निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग आवश्यक

  • जेठ २, २०७९
  • राजेश विद्रोही
alt

स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशका केही स्थानमा हिंसात्मक झडप नभएका होइनन्, तर अगिल्ला निर्वाचनहरूका तुलनामा यसपटक हिंसात्मक घटना कम भएको पर्यवेक्षकहरूको निष्कर्ष छ । निर्वाचन सम्पन्न भइसकेका स्थानीय तहहरूमा धमाधम मतगणना भइरहेका छन् भने कतिपय स्थानमा मतदान नै स्थगित भएका छन् । त्यस्ता मतदान केन्द्रहरूमा पनि निर्धारित समयमा मतदान सम्पन्न भएपछि बाँकी रहेका स्थानीय तहहरूमा पनि मतगणना हुने नै छ ।

आवधिक निर्वाचन नै लोकतन्त्रको आधारभूत शर्त हो । निर्धारित समयमा हुने आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ र संस्थागत बनाउने त छँदैछ, यसले लोकतन्त्रको सर्वस्वीकार्यतालाई पनि बढाउँदै लैजाने विश्वास गर्न सकिन्छ । यसपटक निर्वाचन बहिष्कार गर्ने समूहहरू नहुनु पनि सकारात्मक पक्ष हो । यस्ता विविध पक्षहरूका कारण यसपटक स्थानीय तहको निर्वाचन सफल भएको छ । मतदानको प्रतिशत घट्नु भने चिन्ताको विषय हो । यसको कारणको खोजी हुनु आवश्यक छ । मतदानप्रति नै जनविश्वास घट्दै गएको हो भने यो व्यवस्था, निर्वाचन प्रणाली र दलहरूकै लागि पनि जोखिमपूर्ण भविष्यको सङ्केत हो । यसतर्पm बेलैमा सबैको ध्यान जानु आवश्यक छ ।

अर्को महत्त्वपुर्ण विषय मतगणनामा लागिरहेको समय हो । यही गतिमा मतगणना हुने हो भने अन्तिम परिणाम आउन १५–२० दिनले पनि नपुग्ने देखिन्छ । विज्ञान र प्रविधिले हरेक कामलाई सहज, सरल र छिटो बनाइदिएको आजको समयमा कछुवा गतिको मतगणना प्रक्रिया निश्चय नै राष्ट्रिय लज्जाको विषय हुनुपर्छ । अब देशले प्रविधिको प्रयोगमा अग्रसरता देखाउनैपर्छ । आजको प्रविधिमय समयमा पनि हामी भने परम्परागत तरिकामै अलमलिनु आश्चर्यपूर्ण विषय भएको छ ।

अब हामीले मतदानमा विद्युतीय उपकरणको प्रयोग गर्न ढिलाइ गर्नु हुन्न । केही वर्षअगि आम निर्वाचनको क्रममा काठमाडौँ क्षेत्र नम्बर १ मा विद्युतीय उपकरणको सफल प्रयोग पनि गरिएको हो । त्यस बेला सो क्षेत्रमा देशमै सबैभन्दा पहिले मत परिणामको घोषणा गरिएको थियो । त्यसबाट पाठ सिकेर पनि हामीले मतदानमा विद्युतीय उपकरणको प्रयोग गर्न ढिलाइ गर्नु हुन्न । यहाँ मतदानमा विद्युतीय उपकरणको प्रयोगमा चासो नदेखाउनु अस्वाभाविक छ । निश्चय नै विद्युतीय उपकरणको प्रयोग हुँदा धाँधलीको सम्भावना समाप्त हुन्छ । धाँधली गर्न नपाइने भएकै कारण दलहरूले प्रविधिको प्रयोगमा चासो नदेखाएका हुन् कि ? होइन भने विद्युतीय उपकरणको प्रयोगलाई अस्वीकार गर्नुपर्ने कुनै कारण छैन । आधुनिक वैज्ञानिक आविष्कारहरूको प्रयोगले मानवीय जीवन र कामलाई पनि सहज र छिटो बनाउने भएकाले यसतर्पm चासो देखाउनुपर्छ । यसर्थ, आगामी सङ्घीय र प्रादेशिक निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गरिनुपर्छ । निर्वाचन आयोगले यसका लागि पहल गर्नुपर्छ । विद्युतीय उपकरणको प्रयोग हुँदा समयमात्र होइन, श्रम र पैसाको पनि बचत हुने निश्चित छ । यसले निर्वाचनलाई थप निष्पक्ष र स्वतन्त्र बनाउनेछ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved