धरान/ धरानका विभिन्न स्थानमा जुवाजन्य डाइस खेल्दै र खेलाउँदै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक विनालाल साह तेलीको कमाण्डमा खटिएको प्रहरी टोलीले २०८३ कात्तिक १६ गते राति धरानका विभिन्न स्थानमा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धरान–११ का २७ वर्षीय सुहाङ लिम्बु र २९ वर्षीय सन्तोष राई, धरान–१६ का ४० वर्षीय उत्तम याक्खा र ३० वर्षीय सुसन विक तथा धरान–१७ का ३१ वर्षीय रवीन मगराती र ४२ वर्षीय वर्णु घतानी रहेका छन्।
पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।