युवालाई कृषिमा सदुपयोग गरौँ

  • मंसिर १८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको समाचार आएको छ । यो चिन्ताको विषय हो । निर्यातभन्दा आयात बढी हुँदा व्यापार घाटा बढ्दै जान्छ र यसले राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्छ । यो क्रमलाई रोकेर कम्तीमा सन्तुलनको अवस्थामा नपु¥याइए देशको आर्थिक अवस्था कमजोर हुने निश्चित छ । यस्तो अवस्था विकास र समृद्धिको बाधक हो ।
त्यसैले यो सबैका लागि दुःखको विषय हुनुपर्छ ।

अझ हाम्रो जस्तो कृषिप्रधान देशमा कृषिजन्य वस्तुको निर्यातभन्दा बढी आयात हुनु विडम्बनाकै विषय हो । कृषिप्रधान देश भएर पनि कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु हामी सबैका लागि लज्जाको विषय हुनुपर्छ । यस्तो अवस्थाले विकासका दृष्टिबाट हामीलाई कहिल्यै पनि उँभो लैजाँदैन । चालू आर्थिक वर्ष २०७८÷७९ को अगिल्लो तीन महिनामा पूर्वी नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्री आयात भएको काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयको अभिलेखमा उल्लेख छ । विगतमा भने यो नाकाबाट कृषिजन्य वस्तुको आयातभन्दा निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालयको अभिलेखबाट देखिन्छ ।

यसबाट के देखिन्छ भने कृषिजन्य वस्तुको उत्पादनमा हामी झन्–झन् कमजोर बन्दै जाँदैछौँ । निश्चय नै, यो चिन्ताको विषय हो । यसप्रति हामी सबैको चासो र सरोकार हुनु आवश्यक छ । तीनै तहका सरकार र राज्यका सरोकारवाला निकाय र विभागहरूले यस विषयमा बढी गम्भीर हुनु आवश्यक छ । राजनीतिक दल र तिनका नेताहरूले पनि यस विषयमा संवेदनशील हुनुपर्छ । नारा र भाषणबाट मात्र विकास र समृद्धि नआउने यथार्थ दल र नेताहरूले नबुझेका होइनन् तर उनीहरूले यसको दीर्घकालीन समाधान खोज्नुको साटो ऊर्जावान् युवा जनशक्तिलाई जुलुस र भेलामा अल्मल्याइरहेका छन् ।

दलहरूले अनुत्पादक र परिणामहीन काममा लगाएर युवाको मात्र होइन, देशकै भविष्य बिगारिरहेका छन् । शक्ति प्रदर्शन गरेर आप्mनो स्वार्थ पूरा गर्न दल र नेताहरूले युवा–विद्यार्थीहरूलाई सडकमा उफारिरहेका छन् । यसरी जुलुस र भेलामा युवाको भीड जुटाउनुभन्दा उनीहरूलाई उत्पादनशील क्षेत्रमा सदुपयोग गर्ने योजना र कार्यक्रम बनाउनु आजको आवश्यकता हो । देशमा ठुलो परिमाणमा उर्वर जमीन बाँभैm छ । युवा जनशक्तिलाई कृषि क्षेत्रमा सदुपयोग गर्न सकिए देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सक्छौँ । यसबाट स्वदेशी मुद्रा विदेशिनबाट रोक्न सकिन्छ भने युवाले पनि रोजगार पाउनेछ । देशवासीलाई सुखी र सम्पन्न बनाउने मार्ग यही हो । विकसित र समुन्नत भविष्यको हाम्रो सपना पूरा बाटो पनि यही हो । यसतर्पm दल र सरकारको ध्यान जानुपर्छ ।

निर्माण मजदुरको उपचा ...

धरान/ काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएक ...

धरानका मेयरद्धारा स ...

धरान/ उमेरले पाको,दारी,जुंगा,कपाल सेतै फुलेका जीत ...

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved