स्वास्थ्यप्रति सचेत बनौँ

  • असोज ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

पछिल्ला केही वर्षयता संसारभरि नै नयाँ–नयाँ महामारी फैलिने र मानव समुदायलाई आतङ्कित बनाउने गरेको सर्वविदितै छ । विश्व मानव समुदायलाई नै एकसाथ आतङ्कित तुल्याएको कोरोना भाइरस (कोभिड–१९) बाहेक पनि पछिल्लो समयमा अनेक नाम र रूपका महामारीहरूले मानव समुदाय आक्रान्त छ । कतै इबोला भाइरसको कहर त कतै इपा भाइरसको आक्रमण । यसैगरी कहिले डेङ्गू त कहिले बर्डफ्लूको कहरबाट मानव समुदाय आक्रान्त हुने गरेको छ । एकपछि अर्को अनेक थरी सङ्क्रमणबाट पीडित मानिसले यस्ता महामारीबाट मुक्ति पाउन सकेको छैन ।

यसै क्रममा मानिसलाई सताएको एउटा प्राणघातक सङ्क्रमण डेङ्गू पनि हो । लामखुट्टेको माध्यमबाट पैmलिने डेङ्गूका बिरामी प्रायःजसो तराई क्षेत्रमा भेटिने गरेका छन् तर पछिल्लो समय पहाडी जिल्लामा समेत डेङ्गूका बिरामी भेटिन थालेको समाचार प्रकाशमा आएको छ । पछिल्लो समय खोटाङमा समेत डेङ्गूका बिरामी भेटिएको समाचार चिन्ताको विषय हो । खोटाङमा यस वर्ष अघिल्लो वर्षभन्दा बढी बिरामी भेटिएको जिल्ला अस्पतालले बताएको छ ।

यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने भए पनि जलवायु परिवर्तनका कारण अहिले पहाडी क्षेत्रमा समेत यस्ता लामखुट्टे पुगिसकेका छन् । डेङ्गू प्राणघातक सङ्क्रमण हो । यसको सङ्क्रमणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेशी तथा जोर्नीहरू दुख्ने र छालामा एक प्रकारको रातो दाग देखिने आदि लक्षण देखिने चिकित्सकहरूले बताउने गरेका छन् ।

हाम्रै असावधानी र लापर्वाहीका कारण यसको सङ्क्रमण फैलिने गरेको छ । हामीले थोरै मात्र सावधानी अपनायौँ र सरसफाइमा ध्यान दियौँ भने धेरै हदसम्म यसको सङ्क्रमणबाट जोगिन सक्छौँ । यो सङ्क्रमण लामखुट्टेको टोकाइबाट सर्ने भएकोले यसबाट जोगिन सर्वप्रथम त लामखुट्टेका वासस्थानहरू नष्ट गर्नुपर्ने र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन् । लामखुट्टेका वासस्थान नष्ट गर्ने कार्यमा स्थानीय सरकार र सर्वसाधारण नागरिकहरूको पनि ध्यान जानु आवश्यक छ ।

मानिसको बसोवास भएको क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने काममा स्थानीय तह र सर्वसाधारणको सहकार्य हुनु आवश्यक छ । घरवरिपरि र घरभित्रै पनि लामो समयसम्म पानी जम्न नदिने र सरसफाइ गर्ने तथा शरीरका सबै भाग छोप्ने कपडा लगाउने गरेर डेङ्गूबाट जोगिन सकिने चिकित्सकहरू बताउँछन् ।

अब हरेक नागरिकले आप्mनो स्वास्थ्यप्रति विशेष सतर्क हुनु अपेक्षित छ । नियमित जाँच, स्वास्थ्य मापदण्डको पालना, सरसफाइप्रति सचेतना तथा खानपान र जीवनशैली पनि स्वस्थ हुनुपर्छ । यस विषयमा स्वास्थ्य मन्त्रालयले पनि जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम तयार पार्नु आवश्यक ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved