मोरङ। मोरोङको रंगेली नगरपालिका ६ मलङ्गथानमा बुधबार दिउँसो १ बजे अचानक चट्याङ पर्दा रंगेलीका १ जना पुरुषको मृत्यु भएको छ ।
पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा चटयाङ्ग लागेर सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् ।
घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।