नेपाल बसोबास बस्ती संरक्षण समाजको पहलमा सुकुम्बासि तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग

  • असार ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न दाताहरुको सहयोगमा धरानका विभिन्न स्थानमा सुकुम्बासि तथा बिपन्न परिवारलाई मङ्गलबार राहत स्वरुप खाद्यान्न सामग्री बितरण गरेको छ।

समाजको पहलमा धरान (१७ स्थित साउने बस्तिका ४६ घर, १६ नम्बर वडा सुर्यटोलका १९ घर र १३ नम्बर वडा अमर बस्तिका १३ घर गरि जम्मा ७८ घर परिवारलाई समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, धरान नगर अध्यक्ष आइत लिम्बू, उपाध्यक्ष बिनोद मगर लगायतले चामल, दाल, नुन, तेल बितरण गरे। लामो समदेखिको लकडाउनका कारण काम बन्द भएर माम बन्द भएका सुकुम्बासी तथा बिपन्न परिवारलाई तत्काल राहत स्वरुप खाद्यान्न बितरण गरिएको समाजका केन्द्रीय अध्यक्ष कार्कीले बताए।

कोभिड महामारीले समस्यामा परेका बिपन्न परिवारलाई थोरै भए पनि राहत होस भन्ने उद्येस्यले समाजको तर्फबाट विभिन्न ठाउमा खद्यान्न सामग्री बितरण गरिएको नगर अध्यक्ष लिम्बुले बताए। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य समाजले उठाएका मुद्याहरु मध्ये महामारीको समयमा थोरै भए पनि खद्यान्न बितरण गरिएको समाजका नगर सचिब सुबास राईले बताए।

धरान-१७ स्थित साउने निवासी नैन बहादुर दर्जीले समाजको तर्फबाट राहत स्वरुप खाद्री सामग्री ओआउदा खुशी ब्यक्त गरे'हामी घरमा श्रीमान(श्रीमती मात्रै छौ, बुढाबुढी भइयो काम गर्न सकिँदैन यति भए पनि १०-१५ दिन खाईन्छू' दर्जिले भने। साउने बस्तिकै अमृतमाया राईले लकडाउनमा काम बन्द भएका कारण दैनिक गुजारा गर्न समस्या भई रहेका बेलामा समाजले दिएको खद्य सामग्रीले तत्कालका लागि गर्जो टरेको बताईन।

20210622_114256 20210622_114335 20210622_120506

 

 

 

 

 

 

 

 

 

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved