धरानमा पहिलोपटक बृहत् खेलकुद महोत्सव : ‘खेलकुदको शहर’ घोषणा गर्दै भव्य उद्घाटन

  • मंसिर २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/खेलकुदको राजधानी का रूपमा परिचित धरानमा पहिलोपटक आयोजना गरिएको बृहत् धरान खेलकुद महोत्सव–२०८२ बिहीबार एक भव्य समारोहबीच सुरु भएको छ।

फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा महोत्सवको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ।

साथै प्रमुख अतिथि शाक्यलाई २५ हजार नगद सहित सम्मानपत्र प्रदान गर्दै मञ्च अध्यक्ष किशोर राईले अभिनन्दन गरे।

मंसिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशाला–तल्लो मैदानमा सञ्चालन हुने १५ दिने यो महोत्सवलाई धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक पहिचान दिलाउने ऐतिहासिक प्रयास का रूपमा लिइएको छ।

“सरकारी तहबाट पर्याप्त ध्यान नपाएपछि खेलाडी आफैँ अगाडि सरेर यो महोत्सव सम्भव भएको हो,” अध्यक्ष राईले भने।

उद्घाटनसँगै प्रमुख अतिथि तथा खेलाडीहरूले धरानलाई ‘खेलकुदको शहर’ घोषणा गर्दै देशभर सन्देश पठाएका छन्।

धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानले देश–विदेशमा उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएको उल्लेख गरे। “धरानलाई खेलकुदको शहरका रूपमा संस्थागत मान्यता दिलाउन सबै पक्षको सहकार्य आवश्यक छ,” उनले भने।

महोत्सवमा सशुल्क खेल खेल्न मिल्ने थिम स्टल, प्रत्येक साँझ हुने सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति, आदिवासी–जनजातीय परिकारका खानपान स्टलहरूले वातावरणलाई झनै आकर्षक बनाउनेछन्।

यससँगै पूर्व–वर्तमान सर्वश्रेष्ठ खेलाडी तथा ओलम्पियनहरूले जितेका पदक, खेल सामग्री र स्मरणीय वस्तुहरूको प्रदर्शनी महोत्सवको विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

फुटबल, मिनी गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायत थिम स्टलहरूले धरानलाई देश–विदेशमा खेलकुद पर्यटनको उज्ज्वल गन्तव्यका रूपमा चिनाउने लक्ष्य ल्याइएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved