श्रीमतीको हत्या गरेर भागेका श्रीमान ८ वर्ष पछि पक्राउ

  • मंसिर २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बेलबारी/  भोजपुरमा ८ वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका एक जना अभियुक्त मोरङको बेलबारीमा भेटिएका छन् ।

बेलबारीमा फेला पारेर प्रहरीले भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राईलाई पक्राउ गरेको छ । राई पक्राउ परेसँगै लामो समयदेखि अलमलिँदै आएको एउटा पुरानो हत्या प्रकरण फेरि एकपटक चर्चामा आएको छ ।

भोजपुर प्रहरीका निमित्त प्रमुख तथा प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते बिहानका राति करिब १ बजेतिर नारदमणिले श्रीमती ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)लाई घरभित्रै कुटपिट गरी हत्या गरेका थिए । घरभित्रै सुतिरहेका बेला श्रीमानको कुटाइबाट अम्बिकाले ज्यान गुमाउनु परेको थियो ।

श्रीमतीको हत्यापछि तत्काल घटनास्थलबाट फरार भएका नारदमणि लामो समयपछि पक्राउ परेका हुन् । उनी ८ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए । कर्तव्य गरेर श्रीमतीलाई मारेपछि भागेका उनी मोरङको बेलबारी नगरपालिका–३ मा लुकेर बसेको पत्ता लगाएको हो ।

नारदमणि बेलबारी नगरपालिका–३ का छत्रबहादुर गुरुङको घरमा डेरा लिएर बस्दै आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनले आफूलाई सामान्य रूपले परिचित गराउँदै डेरामा बसेर दैनिक गतिविधि गर्दै आएका थिए ।

श्रीमती हत्याका अभियुक्त लुकेर बसेको सूचना पाएपछि निगरानीका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीले असई रामकुमार बम्जनको नेतृत्वमा टोली परिचालन गरेका थिए ।

सोही क्रममा नारदमणिलाई डेरानजिकैबाट नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । त्यसपछि भोजपुरबाट पुगेको सहायक हवल्दार प्रवीण राईको टोलीसँग समन्वय गरी उनलाई बिहीबार नै अड्डासार गर्दै भोजपुर पुर्‍याइएको छ ।

हाल नारदमणि जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेका छन् । अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइने इन्स्पेक्टर पराजुलीले जानकारी दिए । उनका अनुसार घरायसी विवादकै कारण पत्नीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तर, घटनाक्रम एवं विवादको वास्तविक कारणका बारेमा विस्तृत अनुसन्धानपछि प्रष्ट हुने पराजुलीले बताए । ८ वर्षअघि भएको एउटा घरेलु अपराध लामो समयसम्म न्याय प्रक्रियाबाट टाढा रहे पनि प्रहरी सक्रियताका कारण अभियुक्त पक्राउ परेका छन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved