समाज

    Showing 911-920 of 6,695 items.
  • दुधपानी खोलाले मोटरसाइकल बगायो, श्रीमान बेपत्ता, श्रीमती घाइते

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएकी छन्। शनिबार  दिउँसो काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्। बेपत्ता हुनेमा सर्लाही, हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेको प्रहरीले जनाएको छ। उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी समेत मोटरसाइकलमा सवार रहेकी थिइन्। खोलाले बगाउँदा पञ्चकोटी बेपत्ता भ

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फाल्गुनन्द विमानस्थल: तीन महिनादेखि उडान बन्द

    इलाम/  जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रूपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रूपमा जहाज उडानको आस गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विर

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज खग्रास चन्द्रग्रहण: कुन राशिलाई कस्तो प्रभाव ?हेर्नुहोस्

    सुनसरी/ आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श, ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन र १:४१ बजे मोक्ष हुनेछ। यो ग्रहणको खग्रास अवस्था १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ ज्योतिषीय प्रभावज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक–फरक असर गर्ने बताइएको छ। मेष : लाभ वृ

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 369 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नवोदय विद्यामन्दिरको ऐतिहासिक कार्यक्रम: नयाँ शैक्षिक यात्राको भव्य स्वागत

    धरान/ नेपालको शिक्षा प्रणालीमा भइरहेको आमूल परिवर्तनलाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले शनिबार एक ऐतिहासिक स्वागत, सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल डम्बर तुम्बापोले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूको लागि यो दिनलाई "ऐतिहासिक मोड" भएको घोषणा गर्नुभयो। उहाँले नयाँ शैक्षिक संरचना—आधारभूत (कक्षा १–८) र माध्यमिक (कक्षा ९–१२)—प्रणालीलाई आत्मसात गर्न नवोदय विद्यामन्दिर धरानकै मात्र नभई सम्भवतः नेपालकै अग्रणी संस्था बनेको दाबी गर्नुभयो। यस अवसरमा बेली तह (कक्षा ८) उत्तीर्ण विद्यार्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 1,388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मिसेस पुर्बेली आइकन’दोस्रो संस्करणको ताज ?

    इटहरी।इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा भिडियो सुटमा ११ जना प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो । सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको हो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए । ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । फाइनल चरणमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इ

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान कार्यपालिका बैठकः बजेटमा १०% कटौती, पालिका गानमा विवाद

    धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेटमा १० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले पेश गरेको प्रस्तावमा एमालेकी सावित्री परियारले पुँजीगततर्फ १०% घटाउने संशोधन राखेकी थिइन्। सो प्रस्तावलाई कार्यपालिकाले सर्वसम्मत अनुमोदन गरेको हो। अब २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेटमा कटौती गरी नयाँ सिलिङ कायम हुने भएको छ। प्रवक्ता मनोज भट्टराईका अनुसार कटौतीपश्चात् रातो किताबमा सूचीकृत सबै योजना कार्यान्वयन हुनेछन्। यसैबीच, ‘मेयर भिजन’ र ‘उपमेयर भिजन’ नामक योजनाको नाम परिवर्तन गरी ‘नगर भिजन

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रिपरको ठक्कर : ११ वर्षीया बालिकाको मृत्यु, आमा सहित तीन घाइते

    धरान/ मदन भण्डारी राजमार्गअन्तर्गत धरान–६ पानवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने आमा सहित तीन जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रिपर (को १ ख ८७४५) ले सोही दिशातर्फ गइरहेको स्कुटर (को ३९ प २७४) लाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । स्कुटरमा सवार ११ वर्षीया सुवास्ना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुवास्नाकी आमा विना बुढाथोकी, ६ वर्षीया बहिनी नुना र छिमेकीकी छोरी सुस्मिता घाइते भएका छन् । उनीहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  आकस्मिक कक्षमा उपचार

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 1,073 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा याक्थुङ युवा मञ्चद्वारा दुई दिने भव्य फुटसल प्रतियोगिता

    धरान/याक्थुङ युवा मञ्च सुनसरीको आयोजनामा भदौ २६ र २७ गते धरान सिटी फुटसल (पुरानो बुढासुब्बा फुटसल)मा दुई दिने भव्य फुटसल प्रतियोगिता हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मञ्चका अध्यक्ष विष्णु तिगेलाले प्रतियोगितामा आयोजकका दुई टोलीसहित कुल ३० वटा टोली सहभागी हुने बताए। उनका अनुसार धरान, इटहरी, खोर्साने र धनकुटाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउने छन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन्। साथै, हाई स्कोर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारमा भाइरल सङ्क्रमण : बीपीले आरआरटी परिचालन

    धरान/  सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ। सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा भाइरल सङ्क्रमणको आशङ्का गरिएको छ। भदौ १८ गते साँझ ७ बजे कारागारमा देखिएको समस्याबारे जानकारी पाएलगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा ९ सदस्यीय आरआरटी खटाइएको सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। टोलीमा मेडिसिन, इमर्जेन्स

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने भनिए पनि अझै सञ्चालनमै

    काठमाडौँ/  सरकारले बिहीबार रातिदेखि नेपालमा दर्ता नभएका फेसबुक, एक्स (ट्विटर), युट्युबसहित २५ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि शुक्रबार सम्म ती सञ्जाल सामान्य अवरोध बाहेक चलिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नै सबै सेवा प्रदायकलाई पत्र पठाई तत्कालै ती सञ्जाल रोक्न निर्देशन दिएको थियो। त्यसअनुसार नेपाल टेलिकमले समेत सूचना जारी गरेर दर्ता नभएसम्म प्रयोग गर्न नपाइने बताएको थियो। तर, फेसबुक, एक्सलगायतका प्लेटफर्म अझै सञ्चालनमै रहेपछि प्रश्न उठेका छन्। सञ्चार मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले यसलाई प्राविधिक कारण भएको बताए। उनका अनुसार शुक्रबार कार्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved