मलद्वारभित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ

  • कार्तिक १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको इनरुवामा मलद्वारभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १७.३५ ग्राम ब्राउन सुगर बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो ४ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका उदयपुरको बेलका नगरपालिका–४ निवासी ३२ वर्षीय नवीन राई र २९ वर्षीय सुमन राईलाई शंका लागेर प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा नवीन राईको मलद्वारबाट लुकाएर राखिएको १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा गाँजासहित ५ ज ...

धरान/  सुनसरीको धरान–२० च्यानडाँडामा गा ...

सुनसरीमा च्याउ खेतीब ...

सुनसरी/ वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्या ...

धरानमा सालनालसहित नव ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित कार्क ...

कारागारबाट उपचारका ल ...

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved