छिमेकीको कुटाइबाट मानसिक सन्तुलन गुमाएकी गर्भवती महिलालाइ दलित महिला सञ्जालद्धारा आर्थिक सहयोग

  • असार ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मानसिक सन्तुलन नै गुम्नेगरी छिमेकीको कुटाई खाएकी दलित महिलाको न्यायको माग गर्दै उनको उपचारको लागि दलित महिला संजाल धरानले आर्थिक सहयोग गरेको छ ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक बिभागमा उपचार गराई रहेकी कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया डुका देवी दर्जी तामाङ ९सोना० लाई संजालले उपचारको लागि १० हजार रुपैया सहयोग गरेको हो ।

उनका परिवारलाई भेटघाट गर्दै संजालले घटनाका बिस्तृत जानकारी समेत लिएका छन् ।
दलित विकास समिति, दलित महिला सञ्जाल र दलित युवा सञ्जालको संयुक्त पहलमा रकम संकलन भएको सञ्जालकी प्रवक्ता कञ्चन पाँचकोटीले बताइन् ।

वैशाख ३० गते छिमेकीको कुटाइ बाट मानसिक सन्तुलन गुमाएकी शोभालाइ जेठ २३ गते मानसिक बिभागमा भर्ना गराईएको थियो । घटना सार्वजनिक भएपछि असार ३ गते इलाका प्रहरी कार्यालय पथरी मोरङमा दर्ता नं। ११८ मा जातीय भेदभाव तथा छुवाछूत गरी कुटपिट गरिएको विषयमा मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता भएको हप्ता बित्न लाग्दा समेत प्रहरीले कुटपिटमा सम्लग्नलाई पक्राउ नगरेको र पीडक पक्षले पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारी मुद्दा फिर्ता लिन दबाब दिएको बुझिए पछि घटनाका विषयमा थप जानकारी लिन धरानका दलित अगुवाहरु प्रतिष्ठान गएको दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले बताए ।
पीडितकी आमा देवी दर्जीले भनिन्, ‘छोरीको उपचार गर्न पैसा छैन, पीडकहरु आएर उपचार खर्च दिन्छौं मुद्दा फिर्ता लिनु भन्छन् ।’ गत वैशाख ३० गते मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया सोना भनिने डुका देवी दर्जी तामाङलाई छिमेकी चन्द्रमाया ९विन्दा० मगर, पुष्पा मगर र निरमाया मगरले घरमा बोलाई कुटपिट गरेका थिए । ३ महिनाको गर्भवती समेत रहेकी शोभालाई मगर परिवारले टाउको सहित शरीरका विभिन्न भागमा कुटपिट गरेका कारण मानसिक सन्तुलन गुमाएकी छन् ।

मानसिक सन्तुलन गुमाएकी डुकाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आर्थिक अभावका कारण उनको स्वास्थ्य परीक्षण समेत हुन सकेको छैन । डुकालाई अझै पनि डोरीले बाँधेर राखिएको छ भने उनको उपचारमा सम्लग्न चिकित्सकहरुले सिटिस्क्यान, भिडियो एक्सरे लगायतका रिपोर्ट हेरेपछि मात्र थप उपचार हुने भन्दै त्यसका लागि बिरामीका आफन्तले आर्थिक श्रोत जुटाउनु परेको बिरामीका काका राजन दर्जीले बताए ।

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

खसी चोरी गर्न आएका य ...

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी च ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved