विराटनगर, २८ भदौ । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलहित दुई जना वडाअध्यक्षमा कोरोना संक्रमण देखिएको छ । पोखरेलको स्वाब परीक्षण रिर्पोट आइतबार पोजेटिभ आएको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पोखरेललाई संक्रमण पुष्टि भएसंगै उनी होम आइसोलेसनमा बसेको जानकारी दिएका छन । विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल र ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई पनि कोरोना देखिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएसंगै महानगरले अति आवश्यकबाहेकका सेवा पाँच दिन बन्द गर्ने निर्णय गरेको छ । विराटनगरमा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ । अहिलेस
धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५
इटहरी । बालिका बलात्कारको अभियोगमा इटहरी ५ पचरुकी डेरा गरेर बस्ने प्रतिक राइ पक्राउ परेका छन । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलाेभनमा पारी जबरजस्ती बलात्कार गरेकाे घटना बाहिरिएपछि पिडित परिवारले दिएकाे किटानीकाे अाधारमा राइलाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । भाेजपुर जिल्लाकाे षडानन्द गाउपालीका अन्तरगत दाेभाने घर भएका राइ इटहरी स्थित एक कलेजमा अध्ययनरत छन । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन । बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर साेध्दा घटना बाहिरिएकाे थियो । घटनाबारे थप
इलाम / इलामको कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६÷७७ का लागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७२ लाख अनुदान आएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको तीन करोड ४६ लाख र संघिय सरकारकोे तीन करोड २६ लाख गरी कुल छ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । कृषि पेशामा आबद्ध किसानका लागि प्रदेशका अनुदानमा ७५ प्रतिशत र संघका अनुदानमा ५० प्रतिशत छुटमा सरकारले अनुदान रकम उपलब्ध गराउने केन्द्रका अ
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इटहरीका पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले भने, `यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु।´ इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । प्रहरी कार्यालयलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता ग
इटहरी । १सय २ बर्षीय दीर्घजिवि धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेखेका छन् । मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेले लेखेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गरेको कृति १सय २ बर्षीय न्यौपानेले उनकैै निवासमा लोकार्पण गरेका हुन् । शास्त्रीय छन्दका १सय ५५ श्लोक रहेको काब्य एकजना अपांगता भएकी ३७ बर्षीय युवतीका वारेमा लेखिएको छ । सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने, कान सुन्ने, कुरा वुझने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ । ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ ।
सुनसरी । कोरोना संक्रमणका कारण गत वैशाख महिनामा स्थगित भएको कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी भएको छ । सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने तयारी थालेको हो । कोरोनाका कारण शहर बजारमा अध्ययन गरिरहेका विद्यार्थीहरु गाउँ फर्किएकाले उनीहरुलाई घर नजिकैको विद्यालयबाट परिक्षा दिन पाउने गरिको व्यवस्था मिलाउन लागिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ भन्दा फरक जिल्ला या
सुनसरी । कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा भएको दुई पक्षको झडपको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षले गुनासो गरेका छन् । भदौ २५ गते राती कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा तिलक यादव र मनोज यादव सहितको समूह र जागेश्वर यादव समूहको बीचमा भएको झडपमा जागेश्वर समूहका तीन जना घाईते भएको र ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै कर्तव्य ज्यान उद्योगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार किटानी जाहेरी दिएकोमा दर्ता गर्न नमानेको पीडित पक्षले शनिबार पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन् । पीडित पक्षका विरेन्द्र यादवका अनुसार कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम
पथरी, भदौ २७ गते । नेकपा निकट यसको भातृ संगठन– राष्ट्रिय युवा संघ नेपालले मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका उठाइएका र यसमा पनि प्राथमिकिकरण गरिएका मुख्य–मुख्य मुद्दाहरू बिना कुनै ढिलासुस्ती अविलम्ब समाधान गर्नका लागि पार्टी नेतृत्व र सरकारी निकायहरूमा गम्भीर ध्यानाकर्षण सहितको सिर्जनात्मक दवाव दिने उद्देश्यअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाको सभाकक्ष, पथरी बजारमा अन्तरक्रियात्मक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । हिजो भदौ २६ गते सम्पन्न यो कार्यक्रम मूलतः युवा संघ नेपाल, मोरङ जिल्ला समितिको पहलमा संघका केन्द्रीय नेता रवीन थापा, विजय डाँगी, जि