कोरोना संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

  • असार ९, २०७८
  • "विजयशेखर श्रेष्ठ"
alt

धनकुटा । कोरोना संक्रमित भई होम आइशोलेसन रहेका विरामीलाई भेट्न स्थानीय तहका जनप्रतिनिधि सहितको स्वास्थ्यकर्मीको टोल घर–घरमा पुग्न थालेका छन् । कोरोना संक्रमण ग्रामीण क्षेत्रमा वढ्न थालेपछि त्रासको मानसिकतामा रहेका संक्रमितलाई भेट्न घर–घरमा पुगेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए । होम आईसोलेसनमा रहेका विरामीलाई स्वास्थ्य सामाग्री बितरण गरेर हौसला बढाउने गरिएको उनले बताए । साथै संक्रमितलाई उपचारमा जानका लागि निशुल्क रुपमा गाडीको समेत व्यवस्था गरिएको छ । छथरजोरपाटी गाउँपालिकामा बैशाख यता २ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ५५ पुरुष र ४३ जना महिला गरी ९८ जनामा कोरोना पोजेटिभ देखिएका थियो । पछिल्लो चरण १ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा २० पुरुष र १८ जना महिलामा कोरोना पोजेटिभ देखिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिए ।

अहिलेसम्म ९७ जनो निको भएको र २ जनाको मुत्यु भएको छ भने बाँकी होम आइशोलेसनमा रहेको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई सहितको स्वास्थ्यकर्मीको टोलिले अहिले घरघरमै पुगि संक्रमितको अवस्था वुझ्दै औषधीजन्य स्वास्थ्य सामाग्री र इम्यूनिटि पावर वढाउने पोषिले खानेकुरा प्रदान गर्दै आइरहेको छ । कोरोना संक्रमित विरामी घरमै एक्लै वसिरहेका हुन्छन् । हामी पुग्ने वित्तिकै उनिहरुको अनुहारमा खुसीको भाव झल्किन्छ । आत्मविश्वास बढेको पाइयो । सहिदभुमि गाउँपालिकामा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको र हालसम्म २ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमधे ३१ जना सक्रिय कोराना संक्रमिहरु रहेका छन् ।

सहिदभुमि गाउँपालिकामा अहिले सम्म वडा नं. ६ मा १ जना , वडा नं. ४ मा १ जना र वडा नं. ५ मा २ जना गरि जम्मा ४ जना कोरोना संक्रमणबाट मृत्यु भइसकेको सहिदभूमि स्वास्थ्य शाखा प्रमुख फकिर मुहम्मद मुस्ताफले जानकारी दिए ।

सामान्य लक्ष्ण देखिएका संक्रमित होमआइसोलेसनमा उपचाररत छन् । श्वासप्रश्वासमा समस्या देखिएका विरामीलाई गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखेर उपचार गरिन्दै आइरहेको छ । जटिल तथा गम्भिर अवस्थाको बिरामीहरुलाई जिल्ला अस्पताल धनकुटामा रेफर गरिन्दै आइरहेको स्वास्थ्य प्रमुख मुस्ताफले बताए । एन्टिजेन बिधिबाट कोराना परिक्षण कार्यलाई गाउँपालिकाले तीव्र बनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी र वडाका जनप्रतिनिधिहरु समेत संक्रमितहरुको घर–घरमा पुगेर पारासिटामलो, एमोक्सलिन, जिङक चक्की , सेनिटाइजर, माक्स, साबुन र रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधीजन्य सामाग्रीहरु डावर च्यावनप्रास र आमल्की चुण, त्रिफला चुण, गुर्जोको धुलो लगायतको १०÷१२ प्रकारका औषधीजन्य सामाग्रीहरु ब्याटेरिएल इनफेक्सन नहोस् र रोगसँग लड्ने क्षमता वृद्धि गर्नको लागी घर–घरमा पुगेर वितरण गर्दै आइरहेको उनले बताए ।

त्यस्तै जिल्लाका अन्य स्थानीयतहरु धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, चौविसे गाउँपालिका, साँगुरीगढीका जनप्रतिनिधिहरु पनि संक्रमितको घरघरमै पुगेर प्रत्यक्ष रुपमा विरामीलाई भेटिरहेका छन् ।

सहिदभूमि गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँ र संक्रमितको उपचारको लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । मृतकको घरमै पुगेर आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष राईको भनाई छ । कोरोना संक्रमणबाट जोगाउन करिब ४ हजार घरलाई मास्क, स्यानिटाइजर र साबुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । हरेक घरलाई १५ वटा मास्क, एउटा स्यानिटाइजर र एकवटा साबुन दिएको अध्यक्ष राईले बताए। जनप्रतिनिधि र कर्मचारीले सबैघरमा पुगेर ती सामग्री वितरण गरिएको छ ।

यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकाले कोभिड—१९ संक्रमित प्रत्येक व्यक्ति ५ हजार रुपैयाँका दरले राहत तथा मृत्यु हुनेका परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। गाउँपालिकाको टोलि संक्रमित र मृतकको घरमै पुगेर राहत वितरण सुरु गरेको हो।

कोभिड—१९ संक्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्दा आर्थिक समस्या आउने र मृतकका परिवारमा काजक्रिया खर्च नहुने समस्या देखिएपछि गाउँपालिकाले राहत वितरण सुरु गरेको हो। गाउँपालिकाको टोली १० वटै वडामा कोरोना संक्रमितको समस्या बुझ्न र संक्रमितलाई राहत वितरण गर्न घरघरमा पुग्न थालेका छन। कोभिड—१९ संक्रमितलाई पौष्टिक आहार खरिद गर्न र मृतकका परिवार सान्त्वना दिन राहत वितरण सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत जयराम श्रेष्ठले बताउनु भयो ।

होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेको समस्या, परिवार, छिमेकले गर्ने व्यवहारका बारेमा बुझ्नका लागि पनि टोलि घरघरमै पुगेको हो। सँक्रमितलाई आवश्यक परामर्श र स्वास्थ्य सल्लाह खानपिन, सरसफाई, जोखिमको बारेमा जानकारी दिइएको छ। संक्रमितलाई पोसिलो खानेकुरा वितरणको योजना बनाएको भएपनि नगद उपलब्ध गराउँदा आफ्नै आवश्यता अनुसार खरिद गर्न सहज होस भनेर नगद नै वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खाले बताउनु भयो ।

गाउँपालिकामा हालसम्म एक सय ७० जना जना संक्रमित रहेकोमा ४४ सक्रिय संक्रमित रहेका छन। जसमा ३ जना बुढीमोरङ आइसुलेसन सेन्टरमा रहेका छन । साँगुरीगढी गाउँपालिकामा हालसम्म ३ जनाको कोरोना कै कारण मृत्यु भएको छ।

News Photo Sahidbhumi Gapa1

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved