धरानमा डेरा गरी बस्ने युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध बरामद

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचोकमा डेरा गरी बस्दै आएका एक युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको छ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त प्रहरी टोलीले १९ वर्षीय सुदीप उर्फ मुन्सन राईको कोठामा खानतलासी गर्दा लागुऔषध लुकाइ राखिएको अवस्थामा फेला पारेको हो।

धरान–५ देउरालीचोक घर भई हाल कला खत्रीको घरमा डेरा गरी बस्ने राईको कोठाबाट झोलामा लुकाइ राखिएको अवस्थामा ट्रामाडोल ८ हजार ८७६ क्याप्सुल, मिफेनिक स्पास ७ हजार ८९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेष्ट २९५ ट्याब्लेट र कोलिवन ३१२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा सोमबार राति १० बजेपछि गरिएको कारबाहीमा उक्त लागुऔषधसहित राईलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved