विराट एक्स्पो पुस २ ...

विराटनगर/ उद्योग, व्यापार र लगानीको सम्भावना खोज्न ...

बराहक्षेत्रमा ब्राउ ...

धरान/ सुनसरीको बराहक्षेत्रमा लागूऔषध खैरो हिरोइन (ब्राउ ...

मोबाइल पसलभित्रै तास ...

सुनसरी/ मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved