विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स
देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा
देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्
विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था
अङ्ग्रेजी क्यालेन्डरअनुसार आज नयाँ वर्ष अर्थात् सन् २०२३ को पहिलो दिन । अनेकोँ तीता–मीठा अनुभव दिएर सन् २०२२ हामीबाट विदा भइसकेको छ । बितेको वर्षमा कुन–कुन क्षेत्रमा के–के उपलब्धि भए वा कस्ता चुनौती देखिए भन्ने विषयमा संसारभरि नै चर्चा–परिचर्चा भइरहेका छन् । नेपालमा पनि गएको वर्ष कुन–कुन क्षेत्रमा कस्ता–कस्ता घटना भए भन्ने विषयमा चर्चा र विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिता क्षेत्रबारे पनि यस्ता विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिताका लागि यो वर्ष निकै चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासङ्घले जनाएको छ । यस अर्थमा प्रेस तथा अभिव्यक्ति स्व
सुदन दाइ अभिवादन।।भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उ
चलचित्र निर्माताहरु आफ्ना चलचित्रको निर्मम समीक्षा सुन्न चाहँदैनन् । किनभने चलचित्र चल्दैन । घाटा हुन्छ । एकाङ्की र नाटक निर्माताहरुको मनोदशा पनि यो भन्दा भिन्न नहुनसक्ला । तर सर्जकहरु समालोचनात्मक चेतलाई सम्मान गर्छन् । र सच्चिन्छन् पनि । म समाचार लेख्ने मान्छे हुँ । हामी समाचारलाई अन्तिमसम्म सम्पादन गर्छौं । समाचारको मर्म सम्पादनसँग हुन्छ । अहिले सिर्जनाहरु पनि सम्पादन हुन्छन् । आख्यानमात्र होइन । कविता पनि सम्पादन हुन्छन् । र तिनका सम्पादक हुन्छन् । नाटक मञ्चनीय विधा हुनाले यसलाई मिहिन ढङगले प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । काठमाडौंमा ४२ अङ्क सफल मञ्चन भइसकेपछि नाटक ‘खुवालुङ&rsqu
धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) चामत्कारिक रूपमा उदाएका नेता हुन् । धेरैका अविश्वास र आशङ्कालाई असफल बनाउँदै गत वैशाख ३० को स्थानीय तहको निर्वाचनबाट उनी अकस्मात् मेयरमा निर्वाचित भए । उनी मेयरमा निर्वाचित होलान् भन्ने धेरैलाई लागेको थिएन तर तिनका अनुमानलाई गलत साबित गर्दै उनी मेयरमा निर्वाचित भए । उनको अनपेक्षित विजयले राजनीतिक वृत्तमा एक प्रकारको तरङ्ग नै ल्यायो । त्यो तरङ्गले ल्याएको कम्पन अहिले पनि साम्य भइसकेको छैन ।अनपेक्षित रूपमा धरानका मेयरमा निर्वाचित बनेका भए पनि उनी यो स्थानमा त्यत्तिकै आएका भने होइनन् । मेयरमा निर्वाचित हुनुअघि उनले सामाजिक अभियन्ताका रूपमा करीब एक द
देशै भरिमा धेरै चर्चा छ त धरानकै छ । स्वतन्त्र मेयर भएकाले पनि चर्चा छ, उनले गरेको कामहरुको पनि चर्चा बढेको बढ्यै छ । अझ नेकपा एमाले लाई पनि उनी सँगै जोडेर थप चर्चा चुलिएको छ । त्यो सँगै नेकपा एमालेको पनि चर्चा भने कम छैन् । एकातिर स्वतन्त्र मेयरलाई नसघाएको भन्दै चर्चा छ, अर्को तिर कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको शैलिको पनि चर्चा छ । चर्चाले दुवै पक्षलाई केही न केही सहयोग पु¥याएकै छ । स्वतन्त्रबाट निर्वाचित भएका मेयर हर्कराज राईलाई देश तथा विदेशमा पनि चर्चित बनाएको छ । नेकपा एमालेलाई धरानमा मेयरको प्रमुख प्रतिपक्षी भनेको एमाले मात्रै रहेछ,
धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं १९ निवासी पदम इस्वो (लिम्वू)लाई उपमेयरको उम्मेद्धवार वनाएको छ । पद र शक्ति भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका इस्वोलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह–संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फ