Top 4

    Showing 5,971-5,980 of 9,516 items.
  • बराह पीडित संघर्ष समितिका संयोजक पक्राउ

    धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईमाथि अपशब्द बोल्दै तोडफोडमा उत्रिएको आरोपमा बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते बराह पीडित संघर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा मेयरको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेको भन्दै मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक नेपाली र प्रवक्ता प्रदीप बास्तोला विरुद्ध सार्वजनिक मुद्धामा किटानी जाहेरी दिएका थिए । उजुरी दिएको भोलिपल्ट साउन १८ गते धरान–१६ बाट प्रवक्ता बास्तोलालाई पक्राउ गरे पनि नेपालीलाई प्रहरीले पक्राउ गरेको थिएन । उनलाइ आइतबार बिहान पौने ११ बजे धरानको भान

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुनियर मिस एण्ड मिस धरानको ट्यालेन्ट राउण्ड सम्पन्न

    धरान । ड्रिम मोड्लिङ्ग एजेन्सीको आयोजनामा हुन गइरहेको जुनियर मिस्टर एण्ड मिस धरान, सिजन टुको मिस्टर एण्ड मिस ट्यालेन्ट उपाधिको लागि ट्यालेन्ट राउण्ड संपन्न भएको छ । धरान १६ सियोन स्कुलको सभा हलमा शनिवार सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगितामा सहभागी ४५ जना वालवालिकाले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ट्यालेन्ट राउण्डमा सहभागीहरुले गायन मार्फत, नृत्य प्रस्तुति, कविता वाचन, अभिनय, पेन्टिङ्ग र स्पिच मार्फत आफनो प्रतिभा देखाएका हुन । उनीहरुमध्ये उत्कृष्टलाई मिस्टर एण्ड मिस ट्यालेन्टको उपाधि विजेता घोषित गरिने छ । ट्यालेन्ट राउण्डमा गायक दिल्ली फोम्वो, मोडल मेरिना तुम्सा, धरान मेघा कलेजका होटल म्

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 550 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेरो भ्वाइसकप र डान्स अमेरिकाका प्रतिपर्धीलाई सम्मान

    धरान । दमक वेलडाँगी शनिबार भुटानी शरणार्थी बालमञ्चको २५ औ बार्षिक उत्सव पारेर भ्वाइस कपका उत्कृष्ट भएका ५ जना प्रतिस्पर्धीहरुलाई सम्मान गरिएको छ । सम्मानसँगै उनीहरुलार्ई भुटानी शिविर भ्रमण गराएका थिए उनिहरुकै जन्म थलो दमकको वेलडागीमा १२ बर्षपछि भ्वाइस कपले उनीहरु जन्मेको ठाउँमा ल्याएर सम्मान गरेको हो । वेलडागी ५ को भुटानी शरणार्थी क्याम्पमा उत्सवको अवसर पारेर प्रतियोगितामा भाग लिएका करण तामाङ, शितल शर्मा, प्रविन वर्देवा, बाबा खालिङ्ग र लिला गजमेर सम्मान गरेका होे । यसैगरु मेरो डान्स कप अमेरिका उत्कृष्ट ३ प्रतिस्पर्धी सुनिता गुरुङ ,आईसा सवाल र रेणु राई पनि समान गरिएको थियो । उक्त कार्यक्रममा

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 574 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • धरानको विजयपुरमा आइतबारदेखि आरती: पर्यटन प्रवद्र्धनका लागि महाआरती सहयोगी बन्ने

    धरान । बोलबम मेला लागेसँगै धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजनहरु आउने क्रम बढेको छ । भक्तजनहरुको चाहनालाई मध्यनगर गरी भारतका विभिन्न शिवालयहरुमा हुने गंगा आरती ५ बर्ष अगाडिदेखि पिण्डेश्वर मन्दिरमा शुरु गरिएको हो । धरानस्थित पिण्डेश्व बाबाधाम समितिले प्रत्येक बर्ष साउनमा आयोजन गर्ने गरेको छ । विगतमा हुने भारतमा हुने आरती नेपालमै हुन थालेपछि भक्तजनहरु अपेक्षाकृत रुपमा बढेको समितिले बताएको छ ।   गेरुबस्त्र धारी भक्तजनहरुले सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट जल बोकी १७ किमीको दूरी पार गरी मन्दिरमा जल चढाउनेको गरे पनि विगतमा महायज्ञका लागि भने भारतका विभिन्न शिवालयमा नपुगी धरै थिएन

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश एकमा प्रत्येक दिन चारजनाले गर्छन् आत्महत्या’: झापामा सबैभन्दा बढी

    धरान । मानसिक तनाव, पारिवारिक समस्या, व्यवसायिक समस्या, घरेलु हिंसा लगायतका कारण पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाको छ । प्रदेश १ मा मा हेर्ने हाृे भने हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । १ नं. प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको हो । तथ्यांक अनुसार आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् । एक नम्बर प्रदेश प्रहरीका अनुसार, प्रदेश १ मा आव ०७६÷०७७ देखि ०७८÷०७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ६३ रहेको छ । यो तथ्य

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 903 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फरक क्षमता भएकालाई राहत वितरण

    धरान । धरान उपमहानगरपालिका वडा नं. १४ ले फरक क्षमता भएकाहरुलाई बार्षिक बजेट अन्तर्गत छुट्याइएको बजेटबाट सहयोग गरेको छ । वडाले फरक क्षमता भएका सात जनालाई शनिवार आधारभूत स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरी सहयोग दिएको हो । वडाले उनीहरुलाई अतिआवश्यक पर्ने चामल, दाल, खानेतेल, साबुन र तुथपेष्ट लगायतका सामाग्री प्रदान गरेको हो । वडाले प्रत्येक महिना उनीहरुलाई जीवनयापनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गर्ने गरेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । वडाले सहयोग गरेकोमा उनीहरुले वडा कार्यालयलाई धन्यवाद दिए । उनीहरुले वडाको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा बच्चाहरुका लागि चाह

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाकफोकथुममा प्रधानमन्त्री रोजगारबाट दुईसय ४० जनाले पाए रोजगारी

    धरान । इलामको फाकफोकथुम गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्ययक्रम अन्र्तगत दुईसय ४० जनाले रोजगारी पाएका छन् । गाउँपालिकाको तथ्याङक अनुसार सुचिकृत बेरोजगारको संख्या चारसय ४७ रहेकोमा दुईसय ४० जनाले रोजगारी पाएका हुन । सुचिकृत भएका तीनसय २१ पुरुष र एकसय २६ महिला रहेकामा दुईसय ४१ लाई रोजगारी पाएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक दिपक राईले बताए । नेपाल सरकारको अनुदान अन्र्तगत एकसय ६३ जना र विश्व बैकको अनुदान अन्र्तगत ७८ जनाले रोजगारी पाएका हुन । जसमा नेपाल सरकार अन्र्तगत १३ हजार पाँचसय ४७ दिन र विश्वबैक अन्र्तगत छ हजार छ सय ६० दिन रोजगारी पाएका थिए । पालिकामा सञ्चालन भएका २७ वटा योज

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 737 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रचार हुन नसक्दा पर्यटकीय क्षेत्र ओझेलमा

    धरान । माइृजोगमाई गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार हुन नसक्दा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा रहेका छन । गाउँपालिकाभित्र विभिन्न पर्यटकीय क्षेत्र भएपनि प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको हो । गाउँपालिकामा पोखरी, मठ मन्दिर, झरना र एसियामै पहिलो पटक बनेको गुम्बादेखि लिएर सूर्योदय र सूर्यअस्त देखिने थुम्के जस्ता ठाउँ भए पनि प्रचार हुन नसक्दा पर्यटकलाई आकर्षित गर्न नसकेको हो । प्रकृतिक रुपमा धनी भएर पनि गाउँपालिकामा भएका क्षेत्रलाई विकास गरेर लाभ लिन नसकिएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहे यहाका पर्यटन प्रव

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 760 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • युएनमा प्रवेश परीक्षा सम्पन्न: साउन २९ गतेबाट कक्षा सञ्चालन हुने

    धरान । कक्षा ११ भर्नाका लागि युएन नवोदय कलेजले प्रवेश परीक्षा लिएको छ । धरान–१६ मा रहेको कलेजले एसइइ.उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नया भर्नाका लागि शनिबार प्रवेश परीक्षा लिएको हो । कक्षा सञ्चालन भने साउन २९ गतेबाट हुने कलेजले जनाएको छ । विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युएन नवोदयमा प्रवेश परीक्षा दिनका लागि एसइइमा राम्रो अंक ल्याएर पास गर्ने अब्बल विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सििल डम्बरकुमार तुम्पाफोले बताए । उनले भने–‘प्रवेस परीक्षामा एसइइ. स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आईडलका बिजेता, एसइइ.स्पिकरका बिजेता, जिल्ला टपर,

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा गरियो जटिल प्रकारको शल्यक्रिया :५५ बर्षीय पुरुषको ९ किलोको ट्युमर सफलतापूर्वक निकालियाे

    धरान । कतिपय शल्यक्रिया जटिल हुन्छन् । चिकित्सकका लागि पनि यस्ता शल्यक्रिया गर्दा चुनौति हुन्छ । यसप्रकारको शल्यक्रिया जोखिम मोलेर गर्नुगर्ने हुन्छ, शल्यक्रिया गर्दा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक विरामीको चिकित्सकले जटिल प्रकारको शल्यक्रिया गरेर विमारीलाई ज्यान जोगाइदिएका छन् । उनी थिए सप्तरीका ५५ बर्षीय एक पुरुष । उनको पछिल्लो भागमा रहेको ९ किलोको ट्युमर चिकित्सकहरुले सफल शल्यक्रिया गरेर निकालि दिएका छन् । असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका उनको साउन ९ गते सफल शल्यक्रिया भएको हो । चिकित्सका अनुसार उनकोे पेटको पछि

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved