सम्पादकीय

    Showing 121-130 of 204 items.
  • राहतमा ढिलाइ नगर

    यसै कात्तिक महिनाको प्रारम्भमै बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न भागमा ठूलो क्ष्ति पुुगेको छ । त्यस क्रममा बाढी–पहिरो र डुबानबाट ठूलो परिमाणमा धनमालको नोक्सान भएको छ भने कयौँ नागरिकले ज्यान गुमाएका छन् । कयौँ नागरिक विस्थापित भएका छन् । पाक्न लागेको धानबाली बगाएर लैजाँदा किसानहरूले पनि ठूलो नोक्सानी व्यहोर्नु परेको छ । पीडितहरू असहज अवस्थामा छन् र उनीहरू राहत मागिरहेका छन् । घरबारविहीन नागरिकहरूको अवस्था अझ कष्टकर भएको छ । बाढी–पहिरो र डुबानको वितन्डापछि प्रधानमन्त्री र अन्य मन्त्रीहरूले पनि स्थलगत रूपमा क्ष्तिको अवलोकन पनि गरेका छन् तर राहतको पर्खाइमा र

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 469 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरलाई तत्काल कारवाही गर

    आफ्नै विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिने गरेका इटहरी उपमहानगरपालिकाका मेयर केही दिनयता पुनः विवादमा परेका छन् । पछिल्लो समय उनीमाथि महिला सेवाग्राहीलाई कार्यकक्षमै दुव्र्यवहार गरेको आरोप लागेको छ । इटहरी–४ का सीता शेर्पा राई र उर्मिला भट्टराई गत भदौ ३० गते सिफारिसमा तोक लगाउन मेयरको कार्यकक्षमा पुगेका थिए । उनीहरू कार्यकक्षमा प्रवेश गर्नासाथ मेयर द्वारिकलाल चौधरीले अश्लील गालीगलौज गर्दै ती महिलामाथि दुव्र्यवहार गरी दुवैलाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि उनी अहिले चर्चामा छन् । वर्तमान संविधानअनुसार मेयर स्थानीय सरकार प्रमुख हुन् । जननिर्वाचित सरका

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचारविरुद्ध कारवाही हुनु आवश्यक

    इटहरी उपमहानगरपालिकामा हुने आर्थिक अनियमितताबारे बेला–बेलामा समाचार आइरहन्छन् । खर्च व्यवस्थापनमा इटहरी उमनपाले मनपरी गर्ने गरेको समाचार फेरि सार्वजनिक भएको छ । उपमहानगरपालिकामा अघिल्लो आर्थिक वर्षमा मात्र ११ करोड रुपैयाँ बराबरको बेरुजु सञ्चार माध्यमबाट सार्वजनिक भएको छ । अगिल्लो वर्षको बेरुजु रकम ३७ करोड रुपैयाँ देखिएको थियो । यसपटक महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले बेरुजु रकम ४९ करोड रुपैयाँ देखाएको छ । जनप्रतिनिधिले बैठक नबसी बैठक भत्ता लिने गरेको, सोझै खरिद गरिएको, बिल भर्पाई र स्रेस्ता पेस नभएको, अग्रिम कर, बढी भुक्तानी, अधुरो निर्माण, नभएको कामको भुक्तानी, ठेक्का स्वीकृतिजस्ता क

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 473 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्यप्रति सचेत बनौँ

    पछिल्ला केही वर्षयता संसारभरि नै नयाँ–नयाँ महामारी फैलिने र मानव समुदायलाई आतङ्कित बनाउने गरेको सर्वविदितै छ । विश्व मानव समुदायलाई नै एकसाथ आतङ्कित तुल्याएको कोरोना भाइरस (कोभिड–१९) बाहेक पनि पछिल्लो समयमा अनेक नाम र रूपका महामारीहरूले मानव समुदाय आक्रान्त छ । कतै इबोला भाइरसको कहर त कतै इपा भाइरसको आक्रमण । यसैगरी कहिले डेङ्गू त कहिले बर्डफ्लूको कहरबाट मानव समुदाय आक्रान्त हुने गरेको छ । एकपछि अर्को अनेक थरी सङ्क्रमणबाट पीडित मानिसले यस्ता महामारीबाट मुक्ति पाउन सकेको छैन । यसै क्रममा मानिसलाई सताएको एउटा प्राणघातक सङ्क्रमण डेङ्गू पनि हो । लामखुट्टेको माध्यमबाट पैmलिने डेङ्गूका

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 574 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटी सफारीको व्यवस्थापनमा नीतिगत व्यवस्था आवश्यक

    पूर्वका अधिकांश शहरी क्षेत्रमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या आवश्यकताभन्दा बढी भएको देखिन्छ । शहरका मुख्य र सहायक सडकहरूमा आवश्यकताभन्दा बढी ई–रिक्सा सञ्चालन हुँदा सडक नै अस्तव्यस्त बन्ने गरेका छन् । यसबाट सडक अस्तव्यस्त हुने मात्र होइन, दुर्घटनको जोखिम पनि बढेको विज्ञहरू बताउँछन् तर यसको व्यवस्थापनमा न स्थानीय सरकारहरूले ध्यान दिएका छन्, न त यातायात व्यवस्था कार्यालयकै ध्यान यसतर्पm गएको देखिन्छ । ई–रिक्साको व्यवस्थापनमा ट्राफिक प्रहरी पनि असफल छ । ई–रिक्साहरू सडक नै ढाकेर जथाभावी उभ्याइने, यसका कतिपय चालकहरूले ट्राफिक नियमको पालना नगर्ने र सङ्ख्यात्मक रूपमा पनि बढ

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषिप्रति गम्भीर बनौँ

    नेपाललाई कृषिप्रधान देश भन्ने गरिए पनि अहिले देशको यो परिचय सङ्कटमा परेको छ । अहिले पनि यहाँका ६०–६५ प्रतिशत नागरिक कृषिमै आश्रित छन् तर कृषि प्रणाली व्यावसायिक हुन नसक्दा हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौँ । कृषिमा परनिर्भरता हाम्रा लागि लज्जा र विडम्बनाको विषय बनेको छ । नेपाल सरकारले प्रत्येक वर्ष रासायनिक मल आयातका लागि ठूलो मात्रामा बजेट छुट्याउने गर्दछ । आर्थिक वर्ष २०७६÷७७ मा नेपाल सरकारले मल खरीदका लागि ११ अर्ब रुपैयाँ छुट्याएको थियो तर रासायनिक मलको आयात भने त्यस आर्थिक वर्षसम्मको नै सबैभन्दा धेरै १९ अर्ब रुपैयाँ बराबरको भएको छ । यो रकम सरकारले छुट्याएको बजेटभन्दा निकै

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 912 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिऊँ

    दुई वर्षयता विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बहुआयामिक समस्या र जटिलताहरू देखिएका छन् । यसका कारण विशवको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । स्वास्थ्य, शिक्षा, कृषिसँगै आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । यसको सबैभन्दा बढी नकारात्मक निम्न, निम्न मध्यम र मध्यमवर्गीय परिवारहरूमा परेको छ । आर्थिक गतिविधि ठप्प हुँदा रोजगारीका अवसरहरू गुमेका कारण तल्लो तहका मानिसहरूलाई जीवन धान्न पनि अप्ठ्यारो भएको छ । रोजगार गुमेर आयस्रोत बन्द हुँदा त्यस्ता परिवारका बालबालिकाको शिक्षा र पोषणमा पनि सीधा असर परेको छ । यति मात्र होइन, यसबाट बालबालिकाको मानसिक स्वास्थ्यमै

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जग्गा संरक्षणमा सरकार गम्भीर बन्नु आवश्यक

    हाम्रो देशमा एउटा प्रश्नको उत्तर दिन कठिन छ । त्यो प्रश्न हो – शक्तिको स्रोत कहाँ छ ? सार्वभौम सत्ता सम्पन्न लोकतान्त्रिक मुलुकमा सैद्धान्तिक रूपमा नागरिकहरूलाई शक्तिको स्रोत मानिन्छ र हाम्रो संविधानले पनि यही सिद्धान्तलाई आत्मसात् गरेको छ । नागरिकहरूमा निहीत यही शक्ति निर्वाचनका माध्यमबाट जननिर्वाचित संस्थाहरूमा हस्तान्तरण हुन्छ, जसको प्रयोग जनप्रतिनिधिहरूले गर्छन् । जनप्रतिनिधिहरूले पनि कानुनका अधिनमा रहेर यस्तो शक्तिको प्रयोग गर्ने प्रचलन छ । जननिर्वाचित सरकारको शक्तिको स्रोत पनि नागरिकहरू नै हुन् । लोकतान्त्रिक मुलुकमा त्यही शक्तिको वैधताका आधारमा सरकारले शासन चलाउँछ । हाम्रो मुलुकम

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 529 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्माण कम्पनीलाई जिम्मेवार बनाऊ

    रानी–इटहरी–धरान–किमाथाङ्का छ लेन सडकको काम निकै सुस्त गतिमा भइरहेको देखिन्छ । निर्माण कार्यमा ढिलाइ हुँदा पैदल यात्रु, सवारी चालक र सडक छेउका स्थानीयले सास्ती भोग्नु परेको छ । इटहरीका व्यवसायीहरूले त निर्माण कार्य छिटो गर्न माग गर्दै कयौँपटक आन्दोलन पनि गरे तर निर्माण कार्यले अभैm पनि अपेक्षित गति लिन सकेको छैन । ठेकेदार कम्पनीहरूको ढिलासुस्तीका कारण यस्तो अवस्था आएको स्पष्ट छ । काममा ढिलाइ वा लापर्वाही गर्ने ठेकेदार कम्पनीहरूमाथि कुनै कारवाही नहुँदा उनीहरूले बेवास्त ागर्ने गरेको देखिन्छ । जे गरे पनि कुनै निकायले प्रश्न नगर्ने भएपछि उनीहरूले जिम्मेवारी लिनु नपर्ने भएकाले यस्त

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोक्ता–हितमा सरकार जिम्मेवार हुनु आवश्यक

    हरेक स्थानीय तहमा अनुगमन समिति गठन गरिएको छ । जिल्ला स्तरमा पनि अनुगमन समितिको स्तर छ । सङ्घीय र प्रदेश सरकारमा पनि अनुगमनको अधिकार छ । यति हुँदा हुँदै पनि बजारमा न मूल्यमा एकरूपता हुन्छ, न त गुणस्तरकै प्रत्याभूति हुन्छ । व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेकै हुन्छन् भने म्याद गुज्रिएका खाद्यान्नको बिक्री पनि यथावत् नै हुन्छ । उपभोक्ताहरू ठगिने क्रम नरोकिने हो भने यी विभिन्न स्तरका अनुगमन समितिहरूको औचित्य के ? यो प्रश्न स्वाभाविक रूपमा खडा हुन्छ । यस्ता समितिहरूले विशेष गरी चाडपर्व नजिकिँदै गर्दा मात्र बजार अनुगमनलाई तीव्र पार्ने गरेका छन् । मानौँ–अरू बेला बजार अनु

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 903 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved