बालबालिकालाई राजनीतिबाट टाढा राखौँ

  • पुस ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बालमैत्री नगर घोषणा भइसकेको सुनसरीको रामधुनी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले समिति बनाएको समाचार बाहिर आएपछि नगर बाल सञ्जालले यसको विरोध गरेको विषय सार्वजनिक भएको छ । दलका भ्रातृ सङ्गठनहरूले विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई राजनीति गर्न सिकाएको भन्दै सञ्जालले त्यसप्रति विरोध जनाएको हो ।

हुन पनि बालबालिकाहरूलाई राजनीतिका नाममा सानैदेखि विभाजित गर्नु राम्रो होइन । बालबालिकालाई राजनीतिक चेतना दिनु नराम्रो होइन । देशको समग्र नीति वा राजनीतिक व्यवस्था र राजनीतिका विभिन्न पक्षबारे उनीहरूलाई आधारभूत जानकारी दिँदा त्यसले उनीहरूको चेतनामा सकारात्मक प्रभाव नै पार्ला, तर दलका सिद्धान्त र आदर्शबारे बुभ्mनै नपाएका बालबालिकालाई कुनै निश्चित दलमा आबद्ध गराउनुलाई कुनै पनि दृष्टिकोणबाट उचित मान्न सकिँदैन ।

बालबालिकाको उमेर पढ्ने उमेर हो । ज्ञान र सिप आर्जन गरेर भविष्यमा देश र देशवासीका लागि उपयोगी जनशक्ति बन्ने समयका बालबालिकालाई राजनीतिको दलदलमा घिसार्नु उनीहरूको भविष्य बिगार्नु जस्तै हो । अझ हाम्रो देशको राजनीतिमा नैतिकता, इमान र विश्वसनीयताको खडेरी लागेको छ । यस्तो राजनीतिले बालबालिकाको समुचित मानसिक विकासमा सकारात्मक योगदान नपु¥याउने निश्चित छ । आपूmसम्बद्ध दलबाहेक सबै बेठीक भन्ने चिन्तन बोकेका हाम्रा नेताहरूले कार्यकर्ता पनि त्यस्तै उत्पादन गरेका छन् । नेता–कार्यकर्ताहरू एक–अर्काप्रति सहिष्णु छैनन् । सभ्य भाषामा आलोचना गर्ने संस्कार छैन ।

सिद्धान्तहीन राजनीतिले विकास गर्ने संस्कृति यस्तै हो र नेपाली राजनीति यस्तै संस्कृतिको सिकार भएको छ । त्यसैले बालबालिकाहरूलाई यस्तो सिद्धान्तहीन र आदर्शहीन राजनीतिको दलदलबाट जोगाउनु आवश्यक छ । पढ्ने उमेरका बालबालिकालाई सङ्गठन विस्तारका नाममा उनीहरूको अधिकारविपरीत राजनीतिक दलसम्बद्ध सङ्गठनमा आबद्ध बनाउनु उचित हुँदैन । यस्तो कार्य सबै दलले बन्द गर्नुपर्छ । विद्यालय र १८ वर्षमुनिका विद्यार्थीलाई राजनीतिक गतिविधिबाट टाढै राख्नुपर्छ । हाम्रो देशमा अनावश्यक राजनीतिक हस्तक्षेपकै कारण शैक्षिक तथा अन्य क्षेत्रहरू तहसनहस भएका छन् । शिक्षालयहरूलाई राजनिितको केन्द्र बन्नबाट जोगाउनुपर्छ । विद्यालय क्षेत्रमा जुनसुकै दलले राजनीतिक गतिविधि गरे पनि त्यसको विरोध गर्नु आवश्यक छ । १८ वर्षको उमेर भएपछि उनीहरू आपैmँले दल रोज्नेछन् । त्यो उनीहरूको अधिकारको विषय हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved