बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिऊँ

  • भदौ २०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

दुई वर्षयता विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बहुआयामिक समस्या र जटिलताहरू देखिएका छन् । यसका कारण विशवको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । स्वास्थ्य, शिक्षा, कृषिसँगै आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । यसको सबैभन्दा बढी नकारात्मक निम्न, निम्न मध्यम र मध्यमवर्गीय परिवारहरूमा परेको छ । आर्थिक गतिविधि ठप्प हुँदा रोजगारीका अवसरहरू गुमेका कारण तल्लो तहका मानिसहरूलाई जीवन धान्न पनि अप्ठ्यारो भएको छ ।

रोजगार गुमेर आयस्रोत बन्द हुँदा त्यस्ता परिवारका बालबालिकाको शिक्षा र पोषणमा पनि सीधा असर परेको छ । यति मात्र होइन, यसबाट बालबालिकाको मानसिक स्वास्थ्यमै पनि गम्भीर असर पर्न थालेका समाचारहरू आउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालयहरू बन्द हुँदा बालबालिका विद्यालय जानबाट वञ्चित छन् । टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेत पाएका छैनन् । सङ्क्रमणको डरले उनीहरूलाई घरबाहिर जान रोक लगाइएको छ । लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेका समाचार सञ्चारमाध्यमहरूमा आउन थालेका छन् ।

१२–१३ वर्षका बालबालिकाले आत्महत्याको प्रयास गर्न थालेका छन् । बालबालिकाहरूले असामान्य व्यवहार गर्न थालेका छन् । उनीहरूले बढी समय इन्स्टाग्राम, टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा बिताउने गर्नाले उनीहरूमा मनोसमस्या देखिन थालेको विज्ञहरूले बताउने गरेका छन् । यो वर्ष नेपालमा दैनिक १४ देखि २२ जनाले आत्महत्या प्रयास गरेको सरकारी आँकडा छ । यो आँकडाले भयावह र डरलाग्दो चित्र प्रस्तुत गरेको छ ।

यसतर्फ अभिभावक, स्वास्थ्यकर्मी, सरकार र समाजका सबै पक्षको ध्यान जानु आवश्यक छ । आजका बालबालिकाले नै भोलि देशको हरेक क्षेत्रमा नेतृत्व गर्नेछन् । भोलि देश हाँक्ने उनीहरू नै हुन् तर आज उनीहरूको शिक्षा र स्वास्थ्य दुवै सङ्कटमा परेको छ । उनीहरू विद्यालय जानबाट वञ्चित हुँदा यसको सीधा असर शिक्षामा परेको छ भने घरभित्रै थुनिएर उनीहरू सामाजिक सञ्जालको कुलतमा फँस्दा र महामारीको आतङ्कपूर्ण परिस्थितिले गर्दा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

यस्तो परिस्थितिमा बालबालिका र तिनका अभिभावक दुवैलाई मनोपरामर्शको आवश्यकता पर्न सक्छ । यसतर्फ विशेष गरी अभिभावकहरू सचेत र सतर्क हुनु आवश्यक छ । बालबालिकाहरूको दैनिकीलाई सहज बनाउँदै उनीहरूलाई सामाजिक सञ्जालको कुलतमा पर्न नदिनेतर्फ अभिभावकहरूले विशेष चनाखो हुनुपर्ने अवस्था आएको छ । सुरक्षित रूपमा उनीहरूलाई घरबाहिर जान दिने र टोलछिमेकका साथीहरूसँग खेल्न र भेट्न दिने वातावरण बनाइदिने दायित्व पनि अभिावकहरूकै हो ।

कोभिड–१९ र निषेधाज्ञाका कारण घरबाहिर निस्कन नपाउनु, घरबाहिरको खेलकुदमा सहभागी हुन नपाउनु र प्रत्यक्ष अन्तरसंवादबाट वञ्चित हुनु जस्ता कारणले उनीहरूमा विभिन्न खालका मनोसमस्या बढेका हुन् । उनीहरूमा डर लाग्ने, डिपे्रसन हुने, पढ्न मन नगर्ने, ग्याजेट बढी चलाउने, निद्रा नलाग्ने र अन्य खालका मनोसमस्या बढिरहेको मनोचिकित्सकहरूले बताउने गरेका छन् । युवा उमेर समूहमा यस्ता मानसिक समस्या देखिएका छन् । बालबालिका र युवालाई यो समस्याबाट जोगाउन सबैको सामूहिक प्रयास आवश्यक छ । बालबालिकाका सन्दर्भमा विशेष गरी अभिभावकहरूले मनोचिकित्सकसँग मनोपरामर्श गर्न र चिकित्सकको सल्लाहअनुसार बालबालिकाको दैनिकीमा ध्यान दिन आवश्यक छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved