छानबिन समिति बनाऊ (सम्पादकीय)

  • श्रावण ५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

भ्रष्टाचार, बेथिति, अराजकता र कानुनविहीनता नेपालको परिचय नै बनिसकेको छ । यिनै कारणले अपेक्षित गतिमा देश अगि बढ्न नसकेको स्पष्ट छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार अन्त्य गर्ने भाषण गरे पनि भ्रष्टाचार र बेथिति भने दिनदिनै बढ्दै गएको हामी सबैले अनुभूति गरेको विषय हो । कतिपय अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनबाट पनि नेपाल भ्रष्टाचारीहरूका लागि स्वर्गभूमि भएको प्रमाणित भएको छ ।

यस्तै प्रकारको एउटा समाचार मोरङबाट भर्खरै आएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ को कार्यालय भवन उद्घाटनअगि नै चुहिन थालेको समाचार आएको छ । यसबाट सो भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आशङ्का गरिएको छ । भवनको औपचारिक उद्घाटन त गत असार २७ गते गरिएको छ तर त्यसअगि नै भवनको छतबाट पानी रसाउन थालेको थियो ।

प्रयोगअगि नै भवनको छतबाट पानी रसाउन थाल्नु चिन्ताको विषय हो । यसले त्यहाँ भ्रष्टाचार भएको गाउँलेको आशङ्कालाई बल पुगेको छ । गुणस्तरयुक्त र पर्याप्त सामग्री प्रयोग गरिएको भए प्रयोगअगि नै भवन रसाउनुको कारण के हो ? गुणस्तरयुक्त सामग्री प्रयोग गर्दा पनि यति चाँडै छत चुहिन्छ त ? यस्ता प्रश्नहरू खडा हुनु स्वाभाविक छ । वडा कार्यालयको एकतले भवन निर्माणका लागि पुरुषोत्तम कन्स्ट्रक्सनले ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा ठेक्का लिएको हो ।

भवन निर्माणमा आर्थिक अनियमितता भएको स्थानीयको भनाइ छ । ठेकेदार कम्पनीका सञ्चालक पुरुषोत्तम सुवेदीले पूर्ण रूपमा मर्मत गरेपछि मात्र भवन जिम्मा लगाउने अभिव्यक्ति दिएको समाचारमा उल्लेख छ । यो गम्भीर विषय हो । प्रयोगमा नआउँदै भवनमा मर्मत गर्नुपर्ने अवस्था आउनुले अनेक प्रश्नहरूलाई जन्म दिएको छ ।

यस विषयलाई सम्बन्धित पक्षले गम्भीरतापूर्वक लिनु आवश्यक छ । यो सहज विषय होइन । छानबिन समिति नै गठन गरेर यस विषयको छानबिन गरिनु आवश्यक छ । अन्यथा भवन निर्माणमा आर्थिक अनियमितता नभएको पुष्टि हुने छैन । यस्तै कारणले विकास निर्माणको हाम्रो हरेक काम कमसल हुने गरेको देखिएको छ । हरेक विषयलाई हल्का र सहज रूपमा लिने गरिएकै कारण भ्रष्टाचार र बेथितिले संस्थागत रूप लिँदै गएको हो । यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । यसका लागि छानबिन समिति गठन नै उपयुक्त विकल्प हो । समितिले अध्ययन गरेर भवनको गुणस्तरबारे निष्कर्ष सार्वजनिक गरिनुपर्छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved