बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक प्रहरीको फन्दामा

  • कार्तिक १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको बराहक्षेत्रमा लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–२ पुनर्बासका २५ वर्षीय सञ्जीव राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मंगलबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक किरण मोक्तानको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पटनाली पुलबाट पुनर्बासतर्फ पैदल जाँदै गरेका राईलाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट दुई पोका ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद लागूऔषध प्लास्टिकसहित ३ ग्राम १८० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ५७५ मिलिग्राम तौल भएको छ।

पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरीले जनाएको छ।

मोबाइल पसलभित्रै तास ...

सुनसरी/ मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बस ...

फेसबुकमा भेटिएको साथ ...

काठमाडौँ/  आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थ ...

धरानमा जुवा खेल्दै र ...

धरान/ धरानका विभिन्न स्थानमा जुवाजन्य डाइस खेल्दै ...

सोलुखुम्बुको फेरिचेम ...

धरान/ सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फेरिचेमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved