नागरिकप्रति उत्तरदायी बन

  • पुष १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

अगिल्लो वर्षभन्दा यस वर्ष मूल्यवृद्धि अधिक भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको बताइएको छ । नेपाल राष्ट्र बैङ्कले कात्तिकमा मूल्यवृद्धि दर ५.३२ प्रतिशत रहेको जनाएको छ । अगिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो ।

अहिले सबैभन्दा बढी घ्यू तथा तेलमा मूल्यवृद्धि भएको छ । घ्यू तथा तेलमा ३० प्रतिशत मूल्यवृद्धि भएको छ । यो सानो विषय होइन । त्यसो त अन्य उपभोग्य वस्तुमा पनि मूल्यवृद्धि आकासिएको छ । यसले सर्वसाधारणको ढाड सेकिएको छ । सरकार सत्ता जोगाउनमै व्यवस्त रहेको बेला सर्वसाधारण देशवासी भने महङ्गीको मारमा पिल्सिएका छन् । यसतर्पm सरकार संवेदनशील हुन सकेको छैन । मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले कुनै प्रयास गरेको छैन ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सर्वसाधारणहरू त्यसै पनि आर्थिक रूपमा सङ्कटमा परेका छन् । उनीहरूले लामो समय रोजगारविहीन हुनुपर्ने अवस्था आयो । सानोतिनो व्यवसाय गर्नेहरूले पनि लामो समय व्यवसाय सञ्चालन गर्न पाएनन् । हरेक उपभोक्ता कुनै न कुनै रूपमा आर्थिक मारमा परेका बेला महङ्गी अचाक्ली बढेको छ । यसको सबैभन्दा बढी मार तल्लो तहका नागरिकहरूमा परेको निश्चित छ ।

काठमाडौं उपत्यकामा भन्दा पहाडमा अधिक मूल्यवृद्धि भएको छ । गत कात्तिकमा काठमाडौंमा ६.१४ प्रतिशत मूल्यवृद्धि हुँदा पहाडमा भने ७.१४ प्रतिशत मूल्यवृद्धि भएको छ । यी दुवै क्षेत्रमा गत वर्षको यसै महिनाको तुनलामा अहिले दोब्बर मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिलाई रोक्न बजारमा सरकारको हस्त्क्षेप आवश्यक छ । सरकार जनउत्तरदायी बन्न नसक्दा सर्वसाधारण नागरिकहरू सङ्कटको सामना गर्न बाध्य भएका छन् । सरकार आफ्ना नागरिकहरूप्रति उत्तरदायी बन्नु आवश्यक छ । नागरिकप्रति अनुत्तरदायी सरकारको कुनै अर्थ छैन । आफूलाई अर्थहीन हुनबाट जोगाउन पनि सरकारले नागरिकहरूप्रति उत्तरदायी हुनैपर्छ । यसतर्पm सरकारको ध्यान पुगोस् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved