जेनजी युनाइटेड मुभमेन्टअब राजनीतिक यात्रामा ‘राष्ट्रिय परिवर्तन पार्टी’ मंसिर २७ मा दमकमा घाेषणा सभा

  • मंसिर २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/जेनजी आन्दोलनमा अग्रपंक्तिमा रहेर घाइते,तथा  न्यायको खोजीमा रोइरहेका सहिद परिवार र परिवर्तनप्रति प्रतिबद्ध युवा पुस्ताले मिलेर गठन गरेको ‘राष्ट्रिय परिवर्तन पार्टी’ले मंसिर २७ गते दमकको आदिवासी रंगशालाबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्न लागेको छ।

बुधबार धरानमा जेनजी युनाइटेड मुभमेन्टले पत्रकार सम्मेलन गर्दै हजारौँ जेनजी युवाको ऊर्जा र आन्दोलनको बलिदानले जन्मिएको नयाँ पार्टी भव्य सभामार्फत देशसमक्ष प्रस्तुत हुने जानकारी गरायो।

मुभमेन्टकी सिमा राईका अनुसार हालसम्म देशभरबाट ३३ हजार ७५७ जना जेनजी युवाले नयाँ पार्टीलाई खुलेर समर्थन जनाइसकेका छन्।

उनले आगामी घोषणासभालाई केवल औपचारिक कार्यक्रम नभई, आन्दोलनका पीडित परिवार र युवाको आवाजलाई संस्थागत रूपमा स्थापित गर्ने ऐतिहासिक मोडको रूपमा व्याख्या गरिन्।

आन्दोलनकै क्रममा एक खुट्टा गुमाएर पनि सत्यको यात्रामा अडिग रहेका राजेश पोर्तेलले घोषणासभाको अध्यक्षता गर्नेछन्।

कार्यक्रममा गम्भीर घाइते प्रकाश बोहोरा, दुवै आँखा गुमाएका सन्तोष बोहोरा, शरीरभरि २० छर्रा बोकेका भूपेन्द्र खड्का, चार गोलीको चोट बोक्दै परदेशिन बाध्य प्रदेश राई, साथै “बाबु कहिले आउँछ?” भनी प्रतिक्षामा बसेकी सहिद दिनेश राजबंशीकी सानी छोरीसहितका पीडित परिवारको विशेष उपस्थिति रहनेछ।

राईले ‘राष्ट्रिय परिवर्तन पार्टी’ कुनै सामान्य संगठन नभई आन्दोलनकै पीडा, रगत, आँसु र बलिदानको बाटोबाट जन्मिएको राजनीतिक परिवार भएको बताइन्।

उनका अनुसार सरकारले देशलाई चुनावतर्फ मोडेपछि जेनजी आन्दोलनका मुद्दा ओझेलमा पर्न सक्ने देखिएकाले युवा पुस्ता नै अग्रसर भएर चुनावी यात्रामा उत्रिन बाध्य भएको हो।

आयोजकहरूले दमकमा हुने उद्घाटनसभामा १५ देखि २० हजार जनाको सहभागिता रहने अनुमान गरेका छन्। सभामार्फत देशभर छरिएर बसेका सहिद परिवार र घाइतेहरूलाई—

“तपाईंहरू एक्ला हुनुहुन्न, सारा जेनजी युवा तपाईंहरूसँगै छ”

भन्ने सन्देश सशक्त रूपमा प्रतिध्वनित गरिनेछ।

जेनजी आन्दोलनबाट जन्मिएको ऊर्जा अब राजनीतिक रूपमै संगठित हुँदै देशव्यापी अभियानमा बदलिने परियोजना–स्वरूप ‘राष्ट्रिय परिवर्तन पार्टी’को उदय मंसिर २७ मा दमकबाट औपचारिक रूपमा सुरु हुँदैछ।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved