सम्पादकीय

    Showing 131-140 of 203 items.
  • सरकारको नीति कागजमा सीमित नहोस्

    प्राकृतिक स्रोतको अनावश्यक दोहनमा अगिल्लो सरकारले लिएको गलत नीतिलाई वर्तमान सरकारले सच्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको अगिल्लो सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्पmत् वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था पनि मिलाइएको बजेट वक्तव्यमा उल्लेख छ । शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले भने यो नीतिलाई सच्याउने भएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • योजना समयमै पूरा गर

    योजना निर्माण भएको वर्षौं वा दशकौँसम्म पनि त्यसले मूर्त रूप प्राप्त नगर्नु नेपाली विशेषता हो । कयौँ वर्षसम्म त योजनाहरू नेताकै भाषणमा सीमित हुन्छन् । तिनले कागजमा पनि मूर्त रूप प्राप्त गर्न सक्दैनन् । यस्ता विषयलाई नेताहरूले चुनावी नारा बनाउँछन् र त्यही नाराका भरमा चुनाव जितिरहन्छन् । त्यसपछि बल्ल योजनाले कागजमा ठाउँ पाउँछ । भौतिक रूपमै कार्यान्वयन हुन त अभैm बाँकी नै छ । भौतिक निर्माण सुरु भएर पनि त्यसले कहिले पूर्णता पाउँछ भन्ने निश्चित हुँदैन । केही योजनाले सुरु भएको वर्षौंपछि पूर्णता पाउँछन् भने कतिपय योजना सुरु त हुन्छन् तर ती योजना कहिल्यै पूरा हुँदैनन् । विराटनगर चक्रपथको योजना पनि यस

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 585 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छानबिन समिति बनाऊ (सम्पादकीय)

    भ्रष्टाचार, बेथिति, अराजकता र कानुनविहीनता नेपालको परिचय नै बनिसकेको छ । यिनै कारणले अपेक्षित गतिमा देश अगि बढ्न नसकेको स्पष्ट छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार अन्त्य गर्ने भाषण गरे पनि भ्रष्टाचार र बेथिति भने दिनदिनै बढ्दै गएको हामी सबैले अनुभूति गरेको विषय हो । कतिपय अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनबाट पनि नेपाल भ्रष्टाचारीहरूका लागि स्वर्गभूमि भएको प्रमाणित भएको छ । यस्तै प्रकारको एउटा समाचार मोरङबाट भर्खरै आएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ को कार्यालय भवन उद्घाटनअगि नै चुहिन थालेको समाचार आएको छ । यसबाट सो भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आशङ्का गरिएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समाजमा अपराध बढेको सङ्केत (सम्पादकीय)

    पछिल्लो समय देशका विभिन्न भागबाट हत्याका समाचारहरू निरन्तर आइरहेका छन् । हत्या गरेर फालिएका वा लुकाइएका अवस्थामा शवहरू फेला परेका छन् । हत्याका पछिल्ला घटनाहरूमा महिलाहरू पीडित बनेका छन् । हत्याको एउटा घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक हुने गरेको छ । टाढाको कुरा छाडिदिऊँ, प्रदेश १ मै मात्र इलाम, मोरङ र झापाबाट हत्याका समाचारहरू आएका छन् । प्रदेश उच्च अदालतअन्तर्गत इलाम इजलासको प्राङ्गणमा सोही अदालतकी कार्यालय सहयोगी महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका–५ मा पनि आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मोरङकै गछियामा पनि एक महिलाको शव भेटिएको छ । झापाको ब

    • प्रकाशित मितिः साउन १, २०७८
    • 591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना भाइरस : तेस्रो लहरको जोखिम

    नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बिस्तारै घट्न थालेको बताइँदैछ । सङ्क्रमण दर घट्न थालेपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा बिस्तारै खुकुलो बनाउन थालिएको छ । राजधानीमा सार्वजनिक सवारी साधनहरू सञ्चालन हुन थालेका छन् । केही जिल्लामा जोर–विजोर आधारमा यातायात सञ्चालन भइरहेका छन् । केही क्षेत्र अहिले पनि खुलेका छैनन् । विद्यालय–विश्वविद्यालयहरू अभैm पनि बन्द नै छन् । कोरोना भाइरसको प्रभावबाट कुनै क्षेत्र अछूतो छैन । शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । त्यसो त व्यापार–व्यवसायको क्षेत्र पनि कम पीडित छैन । निषेधाज्ञा खुकुलो भएर अलिअलि आर्थिक चहल

    • प्रकाशित मितिः असार २५, २०७८
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा सुधार : तत्काल पहल गर्न आवश्यक (सम्पादकीय)

    धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्ला केही दिन आन्दोलनको केन्द्र बनेको छ । प्रतिष्ठानमै कार्यरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरू २० दिनयता निरन्तर आन्दोलनमा छन् । स्थानीय नागरिक र राजनीतिक दलहरूले पनि संयुक्त रूपमा आन्दोलन थालेका छन् । चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोविन्द केसीले पनि आन्दोलनको चेतावनी दिएका छन् । विभिन्न पेशागत सङ्घ–सङ्गठनले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सबै आन्दोलनको एउटै उद्देश्य हो– प्रतिष्ठानमा व्यवस्थापकीय र प्रशासकीय सुधार । पछिल्ला केही वर्षहरूमा प्रतिष्ठान बेथितिको केन्द्र बनेको छ र यी सबैको मूलमा छ– भ्र

    • प्रकाशित मितिः असार २२, २०७८
    • 540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल राहत देऊ (सम्पादकीय)

    केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरो र डुबान–कटान भएका समाचारहरू आइरहेका छन् । देशका विभिन्न भागमा कयौँले ज्यान गुमाएका छन् भने सयौँ परिवार विस्थापित भएका छन् । कतिपय स्थानमा सडकहरू अवरुद्ध भएका छन् भने कतिपय बस्तीहरू जलमग्न भएका छन् । कतिपय पुलहरू उद्घाटन नहुँदै भास्सिने र भत्किने दृश्यहरू देखिएका छन् । ‘असारे विकास’ को दुर्दशा पनि देखिँदैछन् । यो वर्षाले देशका थुप्रै बेथिति र विसङ्गतिलाई फेरि एकपटक उदाङ्गो बनाइदिएको छ । यो हरेक वर्ष दोहोरिने नियति हो तर यो नियतिलाई घटाउन वा यसबाट नागरिकहरूलाई सुरक्षित बनाउन सरकार र सम्बन्धित निकायहरूले

    • प्रकाशित मितिः असार २१, २०७८
    • 604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय धनमा सरकारको मस्ती (सम्पादकीय)

    सङ्घीयताको कार्यान्वयनपछि देशमा तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूले बजेट बनाउने र खर्च गर्ने अधिकार पाएका छन् । अहिले दुर्गम क्षेत्रमा पनि सरकार पुगेको छ तर त्यसअनुसार विकास आएको अनुभव भने सर्वसाधारण नागरिकले गर्न पाएका छैनन् । नेताहरूले ‘गाउँ–गाउँमा सिंहदरबार’ को नारा पनि लगाए । प्रतीकात्मक रूपमा गाउँ–गाउँमा सिंहदरबार नपुगेको पनि होइन तर फरक के मात्र भइदियो भने सिंहदरबारसँगै गाउँ–गाउँमा नयाँ ‘राजा’ हरू पुगे, विकास भने पुगेन । दल र नेताहरूले विकासलाई प्राथमिकतामा राखेर काम गरेनन् । बरु उनीहरू खर्च बढाउने महङ्गा र विलासी गाडी खरिदमा केन्द्रित

    • प्रकाशित मितिः असार १७, २०७८
    • 605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकप्रति उदासीन सरकार (सम्पादकीय)

    दातृ निकायले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किएको समाचार आएको छ । यो अत्यन्तै दुःखद् र निराशाजनक विषय हो । यस्तै विषयहरूले सरकारको क्षमता, योग्यता र आफ्ना नागरिकहरूप्रति उसको जवाफदेहितालाई निर्धारण गर्छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारी भयावह हुँदा अक्सिजन र भेन्टिलेटर अभावमा नागरिकको जीवन जान थालेपछि सरकारले विश्व समुदायसँग सहयोग मागेको थियो । त्यसपछि नेपालको स्वास्थ्य प्रणाली ‘क्रयास’ भएको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले अपील गरेपछि संसारभरिबाट सहयोग पनि जुट्यो तर त्यस्तो प्रयासपछि ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो

    • प्रकाशित मितिः असार १४, २०७८
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानवताविरुद्धको अपराध (सम्पादकीय)

    मोरङबाट एउटा डरलाग्दो समाचार बाहिर आएको छ । यही असार १ गते मोरङको कानेपोखरी– ५ को चिसाङ बस्तीकी २५ वर्षीया सोना भनिने डुकादेवी दर्जी तामाङलाई छिमेकीहरूले मरणासन्न हुने गरी कुटपिट गरेको घटना अहिले चर्चाको विषय बनेको छ । कथित सानो जात भएकै कारण उनीमाथि गरिएको कुटपिट मानवताविरुद्धकै अपराध हो । यस्तो जघन्य अपराध एक्काईसौँ शताब्दीको सभ्य भनिने समाजको अनुहारमा कलङ्कको कालो टीका हो । गरिब तथा विपन्न दलित समुदायकी सोनालाई छिमेकीहरू चन्द्रमाया (विन्दा) मगर, पुष्पा मगर र नीरमाया मगरले कुटपिट गरी खोलामा फालिदिएको समाचार आएको छ । उनीहरूले त्यसअगि पनि जातीय आधारमा पटक–पटक गालीगलौज गर्ने गरेको

    • प्रकाशित मितिः असार ९, २०७८
    • 578 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

koshipatra2075@gmail.com
purbibureau@gmail.com
newspurbibureau@gmail.com

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved