स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशका केही स्थानमा हिंसात्मक झडप नभएका होइनन्, तर अगिल्ला निर्वाचनहरूका तुलनामा यसपटक हिंसात्मक घटना कम भएको पर्यवेक्षकहरूको निष्कर्ष छ । निर्वाचन सम्पन्न भइसकेका स्थानीय तहहरूमा धमाधम मतगणना भइरहेका छन् भने कतिपय स्थानमा मतदान नै स्थगित भएका छन् । त्यस्ता मतदान केन्द्रहरूमा पनि निर्धारित समयमा मतदान सम्पन्न भएपछि बाँकी रहेका स्थानीय तहहरूमा पनि मतगणना हुने नै छ । आवधिक निर्वाचन नै लोकतन्त्रको आधारभूत शर्त हो । निर्धारित समयमा हुने आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ र संस्थागत बनाउने त छँदैछ, यसले लोकतन्त्रको सर्वस्वीकार्यत
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सकारात्मकभन्दा नकारात्मक कारणले बारम्बार चर्चामा आउने गरेको छ । पदाधिकारीहरूकै गैरजिम्मेवार क्रियाकलाप, भ्रष्टाचार, अनियमितता र खस्कँदो गुणस्तरका कारण प्रतिष्ठान चर्चामा आउने गरेको छ । प्रतिष्ठानमा विकसित हुँदै गरेको यस्तै दूषित वातावरणका कारण यहाँ दक्ष, इमानदार र कर्तव्यनिष्ठ चिकित्सकहरू बस्न नसक्ने अवस्था सिर्जना भएको छ । कमिसनको जालो फिँजाएर बिरामी र तिनका आफन्तको आर्थिक शोषण गर्ने चिकित्सक र कर्मचारीहरूका लागि भने प्रतिष्ठान अहिले स्वर्ग बन्न पुगेको छ । प्रतिष्ठानको यस्तै वातावरणका कारण दक्ष र इमानदार चिकित्सकहरू प्रतिष्ठानमा बस्न नसकेर अन्
मोरङबाट एउटा नकारात्मक समाचार आएको छ । खोला कटान नियन्त्रण गर्न सरकारले लगाएको तारजाली काटेर स्थानीयले नै कबाडीलाई बिक्री गर्न थालेको समाचारले हाम्रो प्रवृत्तिलाई उजागर गरेको छ । कानेपोखरी, बेलबारी, लेटाङ, दर्बेसा, रङ्गेलीलगायतका क्षेत्रमा बग्ने खोलामा लगाइएका तारजाली स्थानीयले काट्न थालेको समाचार त्यहाँबाट आएको छ । यो त उदाहरणमात्र हो । खोलामा आउने बाढीबाट मानव बस्तीलाई जोगाउन सरकारले तारजाली लगाएको हो । यसरी तारजाली लगाउन सरकारको करोडौँ रुपैयाँ खर्च गरेको हुन्छ । तटबन्धले मानव बस्तीमात्र होइन, खेतीयोग्य जमीनको पनि सुरक्षा गर्छ । त्यसै कारण सरकारले यस्ता तटबन्ध निर्माणमा करोडौँ रुपैयाँ खर्च ग
हाम्रो देश कृषिप्रधान भएको यथार्थ सबैलाई थाहा हुँदा हुँदै पनि कृषिमैत्री नीति तथा कार्यक्रम नहुँदा कृषि क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । कतिपय नीति तथा कार्यक्रम कृषिमैत्री नै भए पनि प्रभावकारी कार्यान्वयनको अभावमा अपेक्षित परिणाम हात पर्न सकेको छैन । कार्यान्वयन पक्ष फितलो हुँदा राज्यको लगानी खेर गइरहेको छ । कृषकको आय आर्जनका साथै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले सुरु गरिएका कतिपय कार्यक्रमबाट न किसानले आय आर्जन गर्न सकेका छन्, न त मुलुकको आर्थिक विकासमै टेवा पुग्न सकेको छ । यसरी हाम्रा नीति तथा कार्यक्रमहरू किन नतिजामुखी हुन नसकेका हुन् र यो निकै गम्भीर प्र
बालमैत्री नगर घोषणा भइसकेको सुनसरीको रामधुनी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले समिति बनाएको समाचार बाहिर आएपछि नगर बाल सञ्जालले यसको विरोध गरेको विषय सार्वजनिक भएको छ । दलका भ्रातृ सङ्गठनहरूले विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई राजनीति गर्न सिकाएको भन्दै सञ्जालले त्यसप्रति विरोध जनाएको हो । हुन पनि बालबालिकाहरूलाई राजनीतिका नाममा सानैदेखि विभाजित गर्नु राम्रो होइन । बालबालिकालाई राजनीतिक चेतना दिनु नराम्रो होइन । देशको समग्र नीति वा राजनीतिक व्यवस्था र राजनीतिका विभिन्न पक्षबारे उनीहरूलाई आधारभूत जानकारी दिँदा त्यसले उनीहरूको
पहाडी क्षेत्रमा ठूलो मात्रामा कृषियोग्य जमीन बाँझो रहेको देखिएको छ । त्यसो त यो समस्या पहाडी क्षेत्रमा मात्र होइन, मेचीदेखि महाकालीसम्मै छ । त्यै पनि तराईमा भने ठूलो मात्रामा जमीन बाँझो राख्ने समस्या छैन । पहाडका अधिकांश जिल्लामा भने जग्गा बाँझो राख्ने निकै ठूलो समस्या छ । यो सुखद् अवस्था होइन । हरेक पहाडी जिल्लामा २० देखि ४० प्रतिशतसम्म कृषियोग्य निजी जमीन बाँझो छाडिएको बताइन्छ । देशभरिमा कति जमीन बाँझो भनेर व्यवस्थित अध्ययन नभएको हुँदा यसबारे आधिकारिक तथ्याङ्क त छैन तर पहाडी क्षेत्रमा २५ देखि ४० प्रतिशतसम्म कृषियोग्य जमीन बाँझो रहेको जानकारहरूले बताउने गरेका छन् । कतिपय सरकारी जमीन पनि बाँभै
अगिल्लो वर्षभन्दा यस वर्ष मूल्यवृद्धि अधिक भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको बताइएको छ । नेपाल राष्ट्र बैङ्कले कात्तिकमा मूल्यवृद्धि दर ५.३२ प्रतिशत रहेको जनाएको छ । अगिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो । अहिले सबैभन्दा बढी घ्यू तथा तेलमा मूल्यवृद्धि भएको छ । घ्यू तथा तेलमा ३० प्रतिशत मूल्यवृद्धि भएको छ । यो सानो विषय होइन । त्यसो त अन्य उपभोग्य वस्तुमा पनि मूल्यवृद्धि आकासिएको छ । यसले सर्वसाधारणको ढाड सेकिएक
मोरङ जिल्ला कारागार अहिले मृत्युकुन्डमा परिवर्तन भएको समाचार प्रकाशमा आएको छ । यो गम्भीर विषय हो । मोरङ कारागारमा पछिल्लो १६ महिनामा १८ जना कैदी–बन्दीको मृत्यु भएको प्रसङ्गले थुप्रै प्रश्नहरूलाई एकसाथ जन्म दिएको छ । अहिले कारागारलाई सुधारगृह बनाइनुपर्ने अवधारणा प्रचलित छ, तर मोरङ कारागारमा भने शङ्कास्पद रूपमा कैदी–बन्दीहरूको मृत्यु हुने गरेको घटना बाहिर आएको छ । यसले मारङ कारागारमाथि प्रश्न खडा गरेको छ । यति ठुलो सङ्ख्यामा कैदी–बन्दीको मृत्यु हुने गरेका भए पनि कुनै घटनामा पोस्टमार्टम भएको छैन । यसले विषयलाई अझ रहस्यमय बनाएको छ । त्यसै पनि क्षमताभन्दा अत्यधिक कैदी–बन्दी
धरान उपमहानगरपालिका र यस वरपरका विभिन्न महŒवपूर्ण स्थलहरूको चर्चा पर्यटकीय स्थलका रूपमा गर्ने गरिन्छ । वास्तवमा धरान र यस वरपरका केही स्थान प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्तवपूर्ण छन् । धार्मिक दृष्टिकोणले धरान–१४ मा पर्ने विजयपुर क्षेत्रलाई पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीहरूका लागि पिण्डेश्वर र दन्तकाली मन्दिर पवित्र मानिन्छन् । यी दुवै स्थानको आप्mनै महिमा छ । दन्तकालीलाई महŒवपूर्ण शक्तिपीठका रूपमा मान्ने गरिन्छ । यस्तै पिण्डेश्वरबारे पनि पुराणहरूमा महŒवका साथ वर्णन गरिएको जानकारहरू बताउँछन् । त्यसो त विजयपुर क्षेत्रमै बुढासुब्बा र पञ्चकन्या जस्ता प्रसिद्ध मन्
पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको समाचार आएको छ । यो चिन्ताको विषय हो । निर्यातभन्दा आयात बढी हुँदा व्यापार घाटा बढ्दै जान्छ र यसले राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्छ । यो क्रमलाई रोकेर कम्तीमा सन्तुलनको अवस्थामा नपु¥याइए देशको आर्थिक अवस्था कमजोर हुने निश्चित छ । यस्तो अवस्था विकास र समृद्धिको बाधक हो । त्यसैले यो सबैका लागि दुःखको विषय हुनुपर्छ । अझ हाम्रो जस्तो कृषिप्रधान देशमा कृषिजन्य वस्तुको निर्यातभन्दा बढी आयात हुनु विडम्बनाकै विषय हो । कृषिप्रधान देश भएर पनि कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु हामी सबैका लागि लज्जाको विषय हुनु