कोरोना कहर : तंग्रिन नपाउदै धरासयि बन्यो ब्यवसाय, महङ्गो भाडाले व्यापार छाड्दै इटहरीका व्यवसायी

  • असार ९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । इटहरी वडा नं ६ की मुना दाहालले विपी चौकमा सञ्चालन गर्दै आएको होटल कोठा भाडा तिर्न धौ–धौं भएपछि अरूलाइ नै विक्री गरी ब्यवसाय छाडिन । कोरोना महामारीले गर्दा सटर भाडा तिर्ने पैसा नहुँदा मुनाले होटल विक्री गरेकि हुन् । उनले छ वर्षदेखि होटल ब्यवसाय गर्दै आएकी थिइन् ।

यतिबेला परिवारको गर्जो टार्न नै समस्या परेको मुना सुनाउछिन , होटलले ४ जनाको परिवार धान्दै आएको थियो । तर, कोरोना महामारी फैलिएकाले गर्दा होटलमा ग्राहक आउन छाडेपछि सटर भाडा तिर्न नसक्दा गर्दै गरेको ब्यवसाय अरूलाइ बिक्रि गरी आफु पलायन हुनुपरेको सुनाउछिन , जसले गर्दा यतिबेला उनको परिवारलाईं खर्च धान्न सकस भएको दुखेसो पोख्छिन।

‘कोरोना मत्थर हुने कुनै छेकछन्द नदेखेकाले होटल पनि विक्री गरे, यतिबेला हाम्रो परिवारका लागि विहान९बेलुका हात९मुख जोर्न नै समस्या छ,’ उनले भनिन, ‘रोगले भन्दा भोकले मर्ने चिन्ता बढ्न थालेको छ।’मूनाजस्तै इटहरी वडा नं। ६ कै करूणा थापाले पनि सञ्चालन गर्दै आएको कस्मेटिक पसल बिक्री गरेकी छन । अघिल्लो वर्ष र यसपटकको कोरोना महामारीले पुरै घाटा भएकाले गर्दा पसल विक्री गरेको उनले सुनाइन । ‘इटहरी जस्तो शहरमा व्यापार गर्न सजिलो छैन्,’ उनले भनिन, ‘यस्तो महामारीमा त झन चर्को कोठा भाडा धान्नै सकिदैन् ।’

घरबेटीले भाडा छुट नदिने अनि स्थानीय सरकार र उद्योग वाणिज्य संघले पनि कुनै राहतको प्याकेज नल्याएपछि घाटा खाएरै भएपनि पसल बिक्री गरेको उनले बताइन् । उनले कस्मेटिक पसल थालेको चार वर्ष वितेको थियो । धेरै व्यवसायीले कोरोना महामारीबीच भाडामा सञ्चालन गरेका पसल छाडेका छन् । कतिपयका लागि महङ्गो मासिक भाडा तिर्नुपर्ने सर्त नै उनीहरुका लागि अहिले टाउँको दुखाइ बनेको छ। सानो आकारमा व्यवसाय सञ्चालन गरेपनि आम्दानी बिनाको महङ्गो भाडादरले सकस पारेको उनीहरुको भनाइ छ । पसल छाड्नेको रेकर्ड उद्योग वाणिज्य संघ इटहरीले संकलन थालेको छ। इटहरी वडा नं ५ पचरुखीकी सुप्रिया खतिवडाको पिडा बेग्लै छ ।

उनी वर्ष दिनदेखि इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरमा काम गर्दै आएकी थिइन् । अहिले देखिएको नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणको कारण व्यापार व्यवसाय ठप्प हुँदा गोरखा डिपार्टमेन्ट स्टोर पनि बन्द नै रह्यो । जसले गर्दा उनको रोजीरोटी नै गुम्यो । नौं वर्ष देखि होलसेल किराना पसल सञ्चालन गर्दै आएका इटहरी वडा नं। ६ का राजु शाक्य अघिल्लो पटकको तुलनामा यसपटक धेरै क्षति बेहोर्नु परेको सुनाए । अघिल्लो वर्ष एक करोड ५६ लाखको कारोबार गरेर उपमहानगरलाई कर बुझाएका थिए । होटल व्यवसाय संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार इटहरी क्षेत्रमा साना तथा ठुला गरी २६३ वटा होटलहरू सञ्चालन हुँदै आएका छन ।

यी हाटेलहरुमा वार्षिक कारोबार २ अर्ब ४१ करोड हुन्छ । तर, यस वर्ष पुरै होटल व्यवसायीले मार खेप्नु परेको छ। इटहरी क्षेत्रमा २२ लाख भन्दा कम लगानीका ३८ होटल त बन्द भइसकेका छन् । एक हजार ४ सय मजदुरको रोजीरोटी गुमेको अध्यक्ष पराजुली बताए । पर्यटक आउने प्रमुख सिजनमै विदेशीको आवागमन घटेपछि सबैभन्दा ठूलो मारमा परेको छ, होटल व्यवसाय । नेपालको होटल क्षेत्र २०७२ को भूकम्पलगत्तै भन्दा यतिबेला कमजोर अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन् ।आइटी क्षेत्रमा पनि कोरोना महामारीको प्रभाव उत्तिकै छ ।

इटहरीमा कुल ४१ वटा कम्प्युटर व्यवसायी छन । वार्षिक रूपमा एक अर्ब ६८ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ। तर, यस वर्ष कम्प्युटर व्यवसायमा २८ प्रतिशत सम्म व्यापार खुम्चाइ दिएको र यसको प्रभाव केही महिनासम्म रहने कम्प्युटर व्यवसायी महासंघ ९क्यान ० सुनसरीका अध्यक्ष बिशाल बाँस्तोलाले बताए ।११ वर्षदेखि कम्प्युटर व्यवसाय गर्दै आएका ग्यापोवेयर कम्प्युटरका सञ्चालक खडग प्रभु ओझा कोरोनाको पहिलो र दोस्रो लहरबाट झन्डै २० लाखको क्षति बेहोर्नुपरेको सुनाए । इटहरी उद्योग वाणिज्य संघको तथ्याङ्क अनुसार साना एवम ठुला गरी जम्मा ५६९८ व्यवसायी नवीकरण गरेका छन । चालु आर्थिक वर्षमा व्यापार घाटा चुलिँदा वाणिज्य संघमा व्यवसाय दर्ता गर्नेहरूको संख्या पनि कमि देखिएको र केहीले शहर नै परिवर्तन गरेर अन्यत्रै गएका छन् ।

केहीले भने व्यवसाय नै बन्द गरेको उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेलले बताए ।कोरोना कहरकै बिच इटहरीको सुनचादि ब्यवसायमा पनि नराम्रो धक्का पुगेको छ । इटहरीमा कुल १२३ वटा सुनचादि ब्यवसायहरू दर्तामा रहेका छन ।उनिहरूको वार्षिक कारोबार २ अरब १२ करोड सम्म रहेको छ । यो आर्थिकवर्षमा देखिएको कोरोना कहरले सुनचादि ब्यवसायमा २८ .४ प्रतिशतले घाटा पुर्याएको ब्यवसायिहरू बताउछन । पूर्वाञ्चल सुनचादि ब्यवसायि संघ इटहरीका अध्यक्ष टिकाराम लामगादेका अनुसार यो वर्ष मुल्य थप घट संगै कोरोना कहरकै कारण ब्यवसाय घाटामा पुगेको बताउछन । अरूबेला भन्दा शिजनमा राम्रो कारोबार हुने सुनचादि ब्यवसाय कोरोना कहरले अहिले ठप्प बन्न पुगेको अध्यक्ष लामगादे बताउछन । इटहरीमा रहेका सबै व्यवसायहरूबाट वार्षिक ६६ अर्बको कारोबार हुने गरेको आन्तरिक राजस्व कार्यालय इटहरी बताउछ ।

चालु आर्थिक वर्षको पछिल्लो दुई महिना बैसाख र जेठमा कोरोना संक्रमणको कारण भएको निषेधाज्ञाले इटहरीमा ५८।३ प्रतिशत व्यापार घाटा बढाएको देखिएको छ । इटहरी उपमहानगरले पनि व्यवसायीबाट वार्षिक १९ करोड सम्म राजस्व संकलन गर्दै आएको छ । कोरोना संक्रमणको कारण यो आर्थिक वर्ष २०७७९७८ मा उपमहानगरले १६ करोड ८८ लाख ३ हजार मात्रै राजस्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा ३ करोडले कमी देखिएको छ । उपमहानगरका राजस्व शाखा प्रमुख नविन भट्टराईका अनुसार कोरोना महामारीकै कारण राजस्वमा गिरावट आएको हो । पुरानै अवस्थामा इटहरीको व्यवसाय फर्काउन अझै १ वर्ष लाग्ने राजस्व शाखाका प्रमुख भट्टराई बताउँछन । आर्थिक एकाइ सूचीकरण २०७३ का अनुसार धरान, इटहरी, दुहवी र इनरुवामा मात्रै ९ हजारभन्दा बढी व्यापारिक तथा औद्योगिक प्रतिष्ठान रहेको उल्लेख छ । देशको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा थोरै भए पनि योगदान दिने इटहरीको व्यापार व्यवसाय कोरोनाको प्रभाव बाट अलग रहन सकेको छैन ।अघिल्लो वर्षको पहिलो चरणको कोरोना भाइरस (कोभिड १९) ले शिथिल बनेको व्यापार व्यवसाय दोस्रो लहरमा फैलिएको महामारीले झनै नराम्ररी प्रभावित बनेको छ ।

केही खाद्यन्न सामग्री विक्री गर्ने पसल र औषधिबाहेक सबै व्यापार व्यवसाय गर्नेलाईं क्षती पुगेको उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले बताए । उनका अनुसार सबै व्यवसायीलाईं मध्यनजर गर्दै कोरोनाका कारण निषेधाज्ञा गरिएको अवधिको घरभाडा छुट गराइदिन सम्बन्धित घरबेटीलाई संस्थाले आग्रह गरिरहेको छ ।स्थानीय स्तरमा सञ्चालन भएका बैंकलाइ पनि व्यवसायीले लिएको ऋणको ब्याजमा छुटको व्यवस्था मिलाइ दिन आग्रह गर्दै आएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रमको ४९ नम्बर बुँदामा ‘व्यापार व्यवसायमा परेको नकरात्मक प्रभाव, असहज अवस्थालाई ध्यानमा राखी करका दायरा, दर तथा अन्य बाधा अड्चनलगायत क्षेत्रमा पुररूत्थान तथा आवश्यक प्रोत्साहनको प्याकेज ल्याई सहजीकरण गरिनेछ’ भनी उल्लेख छ ।

तर, इटहरी उपमहानगरले अघिल्लो वर्ष र यसपटक गरेर सात महिनाको कर छुटबाहेक केन्द्र र प्रदेश सरकारले भने केही सहयोग गरेको छैन् । अघिल्लो वर्ष इटहरी उपमहानगरपालिकाले कोरोनाले समस्या परेका बेला इटहरी क्षेत्रमा घर भाडामा बस्नेलाई आधा महिनाको भाडा छुट दिन घरधनीसँग आग्रह गरेको थियो । यहाँ घर भाडा लिएर व्यापार–व्यवसाय गर्नेको संख्या पनि ठूलो छ । केही सीमितले मात्र आफ्नै घरमा व्यापार–व्यवसाय गर्छन् । उद्योग वाणिज्य संघ इटहरीले कोरोना भाइरसले गर्दा व्यापार व्यवसाय ठप्प हुँदा राज्य तर्फबाट बैक ब्याज घटाउन, विभिन्न करसम्बन्धि सहुलियत दिन, विद्युत महसुल सहज परिस्थिती नहुन्जेलका लागि मिनाहा गर्न तथा घरभाडा सम्बन्धि आवश्यक सहुलियत प्रदान गर्न माग गरेको थियो ।

तर, उपमहानगरपालिकाले गरेको आग्रह कार्यान्वयन पनि भएन, उद्योग वाणिज्य संघले राखेको माग समेत पूरा भएन् । जसले गर्दा सहज आर्थिक गतिविधि ठप्प भएकाले कारोबारमा असर त छँदैछ अन्य क्षेत्रमा परेका सबै किसिमका नकारात्मक असरले बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा जोखिममा पर्न सक्ने खतरा बढेको छ। उपमेयर लक्ष्मी गौतमले धेरै जसो व्यवसायीहरूले घरभाडा र बैंकको ब्याज मिनाहाको कुरा उठाएको र त्यो समस्या सामधानका लागि सम्बन्धित बैंक र घरबेटीहरुसँग कोरोना महामारी अवधिको घरभाडा नलिन आग्रह गरिएको बताइन् । उनका अनुसार धेरै घरबेटीहरू सकारात्मक छन् । तर, व्यवसायीको अपेक्षा अनुसारको नजिता भने आएको छैन् ।

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

खसी चोरी गर्न आएका य ...

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी च ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved