धरानमा गाँजासहित ५ जना पक्राउ! नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

  • कार्तिक १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान–२० च्यानडाँडामा गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले दुई वटा स्कार्पियो गाडीसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट २१० केजी गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार कात्तिक १६ गते बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले च्यानडाँडामा गाँजा लोड भइरहेको अवस्थामा दुई वटा स्कार्पियो फेला पारेको थियो।

बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियोमा आठ पोका गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्दा प्रहरीले सानो पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरी पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीका २४ वर्षीय रामसागर कुमार यादव, ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, ५९ वर्षीय राजकुमार शाह, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र धरान–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्। पक्राउ परेकामध्ये यादव र शाह दुवै स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई दुई वटा स्कार्पियो र बरामद गाँजासहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 घटनामा गाँजा ओसारपसारमा प्रयोग भएका दुई वटा स्कार्पियो र पाँच जना पक्राउ परेका छन्।

 

मलद्वारभित्र लुकाएर ...

धरान/ सुनसरीको इनरुवामा मलद्वारभित्र लागूऔषध लुकाएर ल्य ...

सुनसरीमा च्याउ खेतीब ...

सुनसरी/ वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्या ...

धरानमा सालनालसहित नव ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित कार्क ...

कारागारबाट उपचारका ल ...

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved