कोभिड अस्पतालको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण

  • असार ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ ।

सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षिय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत विरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए ।
विरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर बसेको गुनासो आएपछि शौचालय, स्नानघर सहितको कुरुवा घर निर्माण गरिएको जानकारी दिए । मेयर राईले यहाँ कुरुवा घर बनाउन पनि चुनौतिपूर्ण रहेको बताए । उनले भने, ‘यहाँको गाउँको मान्छेहरुलाई मनाउन चुनौतिपूर्ण थियो, यो भन्दा अगाडी कोभिड अस्पताल बनाउँदा पनि समस्या थियो, यहाँ राख्न हुँदैन भनिरहेको थियो, हामिले मनायौं ।’
मेयर राईले कुरुवाहरुको लागि सुचना बोर्ड राख्न प्रतिष्ठानलाई आग्रह गरेका छन् । उनले भने, ‘कम्तिमा प्रतिष्ठानले, मैले अस्ति पनि भनेको थिए, एउटा सुचना बोर्ड राखिदिनुस् कुरुवाहरुको लागि, एउटा विरामीका लागि कति जना कुरुवा बस्छ, ईन्ट्रि गराउनुस् नाम, को को बस्छ रुव्रिफिङ गर्ने समय तालिका बनाउँनुस्, कुरुवाको नाममा फटाहा मानिसहरु आउँला, कसैको सामान हराउँला ।’ मेयर राईले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले धरानमा थुप्रै सामाजिक कार्यहरु गरेको बताउँदै प्रशंसा पनि गरेका छन् ।
उपमेयर मञ्जु भण्डारीले विरामीको आफन्तको लागि मारवाडी सेवा समितिले कुरुवा घर निर्माण गरेर परोपकारी कार्य गरेको बताईन् । अस्पतालमा उपचाररत विरामीको सहि ढंगबाट उपचार हुनुपर्नेमा उनँले जोड दिदै कुरुवा घरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न पनि सुझाव दिएकी छिन् ।

वीपी प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर डा। गुरु खनालले कोभिड अस्पतालमा कुरुवा घर आवश्यक रहेको बताउँदै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभालाई धन्यवाद दिनु भएको छ । प्रतिष्ठानले अब कुरुवा घरको व्यवस्थित तरिकाले संरक्षण गरेर राख्ने बताए ।
मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले भने, ‘संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी मेयर साबको पहलमा ब्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामिले निर्माण गरि दिएका छौंं ।’
उनले १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर, १८ फिट चौडाई र १२ फिट लम्बाई भएको शौचालय सहितको स्नानघर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जानकारी दिए । १८ लाख रुपैयाँको लागतमा कुरुवा घर निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

197544706_3974816669297761_8056031776860970810_n

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved