डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले मङ्सिर २६ मा

  • मंसिर २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलद्वारा आयोजना गरिएको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ।

बुधबार विद्यालय परिसरमै आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो।

 विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ।

‘Melody & Motion’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्रो अडिसन सम्पन्न गरिएको प्रिन्सिपल तेजमान लिम्बूले जानकारी दिए।

 गायन (Melody) विधामा सिनियर ७ र जुनियर ७, जबकि नृत्य (Motion) विधामा सिनियर ११ र जुनियर ८ जना प्रतिभाहरू फाइनलका लागि छनोट भएका छन्।

मूल्यांकन प्रक्रिया निर्णायकको अंक ६० प्रतिशत तथा भोटिङ ४० प्रतिशत रहनेछ। दोस्रो अडिसनबाट छनोट भएका सहभागीहरूले मङ्सिर १९ गते प्रस्तुति दिएका थिए, जसलाई मङ्सिर २० गते विद्यालयको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको छ।

प्रेस विज्ञप्ति अनुसार १ लाइक = १ पोइन्ट र १ शेयर = १ पोइन्ट मानिनेछ। भोटिङ मङ्सिर २५ गते बिहिबार दिउँसो १ बजे बन्द गरिनेछ।

मूल्यांकनका लागि विद्यालय बाहिरका सम्बन्धित क्षेत्रमा सक्रिय विज्ञ निर्णायक राखिने भएको छ।

सिनियर समूहमा कक्षा ६–१० र जुनियर समूहमा कक्षा १–५ का विद्यार्थी सहभागी छन्।

पुरस्कारतर्फ दुबै समूहका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरूलाई क्रमशः नगद २५ सय, १५ सय र १ हजार, साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved