धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य
इलाम: इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण शुरु गरिएको छ । हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट सिरक) लगाएतका सामग्री बितरण गरिने हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए । शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए। करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण
इटहरी: नेकपा (ओली समूह) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकमा संविधानविरोधी चलखेल सुरू भएको गन्ध पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संसद् विघटन गरेको बताएका छन् । दुहबीमा बिहीबार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गणतन्त्र र सङ्घीयताविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएको गन्ध आएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको जिकीर गरे । जनताले निर्वाचनमा भारी मत दिएर ओलीलाई प्रधानमन्त्री बनाएको केही समयमै प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र रचेको सुइँको पाएपछि संसद् विघटनको विकल्प नरहेको उनको धारणा छ । पार्ट
इटहरी: रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ । पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ । तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले ब
धरान । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ । धरानको वार्ड नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुखसहितको टोलीले आज (विहीबार) आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेर सुरु भएको हो । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका बरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । बरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५
विराटनगर । प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा सुत्केरीलाई न्यानो कपडा वितरण गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत सुत्केरी महिलालाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ । ३५ जना सुत्केरी महिलाहरुलाई न्यानो ओढ्ने र पोषिलो खानेकुरा प्रदान गरिएको छ । बुधवार भएको वितरण कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाकी धर्मपत्नी पुनम कोइराला, समाजसेवी ज्योती आचार्य, डा.नारायण यादव, सावित्री पुरीलगायतको सहभागी थिए ।
इलाम/ इलाममा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलामबाट बाट झापा जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ की २६ वर्षिय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मोटर साईकलमा सवार मृतकका दुई वर्षिय छोरा सरोज आचार्य र मोटर साईकल चालक उमेस शाहा धाईते भई दुबै जनालाई उपचारको लागि झापाको वि एण्ड सी अस्पताल पठाईएको प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लाल ध्वज सुवेदीले बताए । मृतककोे कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल लगिएकोे र ट्रक चालक पाँचथरको ह
विराटनगर । मिटरब्याजीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडितहरुले अदालतको ध्यानाकर्षण गराएका छ । मोरङ जिल्ला अदालत परिसरमा पीडितले प्लेकार्ड बोकेर आफूहरुलाई न्याय दिलाई दिन माग गरेका हुन । ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै मंगलबार पीडितहरुले मोरङ जिल्ला अदालत परिसरमा धर्ना दिएका हुन । उनीविरुद्ध सरकारी वलिकको कार्यालयले अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएको छ । रौनियारले चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गर्ने गरेको र धेरैको विल्लीबाठ गराई दिएको पीडितको भनाइ छ । उनी विराटनगर– ९ घोगापुल चोकका बासिन्दा हुन । प्रहरीले पीडितहरुको उजु
इलाम/ इलाममा बुधबार देखि कोरोना भाईरस विरुद्धको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लाई बुधबार देखि लगाउने पत्रकार संम्मेलन गरी जानकारी दिईएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले ‘इलाममा १७ सय जनामा खोप लगाउने तयारी भईसकेको र खोप लगाउँदा १८ वर्ष देखि मावथ उमेर समूहकालाईल लगाईने बताए ।’, ‘त्यसमा गर्भवती महिला,रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने उनको भनाई छ ।’ ‘एक व्याक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु प
इलाम/ इलाममा १० वटा मतदान केन्द्र र आठ वटा नयाँ मतदान स्थल थप्न सिफारीस गरिएको छ । मतदान केन्द्र तथा मतदान स्थल सिफारिस समितिको बैठकले मतदान केन्द्र र मतदान स्थल थप्न सिफारिस गरेको हो । जसमा सन्दकपुर गाउँपालिमा १ मा २ वटा, इलाम नगरपालिका ५ मा १ वटा, माङसेबुङ्ग गाउँपालिका ४ मा १ वटा, रोङ गाउँपालिका वडा नम्बर २ र ६ मा १÷१ वटा, फाकफोकथुम गाउँपालिका वडा नम्बर ४, ६ र ७ मा १÷१ वटा मतदान स्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । त्यस्तै इलाम नगरपालिका ७ मा रहेको बाल मन्दिर आदर्श आविको मतदान स्थललाई महेन्द्र रत्न बहुमुखि क्याम्पसमा, वडा नम्बर ९ को पोखरी प्राबिको मतदान