वीपी प्रतिष्ठान : दोषीलाई कारवाही आवश्यक

  • माघ १०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सकारात्मकभन्दा नकारात्मक कारणले बारम्बार चर्चामा आउने गरेको छ । पदाधिकारीहरूकै गैरजिम्मेवार क्रियाकलाप, भ्रष्टाचार, अनियमितता र खस्कँदो गुणस्तरका कारण प्रतिष्ठान चर्चामा आउने गरेको छ । प्रतिष्ठानमा विकसित हुँदै गरेको यस्तै दूषित वातावरणका कारण यहाँ दक्ष, इमानदार र कर्तव्यनिष्ठ चिकित्सकहरू बस्न नसक्ने अवस्था सिर्जना भएको छ । कमिसनको जालो फिँजाएर बिरामी र तिनका आफन्तको आर्थिक शोषण गर्ने चिकित्सक र कर्मचारीहरूका लागि भने प्रतिष्ठान अहिले स्वर्ग बन्न पुगेको छ ।

प्रतिष्ठानको यस्तै वातावरणका कारण दक्ष र इमानदार चिकित्सकहरू प्रतिष्ठानमा बस्न नसकेर अन्यत्र जाने गरेका छन् । यसको प्रतिफल यहाँको स्वास्थ्य सेवाको गुणस्तर दिन प्रतिदिन खस्कँदै गएको छ । प्रतिष्ठान प्रशासनलाई भने यस विषयमा कुनै चिन्ता वा चासो भएको देखिँदैन । प्रतिष्ठानका पदाधिकारीहरूका लागि आप्mनो पदको सुरक्षा नै मुख्य चासो भएको देखिन्छ । यहाँ अधिकांश जिम्मेवार चिकित्सक र कर्मचारीहरू कमाउने धन्दामै सक्रिय भएका छन् । प्रतिष्ठानको साख जोगाउने वा यसले प्रवाह गर्ने सेवाको गुणस्तरमा सुधार ल्याउने प्रयास कतैबाट भएको पाइँदैन ।

विपन्न बिरामीहरूलाई निःशुल्क रूपमा प्रदान गर्न प्रतिष्ठानले दाता राष्ट्रबाट प्राप्त गरेको स्वास्थ्य सामग्री प्रयोग गरेर रकम असुल्ने चिकित्सकहरूका कारण प्रतिष्ठानको साख झन् धूमिल बन्दै गएको छ, तर त्यस्ता चिकित्सक र कर्मचारीमाथि उचित कारवाही गर्न प्रतिष्ठान असफल बनेको छ । पछिल्लो समय प्रतिष्ठानको हाडजोर्नी विभागमा चिकित्सक डा. रोशनप्रसाद साह कलवारले यस्तै निःशुल्क सामग्री बिरामीका आफन्तलाई बिक्री गरेको विषय सार्वजनिक भएको थियो । तिनै साहले अहिले अनेक चलखेल गरिरहेको समाचार प्रकाशमा आएको छ । यस्तै गलत प्रवृत्तिका केही व्यक्तिहरूका कारण प्रतिष्ठानले प्रदान गर्ने सेवाको गुणस्तर खस्कँदै गएको छ । यस्तो अवस्थाप्रति धरानको नागरिक समाज र राजनीतिक नेतृत्वले आपत्ति जनाएका छन् ।

प्रतिष्ठानको अवस्थाप्रति नागरिक समाज र राजनीतिक नेतृत्वले चासो देखाउनु आवश्यक छ तर यस्तो चासो र खबरदारी निरन्तर हुनु आवश्यक छ । खहरे खोलाजस्तो मौसमी चासोले प्रतिष्ठानमा सुधार हुने सङ्केत देखिँदैन । राजनीतिक नेतृत्वले यस विषयमा गम्भीर र संवेदनशील हुनु आवश्यक छ । राजनीतिक नेतृत्वले वक्तव्यबाजीमात्र गरेर आप्mनो दायित्व पूरा भएको ठान्नु भूल हुनेछ । प्रतिष्ठानका सेवा र प्रशासनमा सुधारका लागि राजनीतिक नेतृत्वले केन्द्रसम्म निरन्तर दवाब दिनु आवश्यक छ । प्रतिष्ठानभित्र चिकित्सक र कर्मचारीहरूभित्र पनि विभिन्न गुटको सिर्जना भएको छ । यस्ता गुटहरू नै कतिपय अवस्थामा प्रतिष्ठानको अवनतिका कारण बन्ने गरेका छन् ।

गलत मानसिकता बोकेका व्यक्तिहरूलाई दण्डित गरिनुपर्छ । उच्च राजनीतिक संरक्षणकै कारण यहाँ गलत व्यक्तिहरू हावी भएका छन् । यस्तो अवस्थाको अन्त्यका लागि राजनीतिक नेतृत्व एकजुट हुनु आवश्यक छ । प्रतिष्ठानभित्र हुने गरेका अनियमितताको अन्त्य गरी दोषीमाथि अविलम्ब कारवाही हुनु आवश्यक छ । त्यसो भएमा मात्र प्रतिष्ठानमा सकारात्मक परिवर्तन प्रारम्भ हुने विश्वास गर्न सकिन्छ ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved