कोरोना भाइरस : तेस्रो लहरको जोखिम

  • असार २५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बिस्तारै घट्न थालेको बताइँदैछ । सङ्क्रमण दर घट्न थालेपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा बिस्तारै खुकुलो बनाउन थालिएको छ । राजधानीमा सार्वजनिक सवारी साधनहरू सञ्चालन हुन थालेका छन् । केही जिल्लामा जोर–विजोर आधारमा यातायात सञ्चालन भइरहेका छन् । केही क्षेत्र अहिले पनि खुलेका छैनन् । विद्यालय–विश्वविद्यालयहरू अभैm पनि बन्द नै छन् ।

कोरोना भाइरसको प्रभावबाट कुनै क्षेत्र अछूतो छैन । शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । त्यसो त व्यापार–व्यवसायको क्षेत्र पनि कम पीडित छैन । निषेधाज्ञा खुकुलो भएर अलिअलि आर्थिक चहलपहल हुन थालेको छ । व्यापार–व्यवसायले बिस्तारै लय समात्न खोज्दैछ तर फेरि कोभिडको तेस्रो लहरको चर्चा चल्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबैले मिलेर सामना गर्नुपर्ने जनाएको छ । मन्त्रालयको यस्तो भनाइले सर्वसाधारणलाई फेरि झस्काएको छ । यसले निजी क्षेत्रलाई सबैभन्दा बढी तर्साएको छ । कोभिडले निजी क्षेत्रलाई निकै कमजोर बनाएको छ । कतिपय व्यवसायीहरू पलायन भएका छन् । यातायात व्यवसायीहरू पनि सङ्कटमा परेका छन् ।

दोस्रो लहरको प्रभाव पूर्ण रूपमा समाप्त नहुँदै तेस्रो लहरको चर्चा चल्न थालेको छ । तेस्रो लहरको सङ्क्रमणको जोखिम कम गर्न नागरिकका तर्पmबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबार पछिल्लो समय देखिएको कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यस्थलहरूमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन आग्रह गरेको समाचार आएको छ ।

यस्तो अवस्थामा सरकार, सरकारी निकाय र सर्वसाधारण नागरिकहरू पनि सतर्क हुनु आवश्यक छ । पछिल्लो समयमा भेटिएका कोरोना भाइरसका भेरियन्टहरू बढी सङ्क्रामक र खतरनाक देखिएका छन् । त्यसकारण यसलाई बेवास्ता गर्नु प्रत्युत्पादक हुन सक्छ । दोस्रो लहरमा थुप्रै युवाले ज्यान गुमाएका छन् । तेस्रो लहरको जोखिमबारे चर्चा चल्दै गर्दा सरकारले पूर्वतयारी गर्नु आवश्यक छ । स्वास्थ्य पूर्वाधारमा आवश्यक लगानी र जनचेतनामा अभिवृद्धिमा पनि विशेष ध्यान दिनु वाञ्छनीय हुनेछ ।

तेस्रो लहरमा भने बालबालिका बढी प्रभावित हुने विशेषज्ञहरूले बताएका छन् । त्यसैले बालबालिकाको सुरक्षामा बढी ध्यान दिनु आवश्यक देखिएको छ ।

आर्थिक क्रियाकलाप नगरे अर्थतन्त्रमा नकारात्मक प्रभाव परेर सर्वसाधारणको जीविकोपार्जनमा पनि समस्या हुने भएकाले आर्थिक गतिविधि गर्न पनि आवश्यक छ तर यस क्रममा स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्नु उचित हुँदैन । यसतर्पm हामी सबै सचेत हुनु अपेक्षित छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved