मोबाइल पसलभित्रै तासको खाल ! सञ्चालकसहित १० जना प्रहरीको फन्दामा

  • कार्तिक १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन पसलबाट उनीहरू मंगलबार राति पक्राउ परेका हुन् ।

डिक खड्कीको घरमा रहेको उक्त पसलभित्र जुवातास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले राति करिब ११ः३० बजेतिर छापा मारेको थियो ।

प्रहरी निरीक्षक  नवीन वलीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाको साथबाट पाँच बुङ तास र १२ हजार ६२२ रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का जलन ठटाल, सुभाष शर्मा र रोशन शर्मा छन् । त्यस्तै वडा नम्बर ८ का सुमन ढकाल, निरोज धिमाल, कमल ढुंगाना र किरण ढुंगाना पनि पक्राउ परेका छन् ।

यसैगरी झापाको दमक नगरपालिका–७ का विनोद ढकाल, वडा नम्बर ५ का दीपक चौधरी र मोबाइल जोनका सञ्चालक रतुवामाई नगरपालिका–९ का विवेक बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बराहक्षेत्रमा ब्राउ ...

धरान/ सुनसरीको बराहक्षेत्रमा लागूऔषध खैरो हिरोइन (ब्राउ ...

फेसबुकमा भेटिएको साथ ...

काठमाडौँ/  आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थ ...

धरानमा जुवा खेल्दै र ...

धरान/ धरानका विभिन्न स्थानमा जुवाजन्य डाइस खेल्दै ...

सोलुखुम्बुको फेरिचेम ...

धरान/ सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फेरिचेमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved