५ वर्षदेखि फरार जबरजस्ती करणी अभियुक्त धरानबाट पक्राउ

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पाएका सुनसरीका एक फरार प्रतिवादी धरानबाट पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बाङ्गे, सुनसरीबाट खटिएको प्रहरी टोलीले अस्थायी प्रहरी चौकी रेल्वे, धरानसँग समन्वय गरी धरान उपमहानगरपालिका–१७ स्थित रेल्वे लाइन आसपास लुकिछिपी बसेका शुक्र बहादुर नेपाली (सार्की) लाई पक्राउ गरेको हो।

बराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय नेपालीलाई उच्च अदालत विराटनगर, मोरङले २०६७ साल वैशाख २० गते जबरजस्ती करणी सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो।

सो आदेशअनुसार सुनसरी जिल्ला अदालतको लगत नं. ३०७० मा उनको नाम उल्लेख भए पनि उनी लामो समयदेखि फरार थिए।

पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि जिल्ला अदालत, सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved