धरानमै रहेको एक सय ६ बर्ष अघिको मन्दिर ओझेलमा

  • मंसिर २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर : फणिन्द्र तिम्सिना

धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको धरान १४ विजयपुरका केही पुराना मन्दिरहरु अझै प्रचारप्रसारको अभावमा ओझेलमा छन् ।
विजयपुरमा रहेका मठ मन्दिर मध्ये बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरको चर्चा देश तथा विदेशमा भए पनि पुराना तर महत्वपूर्ण मन्दिरहरु भने अझै ओझेलमै रहेका हुन् ।

विजयपुरमा रहेका दर्जनौ पुराना मन्दिरहरुको प्रचार प्रसार हुन नसक्दा ओझेलमा छन् । धरान १४ दुईधारे अगाडि रहेको नरसिंह र शनि मन्दिर एक सय ६ वर्ष अघिको हो । तर त्यसको प्रचारप्रसार अझै हुन सकेको छैन ।

स्थानीय गोविन्द मैनालीले तीनकुनेमा रहेको शनि मन्दिर भन्दा धरान १४ मा रहेको शनि मन्दिर पुरानो भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताए । उनले भने, ‘यो मन्दिर धरान ८ को शनि मन्दिर भन्दा पनि पुरानो हो, तर प्रचार प्रसारमा यो मन्दिरमा भक्तजन नै आउदैनन् ।’ प्रत्येक शनिवार धरान ८ मा रहेको शनिमन्दिरमा सर्वसाधारणको भीड लागे पनि विजयपुरमा रहेको मन्दिरमा भने एक जना पनि भक्तजन पूजा गर्न नआउने गरेको उनले बताए ।

धरान १४ का पंकज घिमिरेले ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको नरसिंह मन्दिर र शनि मन्दिरको स्थानीय सरकारले नै प्रचार प्रसारमा कन्ज्युस्याई गरेको गुनासो गरे । उनले भने, ‘धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरु योजना लिएको धरान उपमहानगरपालिकाले यस्ता ओझेलमा परेका पुराना मन्दिरको प्रचार प्रसारमा भने कन्ज्युस्याई गरेको छ ।’

नरसिंह र शनि मन्दिरका पूजारी तिरुबाबा महन्तले दुई मन्दिर १ सय ६ बर्ष पुरानो भएको दाबी गरे । उनले यी दुवै मन्दिर वि.सं. १९७२ मा स्थापना भएको बताए । उनले भने, ‘यो मन्दिर स्थापना हुँदा धरान ८ मा रहेको शनि मन्दिरको नाम निशाना नै थिएन, यति पुरानो मन्दिरको प्रचारमा कसैको ध्यान पुग्न सकेको छैन ।’

उनले पुराना मन्दिरको संरक्षणसँगै प्रचारप्रसारलाई स्थानीय सरकारले महत्व दिनुपर्ने बताए । उनले भने, ‘यी दुई मन्दिरमात्र हैन, यस्ता धेरै मन्दिर विजयपुरमा छन्, तर सम्बन्धित पक्षको ध्यान अहिलेसम्म पुग्न सकेको छैन ।’

यता वडा नम्बर १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीय सरकारले चासो दिए पनि व्यवस्थापन समितिले चासो नदिदा मन्दिरको प्रचारप्रसार हुन नसकेको बताउँछन् । उनले नरिसिंह मन्दिर र शनि मन्दिर पुरानो मन्दिर भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्वीकारे । उनले भने, ‘मन्दिरका विषयमा विवाद धेरै छ, मन्दिरले चर्चेको जग्गा उपमहानगरपालिकामा ल्याउन व्यवस्थापन समितिसँग छलफल भइरहेको छ, टोमप्रसाद आचार्यको अध्यक्षतामा मन्दिर व्यवस्थापन समिति रहेको छ, मन्दिरले चर्चेको जग्गाको संरक्षण वडासमितिले गर्ने विषयमा छलफल भइरहेको छ, त्यसपछि हामी यो मन्दिरको प्रचारप्रसारमा ध्यान दिन्छौं ।’

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved