पुराना सम्पदाहरूको प्रचार–प्रसारमा ध्यान देऊ

  • मंसिर २६, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान उपमहानगरपालिका र यस वरपरका विभिन्न महŒवपूर्ण स्थलहरूको चर्चा पर्यटकीय स्थलका रूपमा गर्ने गरिन्छ । वास्तवमा धरान र यस वरपरका केही स्थान प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्तवपूर्ण छन् । धार्मिक दृष्टिकोणले धरान–१४ मा पर्ने विजयपुर क्षेत्रलाई पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीहरूका लागि पिण्डेश्वर र दन्तकाली मन्दिर पवित्र मानिन्छन् । यी दुवै स्थानको आप्mनै महिमा छ । दन्तकालीलाई महŒवपूर्ण शक्तिपीठका रूपमा मान्ने गरिन्छ । यस्तै पिण्डेश्वरबारे पनि पुराणहरूमा महŒवका साथ वर्णन गरिएको जानकारहरू बताउँछन् । त्यसो त विजयपुर क्षेत्रमै बुढासुब्बा र पञ्चकन्या जस्ता प्रसिद्ध मन्दिरहरू छन् । यी मन्दिरहरूका पनि बेग्लै महिमा स्थापित छ ।

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको विजयपुर क्षेत्रमा केही पुराना मन्दिरहरू प्रचार–प्रसारको अभावमा अझै पनि ओझेलमै रहेको विषय फेरि एकपटक चर्चामा आएको छ । यस विषयलाई हामीले नै महŒवका समाचार बनाएका छौँ । विजयपुर क्षेत्रमा रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरको चर्चा देश–विदेशमा भए पनि पुराना तर महŒवपूर्ण मन्दिरहरू भने अझै पनि ओझेलमै छन् । धरान–१४ को दुईधारेअगाडि रहेको नरसिंह र शनि मन्दिर एक सय ६ वर्षअघिको हो, तर यी दुवै मन्दिरको प्रचार–प्रसार हुन सकेको छैन ।

धरानकै तीनकुनेमा रहेको शनि मन्दिर अहिले चर्चामा छ । शनिबार यहाँ थामिनसक्नुको भीड लाग्छ । अरू बेला पनि यहाँ श्रद्धालु भक्तजनहरूको आवागमन बाक्लै हुन्छ । धरान–१४ को शनि मन्दिर तीनकुनको मन्दिरभन्दा पुरानो भए पनि प्रचार–प्रसारको अभावमा यहाँ भक्तजनहरू पुग्दैनन् ।

दुईधारेका मन्दिरहरू मात्र होइन, यस्ता ओझेलमा परेका सम्पदाहरू थुप्रै हुन्छन् । यहाँ मात्र होइन, देशभरि नै यस्ता सम्पदाहरू छन् । ओझोलमा परेका यस्ता सम्पदाहरूको खोजी गर्नु र यिनको महत्तवलाई प्रचार–प्रसार गर्नु स्थानीय सरकारको दायित्व हो । यिनको धार्मिक–पौराणिक महत्तवलाई उजागर गरेर आम नागरिकहरूमा यसबारे प्रचार–प्रसार गर्न स्थानीय सरकारले अल्पकालीन र दीर्घकालीन योजना नै बनाउनुपर्छ । योजना निर्माणका लागि विज्ञहरू समावेश गरेर एउटा कार्यदल वा समिति नै गठन गर्नु अझ प्रभावकारी हुन सक्छ । त्यसो गरेमा विज्ञहरूले अध्ययन–अन्वेषण गरेर त्यस्ता स्थानको प्रामाणिक इतिहास र महत्तवलाई बाहिर ल्याउनेछन् । यसले ओझेलमा परेका स्थानहरूको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । यसतर्फ स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।

धरानको विजयपुर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरुयोजना बनाएको धरान उपमहानगरपालिकाले पनि ओझेलमा परेका पुराना मन्दिरको प्रचार–प्रसारमा ध्यान केन्द्रित गर्नुपर्छ । नरसिंह र शनि मन्दिरका पुजारी तिरुबाबा महन्तले यी दुवै मन्दिर वि.सं. १९७२ मा स्थापना भएको बताएका छन् । स्थानीय सरकारले मन्दिरको संरक्षणसँगै प्रचार–प्रसारलाई पनि महरूव दिनुपर्छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved