सुनसरी । मोरङको बिराटनगर १६ स्थित दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् ।
उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।