समाजमा अपराध बढेको सङ्केत (सम्पादकीय)

  • श्रावण १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

पछिल्लो समय देशका विभिन्न भागबाट हत्याका समाचारहरू निरन्तर आइरहेका छन् । हत्या गरेर फालिएका वा लुकाइएका अवस्थामा शवहरू फेला परेका छन् । हत्याका पछिल्ला घटनाहरूमा महिलाहरू पीडित बनेका छन् । हत्याको एउटा घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक हुने गरेको छ ।

टाढाको कुरा छाडिदिऊँ, प्रदेश १ मै मात्र इलाम, मोरङ र झापाबाट हत्याका समाचारहरू आएका छन् । प्रदेश उच्च अदालतअन्तर्गत इलाम इजलासको प्राङ्गणमा सोही अदालतकी कार्यालय सहयोगी महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका–५ मा पनि आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मोरङकै गछियामा पनि एक महिलाको शव भेटिएको छ । झापाको बिर्तामोड–५ की २५ वर्षीया सृजना बस्नेतको शव पनि शङ्कास्पद अवस्थामा फेला परेको समाचार आएको छ ।

पछिल्ला यी घटनाहरूले डरलाग्दो अवस्थाको सङ्केत गरेका छन् । त्यस्तो कुन तŒव छ, जसले मानिसलाई हत्याका लागि अभिप्रेरित गर्छ ? मानवीय सम्बन्धहरूमा कहिलेकाहीँ विभिन्न समस्या आउनु स्वाभाविक विषय हो । जीवनमा सहजता र असहजता दुवै आउँछन् । सङ्कटको सामना गरेर नै जीवन अगाडि बढ्छ तर पछिल्लो समय मानिसमा सङ्कटको सामना गर्ने साहस र असहज परिस्थितिलाई झेल्ने धैर्यको अभाव हुँदै गरेको देखिन्छ । सम्बन्धहरूमा आउने जटिलता पनि आत्महत्या वा हत्यामा पुगेर टुङ्गिने गरेका छन् ।

के यो सामान्य अवस्था हो ? पक्कै पनि होइन । यी घटनाहरूले समाज अपराधीकरणतर्पm अगि बढेको देखिन्छ । यो गम्भीर विषय हो । यसबारे सबै पक्षले चिन्तन गर्नु अपेक्षित छ । यो बेवास्ता गर्ने विषय होइन । यस्ता विषयमा बेलैमा ध्यान पु¥याउन नसक्दा परिस्थिति भयावह बन्न सक्छ ।

अपराध नियन्त्रण गर्न कानुनको कार्यान्वयन एउटा मुख्य पक्ष हो । अपराधीहरूले उन्मुक्ति पाउँदा पनि अपराधका घटनामा वुद्धि हुने गर्छ । दण्डहीनताको अवस्थाले अपराधीहरूको मनोबल बढ्छ र यसले समाजलाई अशान्त र अराजक बनाउँछ । त्यसैले दण्डहीनताको अन्त्य एउटा मुख्य पक्ष हो ।

मानसिक स्वास्थ्य पनि अर्को महŒवपूर्ण पक्ष हो । मानिसलाई अपराधका लागि प्रेरित गर्ने तŒव के हो ? हाम्रो समाजमा पछिल्लो समय आत्महत्या र हत्याका घटनाहरू बढेका हुन् कि होइनन् ? यस्ता घटनामा वृद्धि भएको हो भने के कारणले भएको हो । यस विषयमा गम्भीर अध्ययन हुनु आवश्यक छ । आत्महत्या र हत्याका आँकडाहरूको तुलनात्मक अध्ययन गर्दा घटनामा वृद्धि भएको हो कि होइन भन्ने सहजै थाहा पाउन सकिन्छ । यति घटना बढेको हो भने यसको कारण खोज्नु आवश्यक छ ।
कतिपय घटनाहरू अवैध सम्बन्धका कारण भएका छन् । कतिपय घटनामा आर्थिक कारण छन् । यस्ता विषयमा सबैले सचेत हुनु आवश्यक छ । अवैध सम्बन्ध र गलत मान्छेसँग आर्थिक गतिविधि गर्दा ज्यानसम्म गुमाउनु पर्ने अवस्था आउन सक्छ । यसतर्पm बेलैमा सजग हुनु अपेक्षित छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved